असार १, काठमाडौं । खाडी मुलुकमा विकसित नयाँ घटनाक्रममा आधा दर्जन छिमेकी मुलुकले कतारसँग कुटनीतिक सम्बन्धविच्छेद गरे । 

बाहिरबाट हेर्दा यसको प"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

असार १, काठमाडौं । खाडी मुलुकमा विकसित नयाँ घटनाक्रममा आधा दर्जन छिमेकी मुलुकले कतारसँग कुटनीतिक सम्बन्धविच्छेद गरे । 

बाहिरबाट हेर्दा यसको प"/>

२०८२, १८ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘काठमाडौंबाट दोहा हुँदै युरोप-अमेरिका जान समस्या छैन’

२०७४, १ असार बिहीबार ०२:३१


असार १, काठमाडौं । खाडी मुलुकमा विकसित नयाँ घटनाक्रममा आधा दर्जन छिमेकी मुलुकले कतारसँग कुटनीतिक सम्बन्धविच्छेद गरे । 

बाहिरबाट हेर्दा यसको प्रत्यक्ष असर संसारका उत्कृष्ट अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीमध्ये पर्ने कतारको राष्ट्रिय ध्वजबहाक कम्पनी कतार  एयरवेजमा परेको देखिए पनि व्यवहारमा त्यस्तो छैन । 

कुनै पनि वायुसेवा समस्यामा पर्दा त्यसको सिधा असर हवाई यात्रुमाथि पर्ने गर्छ । तर कतारसँगको सम्बन्धबिच्छेदले न कतार एयरवेजको उडान ढिला भएको छ न भाडा बढेको छ, न कुनै यात्रु कतै अड्किएका छन् । 

कतार एयरवेजले दोहाबाट काठमाडौंका लागि हाल दैनिक तीन उडान भरिरहेको छ । उसले यहाँबाट दोहा र दोहाबाट अरू १५० गन्तब्यमा यात्रु उडाइरहेको छ ।

‘छिमेकीले सम्बन्ध तोडे पनि हाम्रो उडान प्रभावित भएको छैन । सबै उडान तोकिएको समयमै उडिरहेका छन्,’ कतार एयरवेजका नेपालस्थित कार्यालयका एक उच्च अधिकृतले भने,‘हाम्रो उडान रूट यथावत छ । भाडा पनि बढेको छैन । बरू उल्टै प्रवर्धनात्मक भाडा दर सार्वजनिक गर्छौ ।’

कम्पनीले काठमाडौंबाट दोहा हुँदै युरोप अमेरिका जाने टिकट बढी बेच्ने गरेको जनाएको छ । यसो हर्दा दोहाबाट उडेका जहाज सम्बन्धबिच्छेद गरेका राष्ट्रमाथिबाट उड्छन् भन्ने लागे पनि त्यो गलत भएको ती अधिकारीले बताए । -नागरिक दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी प्रतिनिधि सभाको सभामुख निर्वाचन चैत २२ गते हुने एसइईको रिजल्ट एक महिनाभित्रै निकाल्ने दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालकको मृत्यु सिंहदरबारमा सर्वदलीय बैठक जारी कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सुरु गृहमन्त्री गुरुङले गरे प्रहरी परिसर काठमाडौँको अवलोकन महाकालीमा नुहाउने क्रममा बगेर एकजना बेपत्ता यातायात कार्यालयबाट १६ बिचौलिया पक्राउ तोलामा ७४ सयले बढ्यो सुनको मूल्य, कतिमा भइरहेछ कारोवार ? विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल