वैशाख १२, काठमाडौं | वैशाख १२ को विपत्तिपछि पनि लाखौं नेपाली युवा बिदेसिए। विभिन्न कारणले आफ्नो देशको पुनर्निर्माणमा जुट्न सकेनन्। परिवारको आर्थिक सुधार र समृद्धिका निम"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... वैशाख १२, काठमाडौं | वैशाख १२ को विपत्तिपछि पनि लाखौं नेपाली युवा बिदेसिए। विभिन्न कारणले आफ्नो देशको पुनर्निर्माणमा जुट्न सकेनन्। परिवारको आर्थिक सुधार र समृद्धिका निम"/>
२०८३, ८ बैशाख मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘नेपालीले जिन्दगीभर अरूको भरमा बाँच्नु नपरोस्’ – २२ वर्षीय अस्ट्रेलियन युवा

२०७४, १२ बैशाख मंगलवार ०२:००

वैशाख १२, काठमाडौं | वैशाख १२ को विपत्तिपछि पनि लाखौं नेपाली युवा बिदेसिए। विभिन्न कारणले आफ्नो देशको पुनर्निर्माणमा जुट्न सकेनन्। परिवारको आर्थिक सुधार र समृद्धिका निम्ति गाउँगाउँका नेपाली युवा मजदुरी गर्न समुद्रपारि पसिना बगाउन बाध्य छन्। तर, २२ वर्षीय अस्ट्रेलियन नागरिक 'निक अब्राहिम' भने नेपालमा पसिना बगाउँदै वैशाख १२ को भूकम्पले भत्काएका भौतिक संरचनाको पुनर्निर्माणमा जुटेका छन्।

चम्किलो अनुहार, ठूला जुत्ता, मैलो पाइन्ट र टिसर्टमा भेटिएका निकले देख्नेबित्तिकै आफ्नै लवजमा 'नमस्टे' भने। कुरा गर्दागर्दै उनले आफ्नो नेपाल बसाइको व्याख्या गरे। काठमाडौं साँखुबाट करिब २५ किलोमिटरमाथि शंखरापुर नगरपालिका-८ (साविक १२) घुमारचोकको तामाङ बस्तीमा बसेका निकलाई स्थानीयले नेपाली नाम पनि राखिदिएका रहेछन्। त्यो नाम आफैं सुनाए, 'मेरो नेफाली नाम हो निकलेसबहादुर तमाङ।'

गोरखा भूकम्पको तीन महिनापछि नेपाल आएका निकले अहिलेसम्म एक्लो प्रयासमा घुमारचोकको उग्रतारा माध्यमिक विद्यालयको दुईकोठे भवन, वनदेवी आधारभूत विद्यालयको ६ कोठे भवन र एउटा स्वास्थ्यचौकी बनाइसकेका छन्।

कसरी नेपाल आए?

'आमाको मृत्युपछि म र मेरो भाइले घर छाड्ने निर्णय गर्‍यौं', घर छाड्दाको अवस्था सम्झिँदै निक भन्छन्, 'त्यसपछि म सहर पसेंँ, दिउँसो घर बनाउने र राति बारमा काम सुरु गरें।' बारमा काम गर्दागर्दै निकको त्यहीँ काम गर्ने नेपालीसँग चिनजान भयो। 'त्यो बारमा धेरै नेपाली युवाले काम गर्थे, मैले भेटेका नेपाली एकदम 'अमेजिङ' छन्', निक भन्छन्, 'नेपाली आफ्नो परिवारलाई सहयोग गर्न र पढाइलाई निरन्तरता दिन हप्तामा २० घन्टा काम गर्थे।'

निक नेपाल आउनुको संयोग पनि त्यही बारले जुराइदिएको रहेछ। एक दिन बारमा काम गर्दागर्दै सबै नेपाली एकसाथ रोएको दृश्यले निकको ध्यान तान्यो। सबै नेपाली रोएपछि निकले ०७२ वैशाख १२ मा शक्तिशाली भूकम्पले नेपालमा क्षति पुगेको थाहा पाए। 'त्यसपछि मैले नेपालीलाई कसरी सहयोग गर्न सक्छु भनेर सोच्न थालें', निक भन्छन्, 'सबै कुरा सुनेपछि मलाई नेपाल आउन मन लाग्यो।' निकसँगै उनका हजुरबा जिभानी डिलुगा पनि नेपाल आउन चाहन्थे। तर, क्यान्सरपीडित हजुरबालाई चिकित्सकले लामो यात्रा नगर्न सुझाव दिएका थिए।

'नेपालमा भूकम्प गएको भनेपछि उहाँ पनि मसँगै आउन लाग्नुभएको थियो तर डाक्टरले हजुरबुबालाई नजानू भन्यो', निकले हजुरबालाई सम्झँदै भने, 'हजुरबुबा नआए पनि म भूकम्प गएको तीन महिनापछि नेपाल आएँ, भूकम्पले भत्काएका विद्यालय भवन बनाउन सुरु गरेँ।'

निकले जति काम गरेका छन्, सबै निस्वार्थ छन्। ६ महिना बसेर विद्यालय बनाउने काम गर्दा स्थानीयले मन पराएपछि निकलाई काम गर्न झन् बल पुग्यो। 'गरेपछि काम किन हुँदैन ? हुन्छ। म सक्षम छु। म काम गर्न सक्छु', निक आत्मविश्वाससाथ भन्छन्, 'मैले अहिलेसम्म जति पनि काम गरेँ, त्यसमा मेरो कुनै स्वार्थ छैन, व्यक्तिगत परि श्रमबाहेक मैले विद्यालय निर्माणमा मात्र अहिलेसम्म २८ हजार डलर खर्चिएको छु, नेपालीलाई सहयोग गर्न पाउँदा खुसी छु।'

निक घुमारचोककै भोलेन्टियर भवनमा बस्छन्। बिहान साढे ५ बजे उठ्ने निक राति ११ बजे मात्र सुत्छन्। उनलाई नेपालको इन्टरनेटले भने खुब दुःख दिएको रहेछ। 'सुत्नुअघि ई-मेल हेर्छु तर इन्टरनेट नै राम्रो चल्दैन', निक भन्छन्, 'त्यसले गर्दा पनि छिटो सुत्न पाउँदिनँ।'

निक अहिले भने दुई प्रोजेक्टमा व्यस्त छन्। वनदेवी आधारभूत विद्यालयको ६ कोठे दुईतले भवन र स्थानीय नौ परिवारका भूकम्पपीडितका घर बनाउने चटारो निकलाई छ। वनदेवी विद्यालयको भवन निर्माणका लागि ५१ लाखको योजनासहित काम भइरहेको छ। त्यसमा निक र उनका भोलेन्टियर साथी सक्रिय छन्।

यता, घुमारचोककै नौ परिवार भूकम्पपीडितका घर निर्माणका लागि हेमसरिता फाउन्डेसनका संरक्षक हेम पाठकले प्रतिपरिवार दुई-दुई लाख सहयोग रकम दिइसकेका छन्। थप दुई लाख रकम सरकारबाट प्राप्त हुनेछ। यी घर निर्माणमा निकले भने भोलेन्टियरका रूपमा सहयोग गर्दै हुनुहुन्छ।निकले योसँगै साँखुमा वर्षको २५ हजार भाडा तिरेर साढे दुई रोपनी जग्गा भाडामा लिएर पुनर्निर्माणका निम्ति इँटा उत्पादनको काम सुरु गरेका छन्।

काठमाडौं जिल्ला प्रशासनमा 'फ्रम द ग्राउन्ड अफ इन्टरप्राइजेज लिमिटेड नामको कम्पनी दर्ता गरेर उनले माटो, सिमेन्ट र बालुवा मिसाएर इँटा बनाउने काम सुरु गरेका हुन्। 'यो कम्पनी नाफामूलकभन्दा पनि समाजसेवामा केन्द्रित हुन्छ', कम्पनीको उद्देश्यबारे सोधिएको प्रश्नको जवाफमा निकले भने, 'यसबाट आएको नाफा सबै नेपालको पुनर्निर्माणमा खर्च गर्छु।' उक्त कम्पनीबाट इन्टरलक ब्लक र पेबर उत्पादन कार्य सुरु गर्दै छन्।

को हुन् निक ?

निक अस्ट्रेलियाको सानो सहर मेरेन्जमा जन्मिएका हुन्। उनका पिता कृषि पेसामा सक्रिय थिए। गाईभैंसी, भेडालगायत पशुमा देखिएको जस्तोसुकै रोगको उपचार गर्नुपरे पनि निकका बुबाको खोजी हुन्थ्यो। निकलाई विद्यालय तहको पढाइ सकेपछि बुबाको भन्दा हजुरबुबाको पेसाले आकर्षित गर्‍यो। 'मेरो विद्यालय जीवन सकिएपछि मैले घर निर्माणको काम सुरु गरें', निक भन्छन्, 'मेरा हजुरबुबा घर बनाउने काम गर्नुहुन्थ्यो, त्यसैबाटै मलाई घर बनाउने काम गर्ने प्रेरणा मिलेको हो, मलाई घर बनाउन निकै मन लाग्छ। ठुल्ठूला घर बनाउनु मेरो रहर हो।'

नेपाली संस्कृतिको सम्मान

निकलाई नेपाली संस्कृति खुब मनपर्छ। नेपाली समाजको प्रशंसा गर्दै भन्छन्, 'यहाँ जो-कोही पनि एकअर्कालाई हेरेर मुस्कुराउँछन् तर अस्ट्रेलियामा कसैले कसैको वास्ता गर्दैन। हाम्रो समाज सामाजिक सञ्जाल फेसबुकजस्तै छ, एकैछिनमा जोडिने अनि एकैछिनमा तोडिने।'

छोटो नेपाल बसाइका क्रममा निकले नेपालको सामाजिक दृष्टिकोणलाई समेत नजिकबाट अध्ययन गरिसकेका छन्। 'नेपालको वैवाहिक जीवन पनि राम्रो लाग्छ। तर, यहाँ हाम्रोमा जस्तो विवाहपछि सम्बन्धविच्छेद भइहाल्दैन, विवाह गर्ने जोडी एकअर्काप्रति प्रतिबद्ध र समर्पित हुन्छन्', निक भन्छन्, 'तर हाम्रोमा जीवनसाथीको सोचाइ कुनै बेला पनि परिवर्तन हुन सक्छ।'

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ