जेठ २९, काठमाडौं । काठमाडौं उपत्यकामा प्राणघातक विषादी मिसाइएको मासु र मासुबाट बनाइएका परिकार बिक्री वितरण भइरहेको पाइएको छ । 

नांगो हातले सम"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

जेठ २९, काठमाडौं । काठमाडौं उपत्यकामा प्राणघातक विषादी मिसाइएको मासु र मासुबाट बनाइएका परिकार बिक्री वितरण भइरहेको पाइएको छ । 

नांगो हातले सम"/>

६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मरेका कुखुरामा प्राणघातक सोडियम नाइट्रेट हालेर बिक्री

२९ जेष्ठ २०७४, सोमबार ०१:३२


जेठ २९, काठमाडौं । काठमाडौं उपत्यकामा प्राणघातक विषादी मिसाइएको मासु र मासुबाट बनाइएका परिकार बिक्री वितरण भइरहेको पाइएको छ । 

नांगो हातले समेत छुन नमिल्ने सोडियम नाइट्रेट नामक विषादी मासुमा मिसाइएको भेटिएको हो । आपूर्ति मन्त्रालयमातहतको आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले गरेको विशेष अनुगमनका क्रममा यो तथ्य बाहिर आएको हो। मासु र मासुजन्य परिकारमा यस्तो प्राणघातक विषादी मिसाइएको तथ्य बाहिर आएपछि चिकित्सकहरुले उपभोक्ताको स्वास्थ्यमा पर्ने अवस्थाप्रति गम्भीर चिन्ता र चासो व्यक्त गरेका छन्।

अनुगमन टोलीमा रहेका चिकित्सक डा. आभास पौडेलका अनुसार, मासुमा सोडियम नाइट्रेट मिसाउनु भनेको उपभोक्ताको स्वास्थ्यमाथिको हदैसम्मको लापर्बाही हो। यसलाई कुनै पनि हालतमा सामान्य मान्न सकिन्न।

अनुगमनका क्रममा बाँनियाटारको सगरमाथा मिट प्रोडक्सनले सोडियम नाइट्रेट नामक विषादी मिसाएको पाइएको हो। त्यहाँ भेटिएको सो रसायनको बट्टामा नै भयंकर प्राणघातक भनेर लेखिएको छ। त्यसमा नाङ्गो हातले छुनु पनि भयंकर घातक भनेर उल्लेख गरिएको छ।

‘यी हेर्नुहोस्, रसायनको बट्टामा नै खतराको संकेत दिइएको छ। नांगो हातले समेत छुन नमिल्ने लेखिएको छ। यस्तो रसायन मासुमा मिसाइएको छ, यो उपभोक्ताको स्वास्थ्यमाथि हदैसम्मको लापर्बाही हो,’ डा. पौडेलले विषादीको बोतल देखाउँदै भने।

सो मिट प्रोडक्टले ससेजमा प्राणघातक सोडियम नाइट्रेट मिसाउने गरेको पाइएको छ। सोडियम नाइट्रेटले ससेजलाई लामो समयसम्म दुरुस्त राख्न सघाउने भएकाले पाँच किलो ससेजमा सय ग्राम मिसाउने गरेको व्यवसायीले स्वीकार गरेका छन्।

अनुगमन टोलीका अनुसार सगरमाथा मिट प्रोडक्सनले ससेज बनाउँदा कुहिएको मासु प्रयोग गर्ने गरेको, लेबल नै नभएका मसला प्रयोग गरिएको, खाद्य अनुज्ञा पत्र नलिएको, सोयाविन मस्यौरा प्रयोग गरी ससेज बनाएको र उत्पादन स्थल अत्यन्त फोहोर रहेको भेटिएको थियो।

यस्तो कैफियत भेटिएपछि सो मिट प्रोडक्सनमा सिलबन्दी गरिएको छ। त्यहाँबाट सोडियम नाइट्रेट नामक रसायनको एक बट्टा, गन्हाएको (कुहिएको) मासु २ सय ग्राम र ४ सय ८० ग्रामका एक एक प्याकेट बफ ससेज र चिकेन ससेज नमुना परीक्षणका लागि ल्याइएको छ।

विभागले आइतबार नै गोगंबुको केसी चिकेन स्टोर, मनकामना मार्केटिङ स्टोरमा पनि अनुगमन गरेको थियो। केसी चिकेन स्टोरले खाद्य अनुज्ञापत्र नलिई करोबार गरिरहेको र मरिसकेको कुखुराको मासु बिक्री गर्ने गरेको पाइएको छ। सो स्टोरबाट मरिसकेका कुखुराको ११ किलो मासु नष्ट गरिएको छ। अनुगमन टोलीले केसी चिकेन स्टोरमा पनि सिलबन्दी गरेको छ।

मनकामना मार्केटिङ स्टोर अत्यन्त फाहोर रहेको, त्यहाँबाट खान अयोग्य ५ किलो मासु नष्ट गरिएको अनुगमन टोलीले जनाएको छ। राष्ट्रि उपभोक्ता अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमल्सिनाले मरिसकेको कुखुराको मासु विक्री वितरण गर्नु आम उपभोक्ताको जीवनमाथि सोझै खेलवाड भएको बताए। -नयाँ पत्रिका दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या