जेठ ३१, नयाँ दिल्ली  | रोजगारीका लागि २ वर्षअघि अफगानिस्तान पुगेका ३ नेपाली युवाहरु त्यहाँ अलपत्र परेका छन् । अलपत्र पर्नेमा कास्कीका गोविन्द पौडेल र हेमप्रसाद गुर"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... जेठ ३१, नयाँ दिल्ली  | रोजगारीका लागि २ वर्षअघि अफगानिस्तान पुगेका ३ नेपाली युवाहरु त्यहाँ अलपत्र परेका छन् । अलपत्र पर्नेमा कास्कीका गोविन्द पौडेल र हेमप्रसाद गुर"/>
२०८२, १८ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अफगानिस्तानमा तीन नेपाली अलपत्र

२०७४, ३१ जेष्ठ बुधबार ०२:०४

जेठ ३१, नयाँ दिल्ली  | रोजगारीका लागि २ वर्षअघि अफगानिस्तान पुगेका ३ नेपाली युवाहरु त्यहाँ अलपत्र परेका छन् । अलपत्र पर्नेमा कास्कीका गोविन्द पौडेल र हेमप्रसाद गुरुङ तथा पर्वतका मीनबहादुर क्षत्री रहेका छन् ।

१५ महिनादेखि काबुलमा अलपत्र उनीहरूले नेपाल फर्कन आवश्यक पहलका लागि आग्रह गर्दै परराष्ट्र मन्त्रालयमा केही समय पहिले निवेदन दिए पनि कानुनी जटिलताका कारण अझै फर्कन पाएका छैनन् । निवेदनमा अब्दुल अजिजका नाममा

रहेको क्यामिलट इन्टरनेसनल बिजनेस कम्पनीमा उनीहरू सेक्युरिटी गार्डका रूपमा कार्यरत थिए । तर कम्पनीले कानुनी तथा अन्य प्रक्रिया पूरा नगरी केही महिनाअघि निकालिदियो । अफगानिस्तान गएको १० महिनामै उनीहरूलाई निकालिएको थियो । हाल आफूहरू बेरोजगार र बेतलबी भई अलपत्र अवस्थामा रहेको टेलिफोनमा बताए । नेपाल फर्कन उनीहरूलाई एक्जिट भिसा र उनीहरूले बढी समय बसेको शुल्क बुझाउनुपर्ने कानुनी प्रावधान आवश्यक छ, जुन त्यति सहज छैन । एक वर्षयता अफगानिस्तान सरकारले तीनै जनाको पासपोर्ट नेपाल फर्काउने प्रक्रियाका लागि भन्दै लगेकामा अहिलेसम्म फिर्ता दिएको छैन ।

अफगानिस्तानबाट टेलिफोनमा गोविन्द पौडेलले भने, ‘हामी १५ महिनादेखि बेरोजगार अवस्थामा छौं र खान, बस्नकै समस्या हुन थालेको छ । अत्यधिक तापक्रममा घरको छतमा सुत्न बाध्य छौं ।’ प्रक्रियाविपरीत निकालेपछि अन्य स्थानमा काम दिने भनेर कम्पनीले झुलाइरहेको उनले बताए । कम्पनीका कारक रहेकाले आफूहरूले ‘ओभर स्टे’ शुल्क नतिर्ने उनको भनाइ छ । ‘कम्पनीले हाम्रो भिसा, वर्क परमिटलगायत सम्पूर्ण कानुनी प्रक्रिया पूरा गरिदिने आश्वासन दिए पनि त्यो पूरा नगरी हामीलाई कामबाटै निकाल्ने काम गरको छ,’ पौडेलले भने। – कान्तिपुर 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी प्रतिनिधि सभाको सभामुख निर्वाचन चैत २२ गते हुने एसइईको रिजल्ट एक महिनाभित्रै निकाल्ने दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालकको मृत्यु सिंहदरबारमा सर्वदलीय बैठक जारी कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सुरु गृहमन्त्री गुरुङले गरे प्रहरी परिसर काठमाडौँको अवलोकन महाकालीमा नुहाउने क्रममा बगेर एकजना बेपत्ता यातायात कार्यालयबाट १६ बिचौलिया पक्राउ तोलामा ७४ सयले बढ्यो सुनको मूल्य, कतिमा भइरहेछ कारोवार ? विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल