असार ५, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले ३१ साउन (अगस्ट १५, स्वतन्त्रता दिवसका अवसरमा) मा भारत भ्रमण गर्ने इच्छा गरेका छन् । 

देउवा प्रधानमन"/> Sajhasabal असार ५, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले ३१ साउन (अगस्ट १५, स्वतन्त्रता दिवसका अवसरमा) मा भारत भ्रमण गर्ने इच्छा गरेका छन् । 

देउवा प्रधानमन"/>

२ कार्तिक २०८१, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

१५ अगस्टमा दिल्ली जाने प्रधानमन्त्री देउवाको इच्छा

६ असार २०७४, मंगलवार ०१:३९

असार ५, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले ३१ साउन (अगस्ट १५, स्वतन्त्रता दिवसका अवसरमा) मा भारत भ्रमण गर्ने इच्छा गरेका छन् । 

देउवा प्रधानमन्त्री भएलगत्तै भारतले उनलाई भ्रमणको निम्तो दिइसकेको छ । भ्रमणबारे दुई पक्षबीच ठोस तयारी नभए पनि नेपालले उक्त मिति उपयुक्त हुने अनौपचारिक सुझाब भारतलाई दिएको छ ।

भारतले विदेशी सरकारप्रमुखलाई गणतन्त्र दिवसका अवसरमा मात्रै प्रमुख अतिथिका रूपमा डाक्ने गरेको छ । भारतले राजा वीरेन्द्रलाई दुई दशकअघि गणतन्त्र दिवसका अवसरमा प्रमुख अतिथि बनाएर डाकेको थियो । नजिकको छिमेकीका हैसियतले प्रधानमन्त्री देउवाको भ्रमण स्वतन्त्रता दिवसका अवसरमा गराउनु उपयुक्त हुने सुझाब नयाँदिल्लीस्थित नेपाली दूतावासले भारतीय विदेश मन्त्रालयलाई दिएको छ ।

‘नेपालबाट अगस्ट १५को मिति उपयुक्त हुन्छ भन्ने अनौपचारिक प्रस्ताब आएको छ, हामी मितिका बारेमा छलफल गरेर आवश्यक निर्णय गर्छौँ, नेपालसँग थप कुराकानी गरेर भ्रमणको समय टुंग्याउँछौँ’ भारतीय विदेश मन्त्रालय स्रोतले नयाँ पत्रिकासँग भन्यो । 

भारतमा राष्ट्रपतिको निर्वाचन सकिएपछि भ्रमणको टुंगो लाग्ने बुझिएको छ । भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायले प्रधानमन्त्रीको भ्रमणबारे भारतीय पक्षसँग कुराकानी भइरहेको तर टुंगो लागिनसकेको बताए । ‘प्रधानमन्त्री देउवालाई भारत भ्रमणका लागि निम्ता गइसकेको छ, त्यसबारे हामी भारतीय पक्षसँग अनौपचारिकरुपमा सम्बादमा छौँ’ उपाध्यायले भने ।

गतबर्ष भदौ अन्तिमदेखि असोज पहिलो साता प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमण भएको थियो । गत वैशाख पहिलो साता राष्ट्रपति विद्यादेवी भण्डारीको राजकीय भारत भ्रमण भएको थियो । आगामी माघसम्म प्रान्तीय र संघीय निर्वाचन सम्पन्न गरेपछि देउवाको कार्यकाल सम्पन्न हुनेछ । देउवा दोस्रो चरणको निर्वाचनलगत्तै भारत जाने मूडमा रहेको निकटस्थहरुको भनाई छ ।

मोदीको भ्रमणबारे पनि परामर्श 

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भ्रमण गर्ने तय भएको छैन, तर सम्भावित भ्रमणबारे भारतीय विदेश मन्त्रालयले सरोकारवालासँग परामर्श थालेको छ । सार्कको शिखर सम्मेलनमा सहभागी हुन नेपाल आउँदा मोदीले जनकपुर, मुक्तिनाथ र लुम्बिनी भ्रमण गर्ने तयारी थियो, तर सुरक्षाको कारण देखाउँदै अन्तिममा रद्द भएको थियो । 

‘पहिला जान बाँकी ठाउँमा भ्रमण गर्न मोदी इच्छुक हुनुहुन्छ, यसपटक अरुण तेस्रो जलविद्युत् आयोजना शुभारम्भ गर्ने र बाँकी धार्मिक क्षेत्रको भ्रमणमा जाने सम्भावना हुन सक्छ,’ भाजपाका विदेश विभाग सदस्य अजित कुमारले भने । सम्भावित भ्रमणबारे विदेश मन्त्रालयले पनि एक चरण सरोकारवालाहरूसँग गत साता परामर्श गरेको थियो । -नयाँ पत्रिका दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि पक्राउ पछि सीके राउतको प्रतिक्रिया: ‘सुनौलो भविष्य बोकेको कोपिला निमोठिएको हो’ सभापति लामिछाने पक्राउ: राजनीतिक पूर्वाग्रह साफ वुमन्स च्याम्पियनसिप: नेपाल र भुटानबीचको खेल गोलरहित बराबरीमा सकियो रविलाई रिजालको जवाफ, ‘सरकार मरेको होइन, सक्रिय भएको हो’ रवि लामिछानेसहित को-को विरुद्ध छ पक्राउ पुर्जी ? रविलाई पक्राउ गर्न रास्वपा कार्यालय पुग्यो सीआईबीको टोली रवि लामिछानेविरूद्ध पक्राउ पुर्जी जारी पुनःनिर्माणका काममा लाग्न तीनै तहका सरकारलाई प्रधानमन्त्री ओलीको आग्रह पेट दुख्ने समस्या लिएर अस्पताल पुगेका युवकको आन्द्रामा जिउँदो साङ्लो भेटिएपछि.. जीपबाट खसेर बालकको मृत्यु सन्दीपले पाए अमेरिकाको भिसा, आजै बेलुका उड्ने रास्वपाका नेताहरू पार्टी कार्यालय वनस्थलीमा बाली जोगाउन वन्यजन्तुलाई थापेको पासोमा करेन्ट लागेर बालिकाको मृत्यु, २ जना घाइते सुनको मूल्य प्रति आउन्स २ हजार ७ सय डलर नाघ्यो भारतीय कप्तान रोहित शर्माले मागे माफी शेरबहादुर देउवाको दबाब: रविलाई तत्काल पक्राउ नगरे सरकार ढाल्ने चेतावनी रविलाई पक्राउ गर्न लागिएको रास्वपाको आशंका प्रमुख प्रतिपक्षी दलहरूको बैठक: ज्ञापनपत्र बुझाउनेदेखि विशेष अधिवेशन बोलाउनेसम्म छलफल ‘१२ गाउँ’ को बक्सअफिस रिपोर्ट सार्वजनिक: एक सातामा कति कमायो ? सहकारी ठगीमा रवि लामिछानेलाई पक्राउ गरिए सशक्त प्रतिवाद गर्ने विपक्षी दलको निर्णय