असार ८, काठमाडौं | साउदी अरबको जुवेलस्थित एक ग्यास प्लान्टको विषाक्त ग्यास नष्ट गर्ने क्रममा दुई नेपालीको ज्यान गएको छ ।
ग्लोबल इन्भाइरोमेन्टल म्यानेजमेन्ट सर्भिस कम्पनीमा कार्यरत दिक्तेल–१, खोटाङका ४३ वर्षीय बालकृष्ण बस्नेत र दाङका झवेन्दप्रसाद बन्जाडेको जुन १८ मा मृत्यु भएको नेपाली दूतावासले जनाएको छ ।
दूतावासका अनुसार बस्नेतको घटनास्थल र बन्जाडेको अस्पताल लैजाने क्रममा बाटामै ज्यान गएको हो । – कान्तिपुर