असार ८, काठमाडौं | बाहिरी चक्रपथ निर्माणका लागि जग्गा अधिग्रहणको काम प्रारम्भ भएको छ।  बाहिरी चक्रपथले उपत्यकाको सहरीकरण र ट्राफिक जामलाई व्यवस्थित गर्न मद्दत गर्न"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असार ८, काठमाडौं | बाहिरी चक्रपथ निर्माणका लागि जग्गा अधिग्रहणको काम प्रारम्भ भएको छ।  बाहिरी चक्रपथले उपत्यकाको सहरीकरण र ट्राफिक जामलाई व्यवस्थित गर्न मद्दत गर्न"/>
७ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बाहिरी चक्रपथका लागि जग्गा अधिग्रहण सुरु

८ असार २०७४, बिहीबार ०१:३१

असार ८, काठमाडौं | बाहिरी चक्रपथ निर्माणका लागि जग्गा अधिग्रहणको काम प्रारम्भ भएको छ।  बाहिरी चक्रपथले उपत्यकाको सहरीकरण र ट्राफिक जामलाई व्यवस्थित गर्न मद्दत गर्ने अपेक्षा गरिएको छ ।  बाहिरी चक्रपथ आयोजनाका शाखा अधिकृत ध्रुवप्रसाद सापकोटाले पहिलो खण्ड निर्माणका लागि जग्गा अधिग्रहण सुरु गरिएको जानकारी दिए । पहिलो खण्डमा सतुङ्गलदेखि चोभारसम्म (६ दशमलव ६ किलोमिटर) चक्रपथ निर्माण गरिनेछ ।

जग्गा अधिग्रहणका लागि आवश्यक प्रक्रिया पूरा भइसकेको जानकारी दिँदै अधिकृत सापकोटाले पहिलो खण्डमा १४ हजार सात सय जग्गाधनीको सात हजार आठ सय रोपनी जग्गा अधिग्रहण गरिने जानकारी दिए।  सरकारले जेठ १५ गते जग्गा अधिग्रणको सूचना राजपत्रमा प्रकाशित गरिसकेको छ।  पूरा चक्रपथ निर्माणका लागि विस्तृत परियोजना प्रतिवदेन (डीपीआर) तयार भइसकेको जानकारी दिँदै उहाँले जग्गा अधिग्रहणको काम यसै हप्ताभित्र सम्पन्न हुने बताए।  जग्गा अधिग्रहणपछि उपभोक्ता समिति गठन गरेर निर्माण कार्यलाई अगाडि बढाइनेछ।  बढीमा असोजको पहिलो हप्तादेखि यस खण्डको निर्माण सुरु हुने जानकारी उनले दिए।

चक्रपथ निर्माणका लागि सडकको दुवै छेउबाट जग्गा एकीकरण प्रक्रियामार्फत २५०/२५० मिटर जग्गा प्राप्त गरिनेछ, यस प्रक्रियाबाट जग्गा प्राप्त गरिँदा कोही पनि विस्थापित नहुने तथा सरकारले जग्गाको मुआब्जा पनि दिनु पर्दैन।  जग्गा एकीकरण कार्यलाई सहज बनाउन यस खण्डलाई ६ वटा इलाकामा विभाजन गरिएको छ भने प्रत्येक इलाकालाई विभिन्न ब्लक र प्रत्येक ब्लकलाई विभिन्न टोलमा विभाजन गरिएको छ।  यस क्षेत्रमा ३८ वटा ब्लक र ५५६ वटा टोल प्रस्ताव गरिएको छ।

प्रत्येक इलाकामा चक्रपथको लम्बाइ करिब एक किलोमिटर हुनेछ।  यस क्षेत्रमा कीर्तिपुर र चन्द्रगिरी नगरपालिका परेको छ।  त्यसैगरी, हरेक घडेरीले न्यूनतम २० फिट र अधिकतम ५० फिट बाटो पाउनेछन्।  हरेक जग्गाधनीले दामासाहीको आधारमा जग्गा प्राप्त गर्नेछन्।  ‘ल्यान्डपुलिङ’ सिद्धान्तका आधारमा जग्गा एकीकृत गरेर त्यसलाई विकास गरेपछि वितरण गरिने भएको हुनाले कोही पनि विस्थापित नहुने र सबैलाई न्यायोचित वितरण हुने शाखा अधिकृत सापकोटाले बताए।

बाहिरी चक्रपथ काठमाडौंमा ३५ दशमलव आठ किलोमिटर, ललितपुरमा १५ दशमलव आठ किलोमिटर र भक्तपुरमा २१ दशमलव पाँच किलोमिटर दूरी पर्नेछ।  काठमाडौँमा बाहिरी चक्रपथले चोभार, गाम्चा, सतुङ्गल, नैकाप, पुरानो भज्याङ, सीतापाइला, नागार्जुन डाँडा, नेपालटार, गोङ्गबु, टोखागाँउ, चपली, कपन, जगडोल, सन्डोल र थलिडाँछीलाई जोड्नेछ।  त्यसैगरी ललितपुरमा लुभु, सिद्धिपुर, हरिसिद्धि, ठैब, धापाखेल, ठेचो, छम्पी, बुङ्मती र खोकनालाई जोड्नेछ।

भक्तपुरमा चाँगुनारायण, दुवाकोट, झौखेल, छालिङ, बागेश्वरी, सुडाल, ताथली, चितापोल, भक्तपुर, कटुन्जे, मध्यपुर नगरपालिका, दधिकोट र सिरुटारलाई चक्रपथले जोड्ने शाखा अधिकृत सापकोटाले जानकारी दिए। – गोरखापत्र 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या