फागुन ३०, काठमाडौँ। स्थानीय निर्वाचनका लागि नेकपा (माओवादी) केन्द्रले आन्तरिक तयारी तीव्र बनाएको छ ।  निर्वाचन आउन करिब दुई महिनामात्र बाँकी रहँदा माओवादीले उम्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... फागुन ३०, काठमाडौँ। स्थानीय निर्वाचनका लागि नेकपा (माओवादी) केन्द्रले आन्तरिक तयारी तीव्र बनाएको छ ।  निर्वाचन आउन करिब दुई महिनामात्र बाँकी रहँदा माओवादीले उम्"/>
२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

निर्वाचन कार्यविधि बनाउँदै माओवादी केन्द्र

२०७३, ३० फाल्गुन सोमबार ०१:२५

फागुन ३०, काठमाडौँ। स्थानीय निर्वाचनका लागि नेकपा (माओवादी) केन्द्रले आन्तरिक तयारी तीव्र बनाएको छ ।  निर्वाचन आउन करिब दुई महिनामात्र बाँकी रहँदा माओवादीले उम्मेदवार छनोट र घोषणापत्र निर्माण केही दिनभित्रै सक्ने बताइएको छ ।

माओवादीले देव गुरुङको संयोजकत्वमा निर्वाचन परिचालन समिति बनाएको छ ।  समितिमा सातवटै प्रदेशका इन्चार्ज तथा पार्टी केन्द्रीय कार्यालयका प्रभावशाली नेता छन् । प्रवक्ता पम्फा भुसालले सोमबार निर्वाचन परिचालन समितिको बैठक बस्ने जानकारी दिइन् ।

तत्कालीन संविधान सभाको निर्वाचनमा अनपेक्षित हार बेहोरेको माओवादीले यसपटक निश्चित मापदण्ड बनाएर मात्र उम्मेदवार छनोट गर्ने तयारी गरिरहेको छ । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

स्रोतका अनुसार यसपटक उम्मेदवार छनोटको सम्पूर्ण अधिकार स्थानीय समितिलाई दिने मापदण्ड तयार गरिरएको छ ।  स्थानीय पार्टी कमिटीले निश्चित सङ्ख्यामा सम्भावित उम्मेदवारको नाम सिफारिस गर्ने र केन्द्रले सिफारिस भएका मध्येबाट अन्तिम उम्मेदवार टुङ्गो लगाउने गरी कार्यविधि बनाउने तयारी भइरहेको बताएको छ ।

संयोजक देव गुरुङले पनि तल्लो तहबाट आउने सिफारिसलाई प्रमुख आधार मानेर उम्मेदवार तय गर्नेगरी कार्यविधि तयार भइरहेको जानकारी दिए ।

निर्वाचन हुन ६० दिनमात्र बाँकी रहे पनि अहिलेसम्म कुनै पनि दलले उम्मेदवार तोकिसकेका छैनन् ।  माओवादी केन्द्रको भने झापाको दमक नगरपालिका लगायतका केही स्थानमा स्थानीय पार्टी आफैँले उम्मेदवार तय घोषणा गरेर प्रचार नै थालिसकेको छ ।  दमकको समितिले चार दिनअघि पार्टी केन्द्रले मापदण्ड नै बनाउनुभन्दा अघि नै औपचारिक कार्यक्रम गरेर उम्मेदवार घोषणा गरेको थियो । -गोरखापत्र दैनिक

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप