साउन २२, काठमाडौं । साउन १२ गते अपहरणमा परेर पाँच दिनपछि मुक्त भएका बालक विवेक चौधरीको अपहरणमा संलग्न दुई मुख्य अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ।

म"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

साउन २२, काठमाडौं । साउन १२ गते अपहरणमा परेर पाँच दिनपछि मुक्त भएका बालक विवेक चौधरीको अपहरणमा संलग्न दुई मुख्य अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ।

म"/>

२०८२, २६ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

५० लाखका लागि यसरी गरिएको रहेछ साथीकै छोरा अपहरण

२०७४, २२ श्रावण आईतवार ०२:५३


साउन २२, काठमाडौं । साउन १२ गते अपहरणमा परेर पाँच दिनपछि मुक्त भएका बालक विवेक चौधरीको अपहरणमा संलग्न दुई मुख्य अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ।

महानगरीय प्रहरी अपराध महाशाखाले अपहरणका मुख्य योजनाकार राजु विकलाई उदयपुर गाईघाटबाट र अर्का अभियुक्त विष्णु पाण्डेलाई रामेछाप मन्थली–१२ स्थित आफ्नै घरबाट पक्राउ गरेको हो। अनौठो त के छ भने अपहरणका मुख्य योजनाकार राजु अपहरित बालकका बाबुका बाल्यकालदेखिका साथी हुन्। 

क्षेत्रपाटी पकनाजोलस्थित सरस्वती बोर्डिङ स्कुलको गेटबाट राजुले बालक विवेकलाई अपहरण गरेर काँडाघारीस्थित एक घरमा राखेका थिए। प्रहरीका अनुसार मनग्गे पैसा असुल्ने उद्देश्यले अपहरणको योजना बनाएका राजुले मन्थलीबाट विष्णुलाई पैसा कमाउने काम भएको आश्वासन दिएर काठमाडौं बोलाएका थिए।

अपहरणको तीन दिनअघिमात्रै राजुले अनलाइन बजारबाट मोटरसाइकल भाडामा लिएका थिए। भाडाको मोटरसाइकलमा राखेर राजु विवेकलाई लिन  बोर्डिङमै पुगेका थिए। विवेकलाई बिचमा राखेर उनीहरूले काँडाघारीस्थित विष्णुको दिदीको डेरामा पुर्‍याएका थिए विष्णुले बच्चा आफ्नो साथीको छोरा भएको र उसको बाबु बिरामी परेकाले केही दिन राखिदिन अनुरोध गरेका थिए।

बच्चा लुकाएलगत्तै साथी विजयलाई भेट्न घरमै पुगेका थिए राजु। छोरा अपहरणमा परेको चिन्तामा बेहोस भएका विजयलाई उनले नै अस्पताल पुर्याए । अपहरणकारी राजुले भोलिपल्ट बालक पढ्ने स्कुलमा पुगी लापरबाही गरेको भनी झगडासमेत गर्न भ्याए।

त्यसैको भोलिपल्ट भने उनले फोनमार्फत पचास लाख रुपैयाँ दिए मात्र बच्चालाई अपहरणमुक्त गर्न सकिने भन्दै बार्गेनिङ गरेका थिए। अपहरणकारी  राजुले आफ्नाभिनाजुले प्रयोग गरेर थन्क्याइरहेको सिम मागेर त्यसैबाट विजयसँग सम्पर्क गरेको थियो।

प्रहरीले विद्यालयको गेटबाहिर र भित्र रहेको सीसीटीभी फुटेजका आधारमा अपहरणकारी बच्चासँग नजिकको मान्छे रहेको निष्कर्ष निकालेको थियो। त्यसैको आधारमा प्रहरीले राजुमाथि शंकाको सुई घुमाएको थियो। प्रहरीले चौतर्फी निगरानी बढाएपछि अपहरणकारीहरू सोमबार काठमाडौं छोडेर भागे। सोही बिहान ४ बजे बालक काँडाघारीबाट सकुशल उद्धार गरिए।

अपहरणकारी राजु र विवेकका बाबु एक कक्षादेखिका साथी हुन्। उनीहरूबीच यति नजिकको सम्बन्ध थियो कि एकअर्काका गोप्य कुरासमेत थाहा थियो। अपहरणकारी सार्वजनिक गरिनुअघि नजिकको चिनेजानेको भएको र राजु हुनसक्ने प्रहरीको शंकालाई विजयले पत्याएका थिएनन्। -कान्तिपुर दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चले धनुषा–१ को निर्वाचन विवादमा आयोगलाई छलफलमा झिकायो निर्वाचन प्रहरीको बिहीबार बिदाइ गरिने गोरखा-१ मा रास्वपाका सुधन गुरुङ विजयी श्रीमती हत्याको आरोपमा श्रीमान् पक्राउ इलाम १ मा कांग्रेसका निश्कल राई विजयी माछा मार्ने क्रममा खोलामा डुबेर एक युवकको मृत्यु १६१ स्थानको मतगणना सार्वजनिक, १२४ क्षेत्रमा रास्वपा विजयी गण्डकी र लुम्बिनीसहित विभिन्न प्रदेशमा वर्षा र हिमपात रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्धको रिटमा सुनुवाइ हुँदै बालेन्द्र शाहले निर्वाचन आयोगमा चुनावी खर्च विवरण बुझाए, खर्च १४ लाख १७ हजार मात्रै  समानुपातिकतर्फको मतगणनामा रास्वपाको ४१ लाख ५१ हजार २५७ मत प्राप्त बूढानीलकण्ठमा एक जना मृतावस्थामा फेला दाउन्ने क्षेत्रमा सडक चिप्लो हुँदा बुटवल–नारायणगढ सडक खण्ड अवरुद्ध शेयर बजारमा दोस्रो सर्किट ब्रेक, ४० मिनेटलाई कारोबार बन्द समानुपातिकतर्फको ८३ लाख ८२ हजार ९८४ मत गणना, रास्वपाको ४० लाख ५० हजार ७५३ मत प्राप्त कारोबारको सुरुवातमै नेप्सेमा सकारात्मक सर्किट गोरखा १ मा सुदन गुरुङको जित निश्चित सुनचाँदीको मूल्यमा गिरावट १५६ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक, १२० रास्वपाका उम्मेदवार विजयी समानुपातिकतर्फ रास्वपाले २२ लाख मत कटायो