२०८२, १८ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चुनाव जिते पनि काम गर्न पाउँदैनन् जनप्रतिनिधिहरू

२०७४, ३० बैशाख शनिबार ०१:५९

वैशाख ३०, काठमाडौं । स्थानीय तह निर्वाचनपछि निर्वाचित जनप्रतिनिधिले शपथ लिने कानुन अझै बन्न सकेको छैन ।  कानुन नबन्दा निर्वाचित जनप्रतिनिधिले तत्काल काम गर्न पाउने छैनन् । 

निर्वाचित जनप्रतिनिधिहरूले केका आधारमा शपथ ग्रहण गर्ने भन्ने कानुनी आधार अहिलेसम्म तय भएको छैन।  आगामी आइतबार वैशाख ३१ गते प्रदेश नं. ३, ४ र ६ मा गरी ३८१ स्थानीय तह (गाउँपालिका र नगरपालिका) मा निर्वाचन हुँदैछ।  कानुनी अभावमा निर्वाचित जनप्रतिनिधिहरूले गर्ने पहिलो काम शपथ ग्रहणमै समस्या आउने निश्चित छ।

स्थानीय शासन विज्ञ एवम् अधिवक्ता डा. चन्द्रकान्त ज्ञवालीले निर्वाचित जनप्रतिनिधिहरूले निर्वाचित भएपछि गरिने पहिलो कामको कानुनी आधार अहिलेसम्म तय नभएको बताए। उनका अनुसार स्थानीय तहको शासन सञ्चालन गर्न बनेको विधयेकमा स्थानीय तहका निर्वाचित जनप्रतिनिधिले गर्ने सम्पूर्ण कामको कानुनी प्रक्रिया उल्लेख गरिएको तर उक्त विधयेक अहिले संसदमा विचाराधीन छ।

सरकारले आगामी जेठ ४ गतेसम्मका लागि संसद्को बैठक स्थगन गरिसकेको छ।  ज्ञवालीले भने, ‘वैशाख ३१ गते स्थानीय तहको निर्वाचन भएपछि जेठ २/३ गतेदेखि परिणाम आउन थाल्छ, त्यसपछि निर्वाचित जनप्रतिनिधिहरूले प्रमाणपत्र पाएपछि पहिलो काम नै शपथ ग्रहण गर्ने हो तर शपथ ग्रहण केका आधारमा गर्ने भन्ने कुनै कानुनी आधार छैन। ’

संसदमा विचाराधीन स्थानीय तहको शासन सञ्चालन गर्न बनेको विधयेक ऐनमा रूपान्तरण हुन करिब तीन साता लाग्न सक्ने अनुमान ज्ञवालीको छ।  विधयेक संसद्‌ले राज्य व्यवस्था समितिमा पठाउन सक्छ, त्यसपछि उक्त समितिमा दफावार छलफल हुन्छ, पुनः समितिले पूर्ण बैठकमा विधयेक फिर्ता पठाउँछ र त्यहाँबाट पारित भएपछि राष्ट्रपतिबाट स्वीकृत भएपछि ऐन बन्छ।  यो सबै प्रक्रिया पूरा गर्न कम्तीमा तीन साता लाग्छ।

उनले भने, ‘संसद्‍मा भएको विधयेक फास्ट ट्र्याकबाट जारी गर्ने हो भने संसद्‌ले समितिमा नपठाई पारित गरेर सिधै राष्ट्रपतिसमक्ष पठाउन पनि सक्छ तर यो संसद्‌ले निर्णय गर्ने कुरा हो। ’ ज्ञवालीका अनुसार विधयेकमा वडाध्यक्षको काम, कर्तव्य र अधिकारसमेत तोकिएको छ, विधयेक ऐनको रूपमा परिणत नभए वडाध्यक्षले समेत काम गर्न सक्ने आधार छैन।  सरकारले यो कुरा समयमै मनन गर्न नसक्दा स्थानीय तहको निर्वाचन भएपछि पनि कानुनी व्यावहारिक जटिलता आएको उनले बताए।

सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालले भने ऐनकै अभावमा निर्वाचित जनप्रतिनिधिको शपथ ग्रहण नरोकिने दाबी गरेको छ।  मन्त्रालय सङ्घीय मामिला महाशाखाका प्रमुख एवम् सहसचिव डा. हरि पौडेलले संसद्मा विचाराधीन स्थानीय तहको शासन सञ्चालन गर्न बनेको विधयेकलाई एकै दिनमा फास्ट ट्र्याकबाट निर्माण गरेर शपथ ग्रहणलगायत कानुनी समस्याको समाधान गर्न सकिने बताए। -गोरखापत्र दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी