२०८२, १८ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

निर्वाचनले श्रीमान-श्रीमतीको सम्बन्ध बिच्छेद

२०७४, २७ जेष्ठ शनिबार ०१:४५

जेठ २७, काठमाडौं । अछामको ढकारी गाउँपालिका–२, हिच्माका प्रकाश साउँद र कृष्ण साउँद एउटै घरका सहोदर दाजुभाइ हुन् ।

 तर, राजनीतिक वैचारिक भिन्नताले दुई भाइबीच पानी बाराबार छ । कारण, प्रकाश कांग्रेसनिकट हुन भने कृष्ण एमाले समर्थक । यसले हाम्रो राजनीतिक संस्कार कस्तो छ भन्ने देखाउँछ ।

‘हाम्रो आस्था मिल्दैन,’ तरुण दलका जिल्ला अध्यक्षसमेत रहेका प्रकाशले भने, ‘राजनीतिक मञ्चमा जहिल्यै झगडा हुन्छ । निर्वाचनका बेला त दूरी नबढ्ने कुरै भएन ।’ गाउँमा हुने सभा सम्मेलन र सार्वजनिक समारोहमा पनि दुई भाइबीच नै बढी जुहारी चल्ने गरेको उनले बताए ।

ढकारी गाउँपालिका–६ ढुंगाचाल्नामा करिब पाँच सय घरधुरी छन् । यो वडामा अन्य पार्टीभन्दा कांग्रेस र एमाले समर्थकको संख्या बढी छ । पार्टी फरक परेकै कारण गाउँले विभाजित छन् । त्यहाँ पानी मधेरो, मेलापात र घाँस दाउरामा पनि राजनीति पसेको छ ।

कतिसम्म भने कांग्रेस–एमालेको हिँड्ने बाटोसमेत अलग छ । बजारबाट घर फर्किता एउटा बाटोमा कांग्रेस हिँड्छन् भने अर्को बाटोमा एमालेहरु मात्रै भेटिन्छन् । एउटै परिवारभित्र भोजभतेर र शोक पर्दा पनि फरक पार्टीमा आस्था राख्नेहरु सहभागी हुँदैनन् ।

यति मात्रै होइन, राजनीतिक प्रतिस्पर्धाकै कारण कतिपयले घरबारै तोड्नु परेको छ । श्रीमान कांग्रेस र आफू एमाले भएकै कारण तुर्माखाँद–१ का मनसरा बुढाले श्रीमानसँस सम्बन्ध विच्छेद गरेकी छन् । श्रीमान कांग्रेस र आफू एमाले भएकै कारण उनले सम्बन्ध बिच्छेद गर्नुपरेको बताइन् । -राजधानी दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी प्रतिनिधि सभाको सभामुख निर्वाचन चैत २२ गते हुने एसइईको रिजल्ट एक महिनाभित्रै निकाल्ने दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालकको मृत्यु सिंहदरबारमा सर्वदलीय बैठक जारी कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सुरु गृहमन्त्री गुरुङले गरे प्रहरी परिसर काठमाडौँको अवलोकन महाकालीमा नुहाउने क्रममा बगेर एकजना बेपत्ता यातायात कार्यालयबाट १६ बिचौलिया पक्राउ तोलामा ७४ सयले बढ्यो सुनको मूल्य, कतिमा भइरहेछ कारोवार ? विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल