जेठ ३१, नयाँ दिल्ली  | रोजगारीका लागि २ वर्षअघि अफगानिस्तान पुगेका ३ नेपाली युवाहरु त्यहाँ अलपत्र परेका छन् । अलपत्र पर्नेमा कास्कीका गोविन्द पौडेल र हेमप्रसाद गुर"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... जेठ ३१, नयाँ दिल्ली  | रोजगारीका लागि २ वर्षअघि अफगानिस्तान पुगेका ३ नेपाली युवाहरु त्यहाँ अलपत्र परेका छन् । अलपत्र पर्नेमा कास्कीका गोविन्द पौडेल र हेमप्रसाद गुर"/>
६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अफगानिस्तानमा तीन नेपाली अलपत्र

३१ जेष्ठ २०७४, बुधबार ०२:०४

जेठ ३१, नयाँ दिल्ली  | रोजगारीका लागि २ वर्षअघि अफगानिस्तान पुगेका ३ नेपाली युवाहरु त्यहाँ अलपत्र परेका छन् । अलपत्र पर्नेमा कास्कीका गोविन्द पौडेल र हेमप्रसाद गुरुङ तथा पर्वतका मीनबहादुर क्षत्री रहेका छन् ।

१५ महिनादेखि काबुलमा अलपत्र उनीहरूले नेपाल फर्कन आवश्यक पहलका लागि आग्रह गर्दै परराष्ट्र मन्त्रालयमा केही समय पहिले निवेदन दिए पनि कानुनी जटिलताका कारण अझै फर्कन पाएका छैनन् । निवेदनमा अब्दुल अजिजका नाममा

रहेको क्यामिलट इन्टरनेसनल बिजनेस कम्पनीमा उनीहरू सेक्युरिटी गार्डका रूपमा कार्यरत थिए । तर कम्पनीले कानुनी तथा अन्य प्रक्रिया पूरा नगरी केही महिनाअघि निकालिदियो । अफगानिस्तान गएको १० महिनामै उनीहरूलाई निकालिएको थियो । हाल आफूहरू बेरोजगार र बेतलबी भई अलपत्र अवस्थामा रहेको टेलिफोनमा बताए । नेपाल फर्कन उनीहरूलाई एक्जिट भिसा र उनीहरूले बढी समय बसेको शुल्क बुझाउनुपर्ने कानुनी प्रावधान आवश्यक छ, जुन त्यति सहज छैन । एक वर्षयता अफगानिस्तान सरकारले तीनै जनाको पासपोर्ट नेपाल फर्काउने प्रक्रियाका लागि भन्दै लगेकामा अहिलेसम्म फिर्ता दिएको छैन ।

अफगानिस्तानबाट टेलिफोनमा गोविन्द पौडेलले भने, ‘हामी १५ महिनादेखि बेरोजगार अवस्थामा छौं र खान, बस्नकै समस्या हुन थालेको छ । अत्यधिक तापक्रममा घरको छतमा सुत्न बाध्य छौं ।’ प्रक्रियाविपरीत निकालेपछि अन्य स्थानमा काम दिने भनेर कम्पनीले झुलाइरहेको उनले बताए । कम्पनीका कारक रहेकाले आफूहरूले ‘ओभर स्टे’ शुल्क नतिर्ने उनको भनाइ छ । ‘कम्पनीले हाम्रो भिसा, वर्क परमिटलगायत सम्पूर्ण कानुनी प्रक्रिया पूरा गरिदिने आश्वासन दिए पनि त्यो पूरा नगरी हामीलाई कामबाटै निकाल्ने काम गरको छ,’ पौडेलले भने। – कान्तिपुर 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या