जेठ ३१, अछाम | अछामको कालिका आधारभूत विद्यालय बान्नीगडी जयगढमा जम्मा ६७ विद्यार्थी छन्। छात्रछात्रा सबै नियमित पढ्न आउँछन्। उनीहरू पढाइमा पनि उस्तै अब्बल छन् ।

<"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... जेठ ३१, अछाम | अछामको कालिका आधारभूत विद्यालय बान्नीगडी जयगढमा जम्मा ६७ विद्यार्थी छन्। छात्रछात्रा सबै नियमित पढ्न आउँछन्। उनीहरू पढाइमा पनि उस्तै अब्बल छन् ।

<"/>
६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

कहिल्यै गयल हुँदैनन् विद्यार्थी

३१ जेष्ठ २०७४, बुधबार ०१:२१

जेठ ३१, अछाम | अछामको कालिका आधारभूत विद्यालय बान्नीगडी जयगढमा जम्मा ६७ विद्यार्थी छन्। छात्रछात्रा सबै नियमित पढ्न आउँछन्। उनीहरू पढाइमा पनि उस्तै अब्बल छन् ।

जिल्लाका अन्य ९६ विद्यालय र १ सय ७ बालविकास केन्द्रले पनि शिक्षामा राम्रो पहिचान बनाएका छन्। ‘पहिले त आधा दिनमै विद्यालय खाली हुन्थ्यो,’ कालिकाका प्रधानाध्यापक काशीराम रावलले भने, ‘खास त आउँदै आउथेनन् आए पनि आधा दिनमै गैहाल्थे। तर अचेल त्यस्तो छैन। सबै विद्यार्थी नियमित हाजिर हुन्छन् ।’

व्यवस्थित कक्षा कोठा, बालमैत्री धारा, पर्याप्त खेल सामग्री, सेनिटरी प्याड र खेल्दै सिक्ने विधिका कारण नियमित पढ्न आउने विद्यार्थीको संख्या बढेको उनले बताए। विन्देवासिनी मावि दर्ना, शान्ति मावि मार्कु, पञ्चकोटी आधारभूत विद्यालय दुनि र मष्टामाडौं आधारभूत विद्यालय मलातीकोटसहित सबै ९६ विद्यालयका विद्यार्थीहरू कहिल्यै गयल हँुदैनन्। ‘व्यवस्थापन ठूलो कुरा हो, ’सरिता मावि शान्तडाका शिक्षक रतन भण्डारी भन्छन्, ‘विकटका विद्यालयप्रति राज्यको व्यवहार फेरिएको छ ।

गैरसरकारी संस्थाहरूको हेराइ पनि ठीक छ। उहाँहरूकै सहयोगले हामी व्यवस्थित छौं।’ विगतमा छात्राहरूको उपस्थिति न्यून देखिए पनि अभिभावक शिक्षा र सेनिटरी प्याडको व्यवस्थापछि उनीहरू फेरि पढ्न आएको उनले बताए। ६८ परिवारको बसोबास रहेको बान्नीगडी जयगढ गाउँपालिका–५ लिडीस्थित कालिका प्राविजस्तै अन्य ९६ विद्यालय र १ सय ७ वटै बालविकास केन्द्रमा हेर्दै ‘चिल्ड्रेन’ पार्कजस्तो देखिने रमाइलो वातावरण र रंगीचंगी कक्षाकोठाले विद्यार्थीहरू थप आकर्षण बढेको जिल्ला शिक्षा अधिकारी झंकरबहादुर विष्टले बताए ।

‘केटाकेटी नियमित हुने दर बढेको छ,’ उनले भने, ‘भर्ना भएजति कोही विद्यालयबाहिर छैनन्। यसमा अभिभावक पनि निकै सचेत छन्।’ कालागाउँ, मलातीकोट, चाफामाडांै, सुतार, बाटुलासैन, दर्ना, कालिका, दुनि, पायल, लुग्रा, पातलकोट, मार्कुलगायत साबिक १६ वटै गाविसका विद्यालयहरूमा छात्रछात्रा नियमित पढ्न आउने संख्या ह्वातै बढेको छ। सेभ द चिल्ड्रेन र वाक नेपालको सहयोग पछि यस्तो परिवर्तन भएको हो।  कक्षा १ को औसत ५१ प्रतिशत उपस्थिति कक्षा ९ र १० मा पुग्दा ८० प्रतिशत नाघेको जिल्ला शिक्षा अधिकारी विष्टले बताए । –  राजधानी 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या