असार ८, काठमाडौं | बाहिरी चक्रपथ निर्माणका लागि जग्गा अधिग्रहणको काम प्रारम्भ भएको छ।  बाहिरी चक्रपथले उपत्यकाको सहरीकरण र ट्राफिक जामलाई व्यवस्थित गर्न मद्दत गर्न"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असार ८, काठमाडौं | बाहिरी चक्रपथ निर्माणका लागि जग्गा अधिग्रहणको काम प्रारम्भ भएको छ।  बाहिरी चक्रपथले उपत्यकाको सहरीकरण र ट्राफिक जामलाई व्यवस्थित गर्न मद्दत गर्न"/>
२०८२, १९ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बाहिरी चक्रपथका लागि जग्गा अधिग्रहण सुरु

२०७४, ८ असार बिहीबार ०१:३१

असार ८, काठमाडौं | बाहिरी चक्रपथ निर्माणका लागि जग्गा अधिग्रहणको काम प्रारम्भ भएको छ।  बाहिरी चक्रपथले उपत्यकाको सहरीकरण र ट्राफिक जामलाई व्यवस्थित गर्न मद्दत गर्ने अपेक्षा गरिएको छ ।  बाहिरी चक्रपथ आयोजनाका शाखा अधिकृत ध्रुवप्रसाद सापकोटाले पहिलो खण्ड निर्माणका लागि जग्गा अधिग्रहण सुरु गरिएको जानकारी दिए । पहिलो खण्डमा सतुङ्गलदेखि चोभारसम्म (६ दशमलव ६ किलोमिटर) चक्रपथ निर्माण गरिनेछ ।

जग्गा अधिग्रहणका लागि आवश्यक प्रक्रिया पूरा भइसकेको जानकारी दिँदै अधिकृत सापकोटाले पहिलो खण्डमा १४ हजार सात सय जग्गाधनीको सात हजार आठ सय रोपनी जग्गा अधिग्रहण गरिने जानकारी दिए।  सरकारले जेठ १५ गते जग्गा अधिग्रणको सूचना राजपत्रमा प्रकाशित गरिसकेको छ।  पूरा चक्रपथ निर्माणका लागि विस्तृत परियोजना प्रतिवदेन (डीपीआर) तयार भइसकेको जानकारी दिँदै उहाँले जग्गा अधिग्रहणको काम यसै हप्ताभित्र सम्पन्न हुने बताए।  जग्गा अधिग्रहणपछि उपभोक्ता समिति गठन गरेर निर्माण कार्यलाई अगाडि बढाइनेछ।  बढीमा असोजको पहिलो हप्तादेखि यस खण्डको निर्माण सुरु हुने जानकारी उनले दिए।

चक्रपथ निर्माणका लागि सडकको दुवै छेउबाट जग्गा एकीकरण प्रक्रियामार्फत २५०/२५० मिटर जग्गा प्राप्त गरिनेछ, यस प्रक्रियाबाट जग्गा प्राप्त गरिँदा कोही पनि विस्थापित नहुने तथा सरकारले जग्गाको मुआब्जा पनि दिनु पर्दैन।  जग्गा एकीकरण कार्यलाई सहज बनाउन यस खण्डलाई ६ वटा इलाकामा विभाजन गरिएको छ भने प्रत्येक इलाकालाई विभिन्न ब्लक र प्रत्येक ब्लकलाई विभिन्न टोलमा विभाजन गरिएको छ।  यस क्षेत्रमा ३८ वटा ब्लक र ५५६ वटा टोल प्रस्ताव गरिएको छ।

प्रत्येक इलाकामा चक्रपथको लम्बाइ करिब एक किलोमिटर हुनेछ।  यस क्षेत्रमा कीर्तिपुर र चन्द्रगिरी नगरपालिका परेको छ।  त्यसैगरी, हरेक घडेरीले न्यूनतम २० फिट र अधिकतम ५० फिट बाटो पाउनेछन्।  हरेक जग्गाधनीले दामासाहीको आधारमा जग्गा प्राप्त गर्नेछन्।  ‘ल्यान्डपुलिङ’ सिद्धान्तका आधारमा जग्गा एकीकृत गरेर त्यसलाई विकास गरेपछि वितरण गरिने भएको हुनाले कोही पनि विस्थापित नहुने र सबैलाई न्यायोचित वितरण हुने शाखा अधिकृत सापकोटाले बताए।

बाहिरी चक्रपथ काठमाडौंमा ३५ दशमलव आठ किलोमिटर, ललितपुरमा १५ दशमलव आठ किलोमिटर र भक्तपुरमा २१ दशमलव पाँच किलोमिटर दूरी पर्नेछ।  काठमाडौँमा बाहिरी चक्रपथले चोभार, गाम्चा, सतुङ्गल, नैकाप, पुरानो भज्याङ, सीतापाइला, नागार्जुन डाँडा, नेपालटार, गोङ्गबु, टोखागाँउ, चपली, कपन, जगडोल, सन्डोल र थलिडाँछीलाई जोड्नेछ।  त्यसैगरी ललितपुरमा लुभु, सिद्धिपुर, हरिसिद्धि, ठैब, धापाखेल, ठेचो, छम्पी, बुङ्मती र खोकनालाई जोड्नेछ।

भक्तपुरमा चाँगुनारायण, दुवाकोट, झौखेल, छालिङ, बागेश्वरी, सुडाल, ताथली, चितापोल, भक्तपुर, कटुन्जे, मध्यपुर नगरपालिका, दधिकोट र सिरुटारलाई चक्रपथले जोड्ने शाखा अधिकृत सापकोटाले जानकारी दिए। – गोरखापत्र 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी प्रतिनिधि सभाको सभामुख निर्वाचन चैत २२ गते हुने एसइईको रिजल्ट एक महिनाभित्रै निकाल्ने दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालकको मृत्यु सिंहदरबारमा सर्वदलीय बैठक जारी कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सुरु गृहमन्त्री गुरुङले गरे प्रहरी परिसर काठमाडौँको अवलोकन महाकालीमा नुहाउने क्रममा बगेर एकजना बेपत्ता यातायात कार्यालयबाट १६ बिचौलिया पक्राउ तोलामा ७४ सयले बढ्यो सुनको मूल्य, कतिमा भइरहेछ कारोवार ? विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल