२ कार्तिक २०८१, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘नो अब्जेक्सन लेटर’ नबोक्ने नेपालीलाई हवाईयात्रा निषेध

२६ जेष्ठ २०७४, शुक्रबार ०२:०८


जेठ २६ काठमाडौं । भारत र श्रीलंकास्थित अन्तर्राष्ट्रिय विमानस्थल प्रयोग गरी तेस्रो मुलुक जाँदै हुनुहुन्छ भने अब अनिवार्य नो अब्जेक्सन लेटर (स्वीकृतिपत्र) बोक्नुस् । 

साथमा नो अब्जेक्सन लेटर छैन भने भारत र श्रीलंकाका कुनै पनि विमानस्थलले तपार्इंलाई तेस्रो मुलुकका लागि हवाईयात्राको अनुमति दिने छैनन् । 

वैदेशिक रोजगारी, भ्रमण तथा अध्ययन भिसाका नाममा नेपालस्थित त्रिभुवन विमानस्थलको साटो छिमेकी मुलुकका विमानस्थल प्रयोग गरी विदेशमा मानव तस्करी बढेपछि अध्यागमन विभागसहित सरोकारवालाको संयन्त्रले कूटनीतिक पहलमार्फत सम्बन्धित मुलुकलाई कडाइ गर्न आग्रह गर्ने निर्णय गरेका हुन् ।

अध्यागमन विभागका महानिर्देशक गंगाराम गेलालका अनुसार यो नयाँ नियम होइन । तर, कार्यान्वयनमा कडाइ गर्न नसक्दा भारत तथा अन्य छिमेकी मुलुकका विमानस्थल प्रयोग गरी ठूलो संख्यामा नेपाली बिदेसिने गरेका छन् ।

जुन प्रयोजनमा गए पनि स्वीकृतिपत्र अनिवार्य

रोजगारीका लागि खुला नगरेका देशमा भारत तथा अन्य छिमेकी मुलुकका विमानस्थल प्रयोग गरी हुने मानव ओसारपसार रोक्न सरकारले पहल गरिरहेको छ । अवैध रूपमा बाहिरिने नेपालीलाई रोकी मानव ओसारपसार न्यूनीकरण गर्न यो निर्णय लिइएको महानिर्देशक गेलालले बताए । उनका अनुसार अब अध्ययन, भ्रमण या वैदेशिक रोजगारी जुन प्रयोजनमा विदेश जान लागेको भए पनि सरोकारवाला निकायबाट जारी हुने नो अब्जेक्सन लेटर अनिवार्य बोक्नुपर्ने हुन्छ ।

ल संयन्त्र प्रभावकारी बनाइने

विभिन्न बहानामा हुने मानव बेचबिखन न्यूनीकरण गर्न नेपालस्थित सरोकारवाला निकायबीच संयन्त्र विकास गरी प्रभावकारी रूपमा काम गर्ने निर्णयसमेत बैठकले गरेको छ । 

मुलुकभित्र जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने र भारतमा अलपत्र परेका नागरिकको यथाशीघ्र उद्धारको व्यवस्था गर्न भारतीय पक्षसँग समन्वय गर्ने निर्णय भएको विभागका महानिर्देशक गेलालले बताए । 

सूचना आदानप्रदानका लागि भारतसँग समन्वयन गरी मानव तस्करी र बेचबिखनविरुद्ध प्रभावकारी गतिविधि सञ्चालन गर्ने निर्णय भएको अध्यागमन विभागको भनाइ छ । -नयाँ पत्रिका दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि पक्राउ पछि सीके राउतको प्रतिक्रिया: ‘सुनौलो भविष्य बोकेको कोपिला निमोठिएको हो’ सभापति लामिछाने पक्राउ: राजनीतिक पूर्वाग्रह साफ वुमन्स च्याम्पियनसिप: नेपाल र भुटानबीचको खेल गोलरहित बराबरीमा सकियो रविलाई रिजालको जवाफ, ‘सरकार मरेको होइन, सक्रिय भएको हो’ रवि लामिछानेसहित को-को विरुद्ध छ पक्राउ पुर्जी ? रविलाई पक्राउ गर्न रास्वपा कार्यालय पुग्यो सीआईबीको टोली रवि लामिछानेविरूद्ध पक्राउ पुर्जी जारी पुनःनिर्माणका काममा लाग्न तीनै तहका सरकारलाई प्रधानमन्त्री ओलीको आग्रह पेट दुख्ने समस्या लिएर अस्पताल पुगेका युवकको आन्द्रामा जिउँदो साङ्लो भेटिएपछि.. जीपबाट खसेर बालकको मृत्यु सन्दीपले पाए अमेरिकाको भिसा, आजै बेलुका उड्ने रास्वपाका नेताहरू पार्टी कार्यालय वनस्थलीमा बाली जोगाउन वन्यजन्तुलाई थापेको पासोमा करेन्ट लागेर बालिकाको मृत्यु, २ जना घाइते सुनको मूल्य प्रति आउन्स २ हजार ७ सय डलर नाघ्यो भारतीय कप्तान रोहित शर्माले मागे माफी शेरबहादुर देउवाको दबाब: रविलाई तत्काल पक्राउ नगरे सरकार ढाल्ने चेतावनी रविलाई पक्राउ गर्न लागिएको रास्वपाको आशंका प्रमुख प्रतिपक्षी दलहरूको बैठक: ज्ञापनपत्र बुझाउनेदेखि विशेष अधिवेशन बोलाउनेसम्म छलफल ‘१२ गाउँ’ को बक्सअफिस रिपोर्ट सार्वजनिक: एक सातामा कति कमायो ? सहकारी ठगीमा रवि लामिछानेलाई पक्राउ गरिए सशक्त प्रतिवाद गर्ने विपक्षी दलको निर्णय