असार १३, काठमाडौं । दोस्रो चरण स्थानीय निर्वाचनमा मौसम बाधक बन्‍ने देखिएको छ। बुधबार दिनभरजसो वर्षा हुने भएपछि मतपत्र भिज्नेदेखि मतदातालाई आवतजावतमा समेत सम"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

असार १३, काठमाडौं । दोस्रो चरण स्थानीय निर्वाचनमा मौसम बाधक बन्‍ने देखिएको छ। बुधबार दिनभरजसो वर्षा हुने भएपछि मतपत्र भिज्नेदेखि मतदातालाई आवतजावतमा समेत सम"/>

२०८२, १९ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चुनावमा मौसम बाधक, बुधबार दिनभरजसो पानी पर्ने

२०७४, १३ असार मंगलवार ०१:३२


असार १३, काठमाडौं । दोस्रो चरण स्थानीय निर्वाचनमा मौसम बाधक बन्‍ने देखिएको छ। बुधबार दिनभरजसो वर्षा हुने भएपछि मतपत्र भिज्नेदेखि मतदातालाई आवतजावतमा समेत समस्या हुने देखिएको हो। प्रदेश नम्बर १, ५ र ७ प्रदेशभर नै बुधबार वर्षा हुने सम्भावना रहेकाले सुरक्षित रुपमा छाता, घुम, प्लास्टिक र वर्षादी बोकेर मतदान गर्न जान मौसमविदले सुझाव दिएका छन् ।

उनीहरूले मतदान अधिकृत र कर्मचारीलाई समेत मतदान सामग्री नभिज्ने गरी सुरक्षित व्यवस्था गर्न सुझाएका छन् । जल तथा मौसम विज्ञान विभाग एयरपोर्ट स्टेसनका मौसमविद समिर श्रेष्ठले एक नम्बर प्रदेशमा बुधबार बिहानैदेखि मनसुन बदली हुने र लगातार ५ घन्टासम्म पानी पर्ने देखिएको बताए ।

पूर्वी र मध्यभागमा दिनभरजसो मनसुन सक्रिय हुने विभागको पूर्वानुमान छ। प्रदेश ५ र ७ मा पनि मौसम बदली हुने र सिमसिम वर्षा हुने विभागले जनायो। जेठ २९ गते नेपाल भित्रिएको मनसुन केही दिनसम्म सक्रिय हुन नसके पनि तीन दिनदेखि पश्चिम नेपालसम्म फैलिइसकेको मौसमविद श्रेष्ठले जानकारी दिए ।

चुनावको दिन पूर्वी नेपालमा बिहान र दिउँसो तथा पश्चिम नेपालमा अपराह्न र साँझ वर्षा हुने विभागले जनाएको छ । पश्चिमी क्षेत्रमा भने सिमसिम वर्षा भए पनि लामो समय नरहने विभागको अनुमान छ। समग्र वर्षा भएको हेर्दा पूर्वी नेपालका स्टेसनहरूमा बढी पानी परेको देखिएको छ । धरानमा आइतबार बढी पानी परेको थियो भने उपत्यकामा ३० मिलिलिटर र पश्चिमी नेपालको दिपायलमा ६७ मिलिलिटर परेको थियो ।

मंगलबारसमेत पूर्वी र मध्य नेपालको अधिकांश क्षेत्रमा पानी पर्ने मौसमविदहरूको पूर्वानुमान छ । विभागले क्षेत्रगत रूपमा दैनिक तीन घन्टाको फरकमा १६ स्थानबाट मौसम जाँच गरी रिपोर्ट दिँदै आएको छ। यता चारसय बढी स्थानबाट मासिक रूपमा मौसमी अवस्था संकलन गरी रिपोर्ट दिँदै आएको छ । -अन्नपूर्ण पोस्ट दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी प्रतिनिधि सभाको सभामुख निर्वाचन चैत २२ गते हुने एसइईको रिजल्ट एक महिनाभित्रै निकाल्ने दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालकको मृत्यु सिंहदरबारमा सर्वदलीय बैठक जारी कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सुरु गृहमन्त्री गुरुङले गरे प्रहरी परिसर काठमाडौँको अवलोकन महाकालीमा नुहाउने क्रममा बगेर एकजना बेपत्ता यातायात कार्यालयबाट १६ बिचौलिया पक्राउ तोलामा ७४ सयले बढ्यो सुनको मूल्य, कतिमा भइरहेछ कारोवार ? विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल