जेठ १७, बाजुरा । गोमा एयरको जहाज लुक्लामा दुर्घटना भएको चार दिन नबित्दै नेपाली सेनाको जहाज दुर्घटना भएको छ । 
सुर्खेतबाट हुम्लास्थि"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
जेठ १७, बाजुरा । गोमा एयरको जहाज लुक्लामा दुर्घटना भएको चार दिन नबित्दै नेपाली सेनाको जहाज दुर्घटना भएको छ । 
सुर्खेतबाट हुम्लास्थि"/>
२०८२, १८ चैत्र बुधबार
काठमाडौँ - KTM

बाजुरामा सेनाको जहाज दुर्घटना यसरी भयो

२०७४, १७ जेष्ठ बुधबार ०३:१६


जेठ १७, बाजुरा । गोमा एयरको जहाज लुक्लामा दुर्घटना भएको चार दिन नबित्दै नेपाली सेनाको जहाज दुर्घटना भएको छ । 
सुर्खेतबाट हुम्लास्थित सिमकोटका लागि उडेको नेपाली सेनाको कार्गो जहाज मंगलबार बाजुराको कोल्टी विमानस्थलमा दुर्घटना भएको हो । कोल्टी विमानस्थलमा अवतरणका क्रममा जहाज दुर्घटनामा परेको थियो । 
दुर्घटनामा महासेनानी क्याप्टेन कैलाश गुरुङको मृत्यु भएको छ । आर्मी ४८ कलसाइन भएको सैनिक विमानकी सहचालिका सहसेनानी अनिता आले र स्टेवार्ड पूर्णबहादुर खड्का गम्भीर घाइते भएका छन् । घाइते दुईजनालाई नेपालगन्ज उपचारका लागि रिफर गरिएको जिल्ला प्रहरी कार्यलयका प्रहरी निरीक्षक जगदीश भट्टले बताए । दुर्घटनाग्रस्त विमानमा आगो लागेको थियो ।
कोल्टीस्थित सीता एयरलाइन्सका स्टेसन म्यानेजर मनराज थापाका अनुसार गम्भीर घाइते सहचालक अनिता आले बोल्न नसक्ने अवस्थामा छिन् । सुबेदार पूर्णबहादुर खड्काको हात भाँचिएको र टाउकोमा गम्भीर चोट लागेको छ । 
उनी बोल्न सक्ने अवस्थामा छन् । मृतक क्याप्टेन गुरुङसहित दुवै घाइतेलाई सीता एयरलाइन्सको डोर्नियर विमानले दिउँसो १ बजेर २३ मिनेटमा नेपालगन्ज ल्याएको थियो । 
यसरी भयो दुर्घटना
सीता एयरलाइन्सका स्टेसन म्यानेजर मनराज थापाका अनुसार मंगलबार सिमकोट विमानस्थलका लागि सुर्खेतबाट उडेको सेनाको स्काई ट्रक तथा नेपालगन्जबाट गोमा एयरलाइन्सको जेट विमान र सीता एयरलाइन्सको डोर्नियर विमान मौसम खराबीका कारण डाइभर्ट भएका थिए । 
‘यीमध्ये गोमा सिमकोट नपुगी नेपालगन्जतर्फ फर्केको थियो भने सीता कोल्टीतर्फ डाइभर्ट भएको थियो । उताको मौसम खराब भएपछि सीता एयरलाइन्सले साढे १२ बजे कोल्टीमा अवतरण ग¥यो । यसमा मानसरोवरका लागि उडेका भारतीय तीर्थयात्री थिए,’ थापाले भने ।
सीता एयरलाइन्स अवतरण भएको चार मिनेटपछि सेनाको स्काई ट्रक कोल्टी आइपुगेको उनले बताए । ‘अवतरण गर्न लागेका वेला जहाजले धावनमार्गको टचडाउन मार्कभन्दा धेरै माथि आएर मात्रै टेक्यो, आधा धावनमार्गमा टेकेकाले जहाज बाहिर गहुँखेतमा पुग्यो,’ थापाले भने । 
खेतमा पुगेपछि विमानमा आगो लागेको थियो । उनका अनुसार सेनाको विमानमा चामल र कुखुुराको मासु थियो । विमान दुर्घटना हुनेबित्तिकै प्रहरी र नेपाली सेनाभन्दा अगाडि स्थानीयवासी पुगेर घाइतेको उद्धार गरेको स्थानीय अनिल शाहीले बताए । विमान खसेको पाँच मिनेटमै गाउँले घटनास्थल पुगेका थिए । -नयाँ पत्रिका दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी प्रतिनिधि सभाको सभामुख निर्वाचन चैत २२ गते हुने एसइईको रिजल्ट एक महिनाभित्रै निकाल्ने दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालकको मृत्यु सिंहदरबारमा सर्वदलीय बैठक जारी कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सुरु गृहमन्त्री गुरुङले गरे प्रहरी परिसर काठमाडौँको अवलोकन महाकालीमा नुहाउने क्रममा बगेर एकजना बेपत्ता यातायात कार्यालयबाट १६ बिचौलिया पक्राउ तोलामा ७४ सयले बढ्यो सुनको मूल्य, कतिमा भइरहेछ कारोवार ? विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल