2026-09-21 01:40 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चितवनको रत्ननगरमा गैँडाको आक्रमणबाट एकको मृत्यु, पाँच घाइते

चितवन | चितवनको रत्ननगरपालिका-१४ मा गैँडाको आक्रमणमा परेर एक महिलाको ज्यान गएको छ। मंगलबार मध्याह्न १२ बजेको समयमा रत्ननगरका स्थानीयहरूमाथि गैँडाले आक्रमण गरेको हो। दुर्घटनामा परेर रत्ननगर १६ बस्ने ७० वर्षकी कृष्णकुमारी थापा गम्भीर घाइते भएकी थिइन्।

उनको उपचारको क्रममा भरतपुरस्थित सरकारी अस्पतालमा निधन भएको प्रहरीले जनाएको छ। गैँडाको आक्रमणबाट पाँचजना घाइते भएका छन्।

रत्ननगर-१६ कै ७८ वर्षीय डम्बरबहादुर थापा, रत्ननगर-१४ की ६० वर्षीया मिना गुरूङ र रत्ननगर-१२ का ७२ वर्षीय चेतनाथ चौलागाईं, ३९ वर्षीया सीता पोखरेल र पुजन विक घाइते भएका छन्। उनीहरूको अवस्था मध्यम छ।

पोखरेलको सीएमसी शिक्षण अस्पतालमा र अरूको भरतपुरकै सरकारी अस्पतालमा उपचार भइरहेको छ। चितवनकै खैरहनी हुँदै आएको उक्त गैँडालाई स्थानीयले जंगलतर्फ लखेटेका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नक्कली नोट देखाइ ठगी गर्न खोज्ने दुई जना पक्राउ एमालेको केन्द्रीय कमिटी बैठक सुरु त्रिपुरेश्वरमा एक यात्रुबसमा आगलागी रसुवागढीमा बाढीले बगाएको ठाउँमा सडक नबनाउने एमाले केन्द्रीय कमिटी बैठकका एजेण्डा तय भोटेकोसी बाढी प्रभावितका लागि राहत कोषमा झण्डै १५ अर्ब रुपैयाँ जम्मा आज सेयर कारोबार नहुने भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४५१ पुग्यो माथिल्लो त्रिशूली-१ मा ३९ जना मृत फेला, ४३९ जना अझै बेपत्ता सुनको मूल्य घट्यो, चाँदी बढ्यो भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली