असार ३, काठमाडौं । सरकारसँग वार्तामा व्यस्त राजपाका शीर्ष नेताहरूले अलगाववादी नेता सीके राउतसँग भेटी मधेसका मुद्दामा सहकार्यको सम्भावना खोजेका छन् ।

यसै साता"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

असार ३, काठमाडौं । सरकारसँग वार्तामा व्यस्त राजपाका शीर्ष नेताहरूले अलगाववादी नेता सीके राउतसँग भेटी मधेसका मुद्दामा सहकार्यको सम्भावना खोजेका छन् ।

यसै साता"/>

२०८२, १८ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सीके राउत र महन्थ ठाकुरबीच गोप्य मन्त्रणा

२०७४, ३ असार शनिबार ०१:१४


असार ३, काठमाडौं । सरकारसँग वार्तामा व्यस्त राजपाका शीर्ष नेताहरूले अलगाववादी नेता सीके राउतसँग भेटी मधेसका मुद्दामा सहकार्यको सम्भावना खोजेका छन् ।

यसै साता राजपाका अध्यक्ष महन्थ ठाकुर र राउतबीच केही सहयोगीसहित बैठक भएको र त्यसमा सहकार्यको सम्भावना खोजिएको पुष्टि दुवै पक्षले गरेका छन् । स्वतन्त्र मधेस गठबन्धनका सहसंयोजक कैलाश महतोले संयोजक राउतसँग ठाकुर मात्र होइन, नेपाल लोकतान्त्रिक फोरम अध्यक्ष एवं उप्रधानमन्त्री तथा स्थानीय विकासमन्त्री विजयकुमार गच्छदार, संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवलगायतसँग पनि सहकार्यको प्रस्ताव राख्दै धेरैपटक औपचारिक (लिखित) प्रस्तावसमेत पठाएका छौं ।’

चुनावक्रममा मधेसवादी दलबीच अलगाववादी नेता राउतलाई भेट्ने र चुनावमा पकड मजबुत गराउने प्रतिस्पर्धा नै रहेको सम्बद्ध स्रोतले बताएको छ । स्वतन्त्र मधेस गठबन्धनका सहसंयोजक महतोले भने, ‘हामीले राजपासँग तपाईंहरू मधेसको मुद्दामा क्लियर भएर आउनुहोस्, हामी एक भएर अघि बढौं भन्ने प्रस्ताव गरेका छौं । उहाँहरू सत्तास्वार्थका कारण क्लियर हुनुहुन्न ।’

एक प्रश्नको उत्तरमा महतोले राजपा मात्र नभई फोरम लोकतान्त्रिकका अध्यक्ष गच्छदार, फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव तथा राजपा जन्मनुभन्दा अघि राजपासम्बद्ध ६ मधेसवादी दललाई समेत पद र पैसा त्यागी स्वतन्त्र भएर मधेसको मुद्दामा सहकार्य गर्न आग्रह गरेको जानकारी दिए । महतोले भने, ‘मधेसवादी दलले सत्ता र पैसाको मोहमा हामीलाई स्पष्ट जवाफ दिन सकेका छैनन् । उनीहरू राज्य लिएर देश लिने भन्छन्, हामी राज्य होइन, देश नै लिनुपर्छ भन्छौं ।’

राजपाका उपाध्यक्ष वृषेशचन्द्र लालले आफूहरूको राउतसँग कुनै गम्भीर र निर्णायक वार्ता नभएको बताउँदै भने, ‘विचार नै फरक भएका शक्तिसँग हुने वार्ताको कुनै अर्थ रहँदैन ।’ -अन्नपूर्ण पोस्ट दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी प्रतिनिधि सभाको सभामुख निर्वाचन चैत २२ गते हुने एसइईको रिजल्ट एक महिनाभित्रै निकाल्ने दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालकको मृत्यु सिंहदरबारमा सर्वदलीय बैठक जारी कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सुरु गृहमन्त्री गुरुङले गरे प्रहरी परिसर काठमाडौँको अवलोकन महाकालीमा नुहाउने क्रममा बगेर एकजना बेपत्ता यातायात कार्यालयबाट १६ बिचौलिया पक्राउ तोलामा ७४ सयले बढ्यो सुनको मूल्य, कतिमा भइरहेछ कारोवार ? विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल