असार २, उदयपुर | नेकपा माओवादी केन्द्रका पूर्व उमेदवारले बिहीबार बिहान आत्महत्या गरेका छन्। नेकपा माओवादी केन्द्रबाट त्रियुगा नगरपालिका वडा नं १६ को खुल्ला वडा सदस्यमा "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असार २, उदयपुर | नेकपा माओवादी केन्द्रका पूर्व उमेदवारले बिहीबार बिहान आत्महत्या गरेका छन्। नेकपा माओवादी केन्द्रबाट त्रियुगा नगरपालिका वडा नं १६ को खुल्ला वडा सदस्यमा "/>
६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

उदयपुर - UDP

टिकट खोसिएपछि उम्मेदवारले गरे आत्महत्या

२ असार २०७४, शुक्रबार ०३:१२

असार २, उदयपुर | नेकपा माओवादी केन्द्रका पूर्व उमेदवारले बिहीबार बिहान आत्महत्या गरेका छन्। नेकपा माओवादी केन्द्रबाट त्रियुगा नगरपालिका वडा नं १६ को खुल्ला वडा सदस्यमा उमेदवार बनेर खोसिएका ३५ बर्षीय टोपनारायण श्रेष्ठले आत्महत्या गरेका हुन्। 

श्रेष्ठ घर नजिक रहेको सरस्वती सामुदायिक वन क्षेत्रमा विहान झुण्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक देवीप्रसाद फागुले बताए। श्रेष्ठलाई पार्टीले टिकट दिइसकेपछि वडामा वृहद कार्यक्रम आयोजना गरी उमेदावार सार्वजनिक गरिएको थियो।

उम्मेदवार भई भोट मागिरहेको अवस्थामा पार्टीले विना जानकारी टिकट खोसेर धौरीका राजकुमार तामाङलाई उमेदवार बनाएपछि श्रेष्ठ असन्तुष्ट रहेको पारिवारिक स्रोतले जनाएको छ। परिवार र स्थानीयले टिकट खोस्नु नै आत्महत्याको कारण भएको बताएपनि प्रहरीले भने कारण खुलाएको छैन।

टिकटका बिषयमा नेकपा माओवादी केन्द्रका जिल्ला सहसंयोजक जीवन कार्कीले वडा कमिटीले खुल्ला सदस्यका लागि सिफारिस मात्र गरेको बताए। उनले भने, ‘वडा कमिटीले ३/४ जना साथीहरुको नाम सिफारिस गरेको थियो, त्यसमध्ये जिल्लाको छनौटमा उहाँ पर्नु भएन्।’ स्थानीयले भने जाल्पा चिलाउनेमा माओवादी केन्द्रले आयोजना गरेको कार्यक्रममा श्रेष्ठको नाम सार्वजानिक गरी मतदातालाई परिचय गराइएको थियो।

तामाङ समुदायको जनसंख्या निकै रहेको उक्त वडामा माओबादी केन्द्रबाट तामाङ समुदायको उमेदवार नपरेपछि उक्त समुदायबाट निकै दवाव सृजना भएको थियो। एमालेले सोही वडामा वडाध्यक्ष पदमा धौरीका उपेन्द्र तामाङलाई उमेदवार बनाएपछि माओवादी भित्र तामाङ समुदायको निकै ठूलो दवाव रहको माओबादी स्रोतले बताएको छ। – अन्नपूर्ण 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या