असार १, काठमाडौं । खाडी मुलुकमा विकसित नयाँ घटनाक्रममा आधा दर्जन छिमेकी मुलुकले कतारसँग कुटनीतिक सम्बन्धविच्छेद गरे । 

बाहिरबाट हेर्दा यसको प"/> Sajhasabal

असार १, काठमाडौं । खाडी मुलुकमा विकसित नयाँ घटनाक्रममा आधा दर्जन छिमेकी मुलुकले कतारसँग कुटनीतिक सम्बन्धविच्छेद गरे । 

बाहिरबाट हेर्दा यसको प"/>

२ कार्तिक २०८१, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘काठमाडौंबाट दोहा हुँदै युरोप-अमेरिका जान समस्या छैन’

१ असार २०७४, बिहीबार ०२:३१


असार १, काठमाडौं । खाडी मुलुकमा विकसित नयाँ घटनाक्रममा आधा दर्जन छिमेकी मुलुकले कतारसँग कुटनीतिक सम्बन्धविच्छेद गरे । 

बाहिरबाट हेर्दा यसको प्रत्यक्ष असर संसारका उत्कृष्ट अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीमध्ये पर्ने कतारको राष्ट्रिय ध्वजबहाक कम्पनी कतार  एयरवेजमा परेको देखिए पनि व्यवहारमा त्यस्तो छैन । 

कुनै पनि वायुसेवा समस्यामा पर्दा त्यसको सिधा असर हवाई यात्रुमाथि पर्ने गर्छ । तर कतारसँगको सम्बन्धबिच्छेदले न कतार एयरवेजको उडान ढिला भएको छ न भाडा बढेको छ, न कुनै यात्रु कतै अड्किएका छन् । 

कतार एयरवेजले दोहाबाट काठमाडौंका लागि हाल दैनिक तीन उडान भरिरहेको छ । उसले यहाँबाट दोहा र दोहाबाट अरू १५० गन्तब्यमा यात्रु उडाइरहेको छ ।

‘छिमेकीले सम्बन्ध तोडे पनि हाम्रो उडान प्रभावित भएको छैन । सबै उडान तोकिएको समयमै उडिरहेका छन्,’ कतार एयरवेजका नेपालस्थित कार्यालयका एक उच्च अधिकृतले भने,‘हाम्रो उडान रूट यथावत छ । भाडा पनि बढेको छैन । बरू उल्टै प्रवर्धनात्मक भाडा दर सार्वजनिक गर्छौ ।’

कम्पनीले काठमाडौंबाट दोहा हुँदै युरोप अमेरिका जाने टिकट बढी बेच्ने गरेको जनाएको छ । यसो हर्दा दोहाबाट उडेका जहाज सम्बन्धबिच्छेद गरेका राष्ट्रमाथिबाट उड्छन् भन्ने लागे पनि त्यो गलत भएको ती अधिकारीले बताए । -नागरिक दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि पक्राउ पछि सीके राउतको प्रतिक्रिया: ‘सुनौलो भविष्य बोकेको कोपिला निमोठिएको हो’ सभापति लामिछाने पक्राउ: राजनीतिक पूर्वाग्रह साफ वुमन्स च्याम्पियनसिप: नेपाल र भुटानबीचको खेल गोलरहित बराबरीमा सकियो रविलाई रिजालको जवाफ, ‘सरकार मरेको होइन, सक्रिय भएको हो’ रवि लामिछानेसहित को-को विरुद्ध छ पक्राउ पुर्जी ? रविलाई पक्राउ गर्न रास्वपा कार्यालय पुग्यो सीआईबीको टोली रवि लामिछानेविरूद्ध पक्राउ पुर्जी जारी पुनःनिर्माणका काममा लाग्न तीनै तहका सरकारलाई प्रधानमन्त्री ओलीको आग्रह पेट दुख्ने समस्या लिएर अस्पताल पुगेका युवकको आन्द्रामा जिउँदो साङ्लो भेटिएपछि.. जीपबाट खसेर बालकको मृत्यु सन्दीपले पाए अमेरिकाको भिसा, आजै बेलुका उड्ने रास्वपाका नेताहरू पार्टी कार्यालय वनस्थलीमा बाली जोगाउन वन्यजन्तुलाई थापेको पासोमा करेन्ट लागेर बालिकाको मृत्यु, २ जना घाइते सुनको मूल्य प्रति आउन्स २ हजार ७ सय डलर नाघ्यो भारतीय कप्तान रोहित शर्माले मागे माफी शेरबहादुर देउवाको दबाब: रविलाई तत्काल पक्राउ नगरे सरकार ढाल्ने चेतावनी रविलाई पक्राउ गर्न लागिएको रास्वपाको आशंका प्रमुख प्रतिपक्षी दलहरूको बैठक: ज्ञापनपत्र बुझाउनेदेखि विशेष अधिवेशन बोलाउनेसम्म छलफल ‘१२ गाउँ’ को बक्सअफिस रिपोर्ट सार्वजनिक: एक सातामा कति कमायो ? सहकारी ठगीमा रवि लामिछानेलाई पक्राउ गरिए सशक्त प्रतिवाद गर्ने विपक्षी दलको निर्णय