असार ९, काठमाडौं । मेसिन रिडेबल पासपोर्ट (एमआरपी) वितरण गर्दै आएको राहदानी विभागले तीन वर्षभित्र ई–पासपोर्ट सञ्चालनमा ल्याउने तयारी थालेको छ । 

वि"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असार ९, काठमाडौं । मेसिन रिडेबल पासपोर्ट (एमआरपी) वितरण गर्दै आएको राहदानी विभागले तीन वर्षभित्र ई–पासपोर्ट सञ्चालनमा ल्याउने तयारी थालेको छ । 

वि"/>

७ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ई–पासपोर्ट सञ्चालनमा ल्याउने तयारी

९ असार २०७४, शुक्रबार ०१:४३

असार ९, काठमाडौं । मेसिन रिडेबल पासपोर्ट (एमआरपी) वितरण गर्दै आएको राहदानी विभागले तीन वर्षभित्र ई–पासपोर्ट सञ्चालनमा ल्याउने तयारी थालेको छ । 

विभागका लागि आधुनिक भवन बनाउने प्रक्रियासँगै ई–पासपोर्ट प्रविधिसमेत जडान गर्न लागिएको परराष्ट्र मन्त्रालयको उच्च स्रोतले जनाएको छ।

भवन विभागमार्फत त्रिपुरेश्वरमा पासपोर्ट र कन्सुलरका भवन बनाउन तीन वर्षअघिदेखि प्रक्रिया थालिएपनि टेन्डर भने हुन सकेको छैन ।

४९ लाखभन्दा बढी एमआरपी जारी गरिसकेको विभागले डिजिटल अर्थात ई–पासपोर्टको लागि प्रत्रिया अघि बढाउन सरकारलाई आग्रह गरेको छ । ई–पासपोर्टको कार्यविधि तयार गर्दै विभागले महानिर्देशकको नेतृत्वमा ६ सदस्यीय प्राविधिक अध्ययन समिति बनाएको छ। उक्त समितिले ई–पासपोर्टमा जान आवश्यक तयारी, चुनौती र समस्याबारे विस्तृत अध्ययन गरी प्रतिवेदन तयार गर्ने जनाइएको छ ।

२०१७ को अन्त्यसम्म सरकारलाई प्रतिवेदन बुझाएर ग्लोबल प्रक्रियामा लगिने स्रोतको भनाई छ । -कान्तिपुर दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या