असार ६, काठमाडौं । हनुमानढोका दरबार स्क्वायरलाई युनेस्कोले विश्व सम्पदाको सूचीबाट हटाएर खतराको सूचीमा राख्ने सम्भावना बढेको छ । 

पोल्यान्डमा हुने आगामी "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

असार ६, काठमाडौं । हनुमानढोका दरबार स्क्वायरलाई युनेस्कोले विश्व सम्पदाको सूचीबाट हटाएर खतराको सूचीमा राख्ने सम्भावना बढेको छ । 

पोल्यान्डमा हुने आगामी "/>

७ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विश्व सम्पदा सूचीबाट किन हट्यो हनुमानढोका ?

६ असार २०७४, मंगलवार ०१:५०


असार ६, काठमाडौं । हनुमानढोका दरबार स्क्वायरलाई युनेस्कोले विश्व सम्पदाको सूचीबाट हटाएर खतराको सूचीमा राख्ने सम्भावना बढेको छ । 

पोल्यान्डमा हुने आगामी १४१ औं महासभाले खतरामा राख्ने सम्भावना रहेको पुरातत्व विभागका अधिकारीहरूले बताएका छन् । भूकम्पका कारण हनुमानढोका दरबारका धेरै ऐतिहासिक दरबार र मठमन्दिर पूर्ण वा आंशिक क्षति भएका छन् । ती मठमन्दिर पुनःनिर्माणको गति सुस्त छ । 

पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहाल यस्ता सम्पदा खतराको सूचीमा पर्नु राम्रो नभए पनि भत्किएका सम्पदाहरूलाई छिटो निर्माण गर्न नेपाल लगायत विश्वलाई नै दबाब सिर्जना गर्ने भएकाले नेपालका लागि सकारात्मक नै हुने धारणा राख्छन् ।

वसन्तपुर क्षेत्रमा भूकम्पले क्षति पुराएका सम्पदा निर्माणका लागि विभिन्न मुलुकले जिम्मा लिएका छन् । त्यस क्षेत्रमा अमेरिकी राजदूत कोष (एम्बेस्डर फन्ड), चीन र जापानले विभिन्न मन्दिरको पुनःनिर्माणका लागि काम गरिरहेका छन् ।

यसैबीच, जर्मनी सरकारले पनि भूकम्पका कारण क्षति भएका सम्पदा निर्माणमा गरिदिने इच्छा व्यक्त गरे पनि कुन मन्दिर निर्माण गरिदिने भन्ने निर्णय भएको छैन । पुरातत्व विभागले जर्मनीलाई टेकु दोभानका भत्किएका सम्पदा निर्माण गरिदिन आग्रह गरे पनि उसको पहिलो चाहना भने भक्तपुरका सम्पदामा रहेको पुरात्व विभागले जनाएको छ । -गोरखापत्र दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या