२०८२, १८ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

माओवादीको मधेसमा कस्तो छ चुनावी तयारी ?

२०७४, ३० जेष्ठ मंगलवार ०१:५६

जेठ ३०, काठमाडौं । माओवादी केन्द्रले प्रदेश नम्बर २ मा ५० प्रतिशत उम्मेद्वार टुंगो लगाएको छ । 

‘करिब ५० प्रतिशत उम्मेद्वार चयन भइसकेका छन्, अब ५० प्रतिशतजति मात्र बाँकी छ,’ २ नम्बर प्रदेशका संयोजक विश्वनाथ शाहले भने । सोमबार मात्र माओवादीले जितपुर–सिमरा उपमहानगरपालिकाका सबै पदको उम्मेद्वार टुंगो लगाएको छ । मेयरमा राजन पौडेललाई उठाउने गरी माओवादीले सोमबार उम्मेद्वारी टुंग्याएको हो ।

बुधबारसम्म टुंगो लगाउने 

जिल्लास्तरबाटै उम्मेद्वार छनोटको विधि माओवादीले अवलम्बन गरेको छ । जिल्लाले मिलाउन नसकेको अवस्थामा मात्र प्रदेशले उम्मेद्वार छनोट गर्ने काम गरेको २ नम्बर प्रदेश इन्चार्ज मातृका यादवले बताए ।

‘हामीले जिल्लालाई नै मिलाएर उम्मेद्वार छनोट गर्ने जिम्मा दिएका छौं, नमिलेका ठाउँमा मात्र प्रदेश र केन्द्रले हेर्ने नीति बनाएका छौं’, यादवले भने, ‘केही ठाउँमा मिलेको छैन, बुधबारसम्म सबै ठाउँमा उम्मेद्वार छनोट भइसक्छन् ।’

तालमेलको होमवर्क पनि सँगसँगै

माओवादीले मधेसमा प्रगतिशील राष्ट्रवादलाई मान्ने शक्तिहरुको बीचमा चुनावी तालमेलको ‘होमवर्क’ पनि अगाडि बढाएको छ । मधेसी जनतालाई अधिकारसम्पन्न बनाउन तयार रहेका पार्टीहरुका बीचमा चुनावी तालमेलको गृहकार्य भइरहेको नेता यादवले बताए । ‘स्थानीयस्तरबाटै तालमेल कहाँ कसरी गर्दा उपयुक्त हुन्छ भन्ने रिपोर्ट प्रदेशलाई बुझाउन निर्देशन दिइएको छ , केही स्थानबाट आएका पनि छन्,’ यादवले भने, ‘सकभर उम्मेद्वार मनोनयनअगाडि नै चुनावी तालमेल मिलाउने गरी तयारी भइरहेको छ ।’

ठूला सभा नगर्ने 

माओवादीले निर्वाचन प्रचारप्रसारका लागि २ नम्बर प्रदेशमा ठूला चुनावी सभा भने नगर्ने भएको छ । केन्द्रीय कार्याल्यका तर्फबाट नेता नारायणकाजी श्रेष्ठलाई मधेस हेर्ने गरी जिम्मेवारी दिइएको छ । साना साना सभा र घरदैलोलाई नै केन्द्रित गरेर प्रचार अभियान व्यवस्थित बनाउँदै छौं,’ संयोजक शाहले भने । -नयाँ पत्रिका दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी प्रतिनिधि सभाको सभामुख निर्वाचन चैत २२ गते हुने एसइईको रिजल्ट एक महिनाभित्रै निकाल्ने दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालकको मृत्यु सिंहदरबारमा सर्वदलीय बैठक जारी कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सुरु गृहमन्त्री गुरुङले गरे प्रहरी परिसर काठमाडौँको अवलोकन महाकालीमा नुहाउने क्रममा बगेर एकजना बेपत्ता यातायात कार्यालयबाट १६ बिचौलिया पक्राउ तोलामा ७४ सयले बढ्यो सुनको मूल्य, कतिमा भइरहेछ कारोवार ? विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल