भदौ ७, काठमाडौँ  । चौथोपटक मन्त्री थपिँदा शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषद् ५० सदस्यीय भएको छ । 

३५ सदस्यीय मन्त्रिपरिषद्मा मंगलब"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

भदौ ७, काठमाडौँ  । चौथोपटक मन्त्री थपिँदा शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषद् ५० सदस्यीय भएको छ । 

३५ सदस्यीय मन्त्रिपरिषद्मा मंगलब"/>

६ कार्तिक २०८१, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गणतन्त्रपछिकै ठूलो मन्त्रिपरिषद्: ५० जना मन्त्री

७ भाद्र २०७४, बुधबार ०१:२८


भदौ ७, काठमाडौँ  । चौथोपटक मन्त्री थपिँदा शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषद् ५० सदस्यीय भएको छ । 

३५ सदस्यीय मन्त्रिपरिषद्मा मंगलबार कांग्रेस र फोरम लोकतान्त्रिकबाट १५ राज्यमन्त्री थपिएका हुन् । मन्त्रिपरिषद्मा २६ मन्त्री र २३ राज्यमन्त्री छन् । कांग्रेस, माओवादी र फोरम लोकतान्त्रिकबाट एक–एकजना उपप्रधानसहित मन्त्री बनेका छन् । 

देउवाले २३ जेठमा निर्वाचित भएपछि शपथ लिएकै दिन २४ जेठमा सात मन्त्री चयन गरेका थिए । १५ असारमा स्थानीय तहको दोस्रो चरणको निर्वाचनको बहानामा देउवाले दोस्रोपटक सरकार विस्तार गर्न ४९ दिन लगाएका थिए । ११ साउनमा सरकार विस्तार हुँदा १९ मन्त्री थपिएका थिए । तीन दिनअघि माओवादी केन्द्रबाट आठ राज्यमन्त्री थपिएका थिए । मंगलबार चौथोपटकमा कांग्रेस र लोकतान्त्रिक फोरमबाट राज्यमन्त्री थपिएका हुन् ।

रेकर्ड देउवाकै नाममा ०५२ सालमा ५२ मन्त्री

यसअघि ०५२ मा शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषद् ५२ सदस्यीय थियो । २२ वर्षपछि आफ्नै नेतृत्वमा सरकार गठन गर्दा देउवा पुरानो रेकर्डनजिक पुगेका छन् । प्रधानमन्त्रीसँग बाँकी भएका चार मन्त्रालयमा मन्त्री र राज्यमन्त्री थपिँदा देउवाले आफ्नै रेकर्ड तोड्नेछन्।

०६२-६३ को दोस्रो जनआन्दोलनपछि र गणतन्त्र आएपछि बनेका सरकारमध्ये अहिलेको ५० सदस्यीय मन्त्रिपरिषद् सबैभन्दा ठूलो आकारको छ । बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा मन्त्रिपरिषद् ४९ सदस्यीय र माधव नेपाल प्रधानमन्त्री हुँदा ४८ सदस्यीय थियो ।

प्रधानमन्त्रीसँग अझै शान्ति तथा पुनर्निर्माण, वन, उद्योग र विज्ञान तथा प्रविधि मन्त्रालय बाँकी छन् । यी मन्त्रालयमा पनि मन्त्री थपिँदा मन्त्रिपरिषद्को आकार ५४ पुग्नेछ । यस्तो अवस्थामा सरकार इतिहासकै ठूलो आकारको हुनेछ ।

यी हुन् मंगलबार थपिएका १५ राज्यमन्त्री

कांग्रेसबाट बनेका राज्यमन्त्री 

१. सीता गुरुङ (भौतिक पूर्वाधार तथा यातायात)

२. सरिता प्रसाईं (कृषि विकास)

३. शेषनाथ अधिकारी (शिक्षा)

४. नरबहादुर चन्द (वाणिज्य)

५. अब्दुल रज्जाक (खानेपानी)

६. तप्तबहादुर विष्ट (सूचना तथा सञ्चार)

७. अमरसिंह पुन (सिँचाइ)

८. दिलमान पाख्रिन (कानुन, न्याय तथा संसदीय मामिला)

९. उदयशमशेर राणा (अर्थ)

१०. डिल्लीबहादुर चौधरी (श्रम तथा रोजगार)

११. तेजुलाल चौधरी (युवा तथा खेलकुद)

१२. चम्पादेवी खड्का (सहकारी तथा गरिबी निवारण)

फोरम लोकतान्त्रिकबाट

१३. जनकराज चौधरी (संघीय मामिला तथा स्थानीय विकास),

१४. सुमित्रा थरुनी (संस्कृति, पर्यटन तथा नागरिक उडड्यन)

१५. यशोदाकुमारी लामा (भूमिसुधार तथा व्यवस्था) राज्यमन्त्री बनेका छन् ।

प्रधानमन्त्री देउवाले मंगलबार नै राज्यमन्त्रीहरूलाई प्रधानमन्त्री कार्यालय सिंहदरबारमा पद तथा गोपनीयताको शपथग्रहण गराए । शपथपछि देउवाले मन्त्रीहरूलाई सहयोग पुग्ने गरी काम गर्न राज्यमन्त्रीहरूलाई निर्देशन दिए । -नयाँ पत्रिका दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बयानका लागि रविलाई सरकारी वकिल कार्यालय कास्कीमा उपस्थित गराइयाे रवि लामिछाने पक्राउ परेपछि ओली र लेखकलाई प्रवासी नेपाली मञ्चको धन्यवाद रवि लामिछाने पक्राउ: यस्तो छ अबको कानुनी प्रक्रिया र सम्भावित सजाय रास्वपा सांसदहरुविरुद्ध प्रहरीमा जाहेरी सरकारविरुद्ध माओवादीले प्रदर्शन गर्ने १० कारण(सुचिसहित) ११ वर्षीया छात्रालाई ठक्कर दिएर ज्यान लिने बसमा आगजनी आफ्नै १४ वर्षीय छोरीलाई पटक पटक बलात्कार गर्दै आएका बाबु पक्राउ मलाई तानाशाह भन्दा पनि जवाफ दिएको छैन, स्टन्ट गर्नुछैन धनराज गुरूङकी पूर्वपत्नी ज्योतिसहित दुई जनाविरूद्ध ‘रेड नोटिस’ जारी गर्न इन्टरपोलमा पत्राचार भाले ठुलो स्वरमा बासेको भन्दै छिमेकीविरुद्ध मुद्दा सुनचाँदीको मूल्यमा लगातार नयाँ रेकर्ड, तोलाको कति? दक्षिण कोरिया र मलेसियासँग श्रम सम्झौता नवीकरण गर्ने सरकारको तयारी ओली सरकारको १०० दिन पूराः कामभन्दा विवाद बढी मेची महाकाली राष्ट्रिय उद्धार यात्रा :४० जना सडक आश्रित मानिसहरुको उद्धार यस्तो छ मंगलबारको विदेशी मुद्राको विनिमय दर मलाई कुनै प्रतिशोधको राजनीति गर्नु छैन : प्रधानमन्त्री ओली बढ्यो चिसो : पहाडमा वर्षा र हिमालमा हिमपातको सम्भावना माल्दिभ्सविरुद्ध नेपाललाई सुरुवाती अग्रता, प्रिति राईले गरिन् गोल भुटानी शरणार्थी काण्ड खोतलेपछि सरकार ढालियो : प्रचण्ड देउवाले रोके दल विभाजनसम्बन्धी अध्यादेश