८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपाल टेलिकमको सिमबाटै भिडिओ कल गर्न मिल्ने, कसरी गर्न सकिन्छ भिडिओ कल?

३० मंसिर २०८१, आईतवार १७:१२

काठमाडौँ | नेपाल टेलिकममा कुनै सामाजिक सञ्जालबिनै भिडिओ कल गर्न सकिने भएको छ। अहिले यो सुविधा परीक्षणको रूपमा रहेको टेलिकमले जनाएको छ।

‘भ्वाइस ओभर एलटिई (भिओएलटिई) चल्ने मोबाइल फोनहरूमा यो सुविधा प्रयोग गर्न सकिन्छ,’ टेलिकमका सह- प्रवक्ता नविन कुमार मिश्रले भने, ‘अहिले यो परीक्षणकै क्रममा छ।’

केही वर्षदेखि यो सेवा परीक्षणमा भए पनि अहिले यसको प्रयोग बढ्न थालेको उनले बताए।

किनभने यसको लागि फोरजी चल्ने मोबाइल आवश्यक हुन्छ। पछिल्लो समय फोरजी चलाउनेको संख्या बढेको छ।

‘अहिलेका धेरैजसो मोबाइल सेटमा फोरजी चल्छ,’ मिश्रले भने, ‘भडिओ कल गर्ने दुवै पक्षको मोबाइल फोरजी चल्ने हुनुपर्छ।’

प्रयोगकर्ताले पहिले आफ्नो मोबाइलबाट *४४४# डायल गरेर भिओएलटिई सेवा लिनुपर्छ। त्यसपछि मोबाइल सेटको सेटिङमा गएर भिओएलटिई एक्टिभेट गर्नुपर्छ।

भिओएलटिई सेवा एक्टिभेट भए नभएको कुरा मोबाइल स्क्रिनको माथि एचडी/भिओएलटिई लेखेको देखिनेछ।

यो सेवा प्रयोग गर्न मिल्ने भए/नभएको बुझ्न *१११# डायल गर्नुपर्छ। यदि यो डायलपछि मोबाइलमा ‘इरर’ (Error) देखायो भने यो सेवा सो मोबाइल सेटमा नचल्ने रहेछ भनेर बुझ्नुपर्छ।

तर, डायल भयो भने यो सेवा सुरू भएको हुन्छ।

यो सेवा चल्न थालेपछि फोन गर्दा पहिलेभन्दा आवाजको गुणस्तर समेत बढेको हुनेछ। त्यस्तै, फोन गर्दा नै क्यामराको अप्सनमा गएर समेत अन्य फेसबुक, भाइबर जस्ता सामाजिक सञ्जालमा जसरी नै भिडिओ कल गर्न मिल्छ।

यसका लागि डेटा प्याक आवश्यक पर्दैन। डेटा प्याक नलिएर यस्तो भिडिओ कल गर्दा एक जिबी बराबर पर्ने रकम प्रयोगकर्ताको मोबाइल ब्यालेन्सबाट काटिने मिश्रले बताए।

हाल नेपाल टेलिकमको विभिन्न डेटा प्याक अनुसार एक जिबीको १६ रूपैयाँदेखि २९ रूपैयाँसम्म पर्ने गरेको छ।

एक जिबी डेटाको महँगो पर्ने प्याक भने खर्च नहुँदासम्म धेरै दिन चलाउन पाइन्छ। अहिले टेलिकमले एक दिनदेखि २८ दिनसम्मको लागि एक जिबीदेखि १२ जिबीसम्म डेटा प्याकेजमा दिइरहेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू