जेठ ३१, अछाम | अछामको कालिका आधारभूत विद्यालय बान्नीगडी जयगढमा जम्मा ६७ विद्यार्थी छन्। छात्रछात्रा सबै नियमित पढ्न आउँछन्। उनीहरू पढाइमा पनि उस्तै अब्बल छन् ।

<"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... जेठ ३१, अछाम | अछामको कालिका आधारभूत विद्यालय बान्नीगडी जयगढमा जम्मा ६७ विद्यार्थी छन्। छात्रछात्रा सबै नियमित पढ्न आउँछन्। उनीहरू पढाइमा पनि उस्तै अब्बल छन् ।

<"/>
२०८२, १८ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

कहिल्यै गयल हुँदैनन् विद्यार्थी

२०७४, ३१ जेष्ठ बुधबार ०१:२१

जेठ ३१, अछाम | अछामको कालिका आधारभूत विद्यालय बान्नीगडी जयगढमा जम्मा ६७ विद्यार्थी छन्। छात्रछात्रा सबै नियमित पढ्न आउँछन्। उनीहरू पढाइमा पनि उस्तै अब्बल छन् ।

जिल्लाका अन्य ९६ विद्यालय र १ सय ७ बालविकास केन्द्रले पनि शिक्षामा राम्रो पहिचान बनाएका छन्। ‘पहिले त आधा दिनमै विद्यालय खाली हुन्थ्यो,’ कालिकाका प्रधानाध्यापक काशीराम रावलले भने, ‘खास त आउँदै आउथेनन् आए पनि आधा दिनमै गैहाल्थे। तर अचेल त्यस्तो छैन। सबै विद्यार्थी नियमित हाजिर हुन्छन् ।’

व्यवस्थित कक्षा कोठा, बालमैत्री धारा, पर्याप्त खेल सामग्री, सेनिटरी प्याड र खेल्दै सिक्ने विधिका कारण नियमित पढ्न आउने विद्यार्थीको संख्या बढेको उनले बताए। विन्देवासिनी मावि दर्ना, शान्ति मावि मार्कु, पञ्चकोटी आधारभूत विद्यालय दुनि र मष्टामाडौं आधारभूत विद्यालय मलातीकोटसहित सबै ९६ विद्यालयका विद्यार्थीहरू कहिल्यै गयल हँुदैनन्। ‘व्यवस्थापन ठूलो कुरा हो, ’सरिता मावि शान्तडाका शिक्षक रतन भण्डारी भन्छन्, ‘विकटका विद्यालयप्रति राज्यको व्यवहार फेरिएको छ ।

गैरसरकारी संस्थाहरूको हेराइ पनि ठीक छ। उहाँहरूकै सहयोगले हामी व्यवस्थित छौं।’ विगतमा छात्राहरूको उपस्थिति न्यून देखिए पनि अभिभावक शिक्षा र सेनिटरी प्याडको व्यवस्थापछि उनीहरू फेरि पढ्न आएको उनले बताए। ६८ परिवारको बसोबास रहेको बान्नीगडी जयगढ गाउँपालिका–५ लिडीस्थित कालिका प्राविजस्तै अन्य ९६ विद्यालय र १ सय ७ वटै बालविकास केन्द्रमा हेर्दै ‘चिल्ड्रेन’ पार्कजस्तो देखिने रमाइलो वातावरण र रंगीचंगी कक्षाकोठाले विद्यार्थीहरू थप आकर्षण बढेको जिल्ला शिक्षा अधिकारी झंकरबहादुर विष्टले बताए ।

‘केटाकेटी नियमित हुने दर बढेको छ,’ उनले भने, ‘भर्ना भएजति कोही विद्यालयबाहिर छैनन्। यसमा अभिभावक पनि निकै सचेत छन्।’ कालागाउँ, मलातीकोट, चाफामाडांै, सुतार, बाटुलासैन, दर्ना, कालिका, दुनि, पायल, लुग्रा, पातलकोट, मार्कुलगायत साबिक १६ वटै गाविसका विद्यालयहरूमा छात्रछात्रा नियमित पढ्न आउने संख्या ह्वातै बढेको छ। सेभ द चिल्ड्रेन र वाक नेपालको सहयोग पछि यस्तो परिवर्तन भएको हो।  कक्षा १ को औसत ५१ प्रतिशत उपस्थिति कक्षा ९ र १० मा पुग्दा ८० प्रतिशत नाघेको जिल्ला शिक्षा अधिकारी विष्टले बताए । –  राजधानी 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी प्रतिनिधि सभाको सभामुख निर्वाचन चैत २२ गते हुने एसइईको रिजल्ट एक महिनाभित्रै निकाल्ने दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालकको मृत्यु सिंहदरबारमा सर्वदलीय बैठक जारी कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सुरु गृहमन्त्री गुरुङले गरे प्रहरी परिसर काठमाडौँको अवलोकन महाकालीमा नुहाउने क्रममा बगेर एकजना बेपत्ता यातायात कार्यालयबाट १६ बिचौलिया पक्राउ तोलामा ७४ सयले बढ्यो सुनको मूल्य, कतिमा भइरहेछ कारोवार ? विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल