असार २, उदयपुर | नेकपा माओवादी केन्द्रका पूर्व उमेदवारले बिहीबार बिहान आत्महत्या गरेका छन्। नेकपा माओवादी केन्द्रबाट त्रियुगा नगरपालिका वडा नं १६ को खुल्ला वडा सदस्यमा "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असार २, उदयपुर | नेकपा माओवादी केन्द्रका पूर्व उमेदवारले बिहीबार बिहान आत्महत्या गरेका छन्। नेकपा माओवादी केन्द्रबाट त्रियुगा नगरपालिका वडा नं १६ को खुल्ला वडा सदस्यमा "/>
२०८२, १८ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

उदयपुर - UDP

टिकट खोसिएपछि उम्मेदवारले गरे आत्महत्या

२०७४, २ असार शुक्रबार ०३:१२

असार २, उदयपुर | नेकपा माओवादी केन्द्रका पूर्व उमेदवारले बिहीबार बिहान आत्महत्या गरेका छन्। नेकपा माओवादी केन्द्रबाट त्रियुगा नगरपालिका वडा नं १६ को खुल्ला वडा सदस्यमा उमेदवार बनेर खोसिएका ३५ बर्षीय टोपनारायण श्रेष्ठले आत्महत्या गरेका हुन्। 

श्रेष्ठ घर नजिक रहेको सरस्वती सामुदायिक वन क्षेत्रमा विहान झुण्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक देवीप्रसाद फागुले बताए। श्रेष्ठलाई पार्टीले टिकट दिइसकेपछि वडामा वृहद कार्यक्रम आयोजना गरी उमेदावार सार्वजनिक गरिएको थियो।

उम्मेदवार भई भोट मागिरहेको अवस्थामा पार्टीले विना जानकारी टिकट खोसेर धौरीका राजकुमार तामाङलाई उमेदवार बनाएपछि श्रेष्ठ असन्तुष्ट रहेको पारिवारिक स्रोतले जनाएको छ। परिवार र स्थानीयले टिकट खोस्नु नै आत्महत्याको कारण भएको बताएपनि प्रहरीले भने कारण खुलाएको छैन।

टिकटका बिषयमा नेकपा माओवादी केन्द्रका जिल्ला सहसंयोजक जीवन कार्कीले वडा कमिटीले खुल्ला सदस्यका लागि सिफारिस मात्र गरेको बताए। उनले भने, ‘वडा कमिटीले ३/४ जना साथीहरुको नाम सिफारिस गरेको थियो, त्यसमध्ये जिल्लाको छनौटमा उहाँ पर्नु भएन्।’ स्थानीयले भने जाल्पा चिलाउनेमा माओवादी केन्द्रले आयोजना गरेको कार्यक्रममा श्रेष्ठको नाम सार्वजानिक गरी मतदातालाई परिचय गराइएको थियो।

तामाङ समुदायको जनसंख्या निकै रहेको उक्त वडामा माओबादी केन्द्रबाट तामाङ समुदायको उमेदवार नपरेपछि उक्त समुदायबाट निकै दवाव सृजना भएको थियो। एमालेले सोही वडामा वडाध्यक्ष पदमा धौरीका उपेन्द्र तामाङलाई उमेदवार बनाएपछि माओवादी भित्र तामाङ समुदायको निकै ठूलो दवाव रहको माओबादी स्रोतले बताएको छ। – अन्नपूर्ण 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी प्रतिनिधि सभाको सभामुख निर्वाचन चैत २२ गते हुने एसइईको रिजल्ट एक महिनाभित्रै निकाल्ने दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालकको मृत्यु सिंहदरबारमा सर्वदलीय बैठक जारी कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सुरु गृहमन्त्री गुरुङले गरे प्रहरी परिसर काठमाडौँको अवलोकन महाकालीमा नुहाउने क्रममा बगेर एकजना बेपत्ता यातायात कार्यालयबाट १६ बिचौलिया पक्राउ तोलामा ७४ सयले बढ्यो सुनको मूल्य, कतिमा भइरहेछ कारोवार ? विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल