२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

निर्वाचनले श्रीमान-श्रीमतीको सम्बन्ध बिच्छेद

२७ जेष्ठ २०७४, शनिबार ०१:४५

जेठ २७, काठमाडौं । अछामको ढकारी गाउँपालिका–२, हिच्माका प्रकाश साउँद र कृष्ण साउँद एउटै घरका सहोदर दाजुभाइ हुन् ।

 तर, राजनीतिक वैचारिक भिन्नताले दुई भाइबीच पानी बाराबार छ । कारण, प्रकाश कांग्रेसनिकट हुन भने कृष्ण एमाले समर्थक । यसले हाम्रो राजनीतिक संस्कार कस्तो छ भन्ने देखाउँछ ।

‘हाम्रो आस्था मिल्दैन,’ तरुण दलका जिल्ला अध्यक्षसमेत रहेका प्रकाशले भने, ‘राजनीतिक मञ्चमा जहिल्यै झगडा हुन्छ । निर्वाचनका बेला त दूरी नबढ्ने कुरै भएन ।’ गाउँमा हुने सभा सम्मेलन र सार्वजनिक समारोहमा पनि दुई भाइबीच नै बढी जुहारी चल्ने गरेको उनले बताए ।

ढकारी गाउँपालिका–६ ढुंगाचाल्नामा करिब पाँच सय घरधुरी छन् । यो वडामा अन्य पार्टीभन्दा कांग्रेस र एमाले समर्थकको संख्या बढी छ । पार्टी फरक परेकै कारण गाउँले विभाजित छन् । त्यहाँ पानी मधेरो, मेलापात र घाँस दाउरामा पनि राजनीति पसेको छ ।

कतिसम्म भने कांग्रेस–एमालेको हिँड्ने बाटोसमेत अलग छ । बजारबाट घर फर्किता एउटा बाटोमा कांग्रेस हिँड्छन् भने अर्को बाटोमा एमालेहरु मात्रै भेटिन्छन् । एउटै परिवारभित्र भोजभतेर र शोक पर्दा पनि फरक पार्टीमा आस्था राख्नेहरु सहभागी हुँदैनन् ।

यति मात्रै होइन, राजनीतिक प्रतिस्पर्धाकै कारण कतिपयले घरबारै तोड्नु परेको छ । श्रीमान कांग्रेस र आफू एमाले भएकै कारण तुर्माखाँद–१ का मनसरा बुढाले श्रीमानसँस सम्बन्ध विच्छेद गरेकी छन् । श्रीमान कांग्रेस र आफू एमाले भएकै कारण उनले सम्बन्ध बिच्छेद गर्नुपरेको बताइन् । -राजधानी दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…