भदौ ७, काठमाडौँ  । चौथोपटक मन्त्री थपिँदा शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषद् ५० सदस्यीय भएको छ । 

३५ सदस्यीय मन्त्रिपरिषद्मा मंगलब"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

भदौ ७, काठमाडौँ  । चौथोपटक मन्त्री थपिँदा शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषद् ५० सदस्यीय भएको छ । 

३५ सदस्यीय मन्त्रिपरिषद्मा मंगलब"/>

२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गणतन्त्रपछिकै ठूलो मन्त्रिपरिषद्: ५० जना मन्त्री

२०७४, ७ भाद्र बुधबार ०१:२८


भदौ ७, काठमाडौँ  । चौथोपटक मन्त्री थपिँदा शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषद् ५० सदस्यीय भएको छ । 

३५ सदस्यीय मन्त्रिपरिषद्मा मंगलबार कांग्रेस र फोरम लोकतान्त्रिकबाट १५ राज्यमन्त्री थपिएका हुन् । मन्त्रिपरिषद्मा २६ मन्त्री र २३ राज्यमन्त्री छन् । कांग्रेस, माओवादी र फोरम लोकतान्त्रिकबाट एक–एकजना उपप्रधानसहित मन्त्री बनेका छन् । 

देउवाले २३ जेठमा निर्वाचित भएपछि शपथ लिएकै दिन २४ जेठमा सात मन्त्री चयन गरेका थिए । १५ असारमा स्थानीय तहको दोस्रो चरणको निर्वाचनको बहानामा देउवाले दोस्रोपटक सरकार विस्तार गर्न ४९ दिन लगाएका थिए । ११ साउनमा सरकार विस्तार हुँदा १९ मन्त्री थपिएका थिए । तीन दिनअघि माओवादी केन्द्रबाट आठ राज्यमन्त्री थपिएका थिए । मंगलबार चौथोपटकमा कांग्रेस र लोकतान्त्रिक फोरमबाट राज्यमन्त्री थपिएका हुन् ।

रेकर्ड देउवाकै नाममा ०५२ सालमा ५२ मन्त्री

यसअघि ०५२ मा शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषद् ५२ सदस्यीय थियो । २२ वर्षपछि आफ्नै नेतृत्वमा सरकार गठन गर्दा देउवा पुरानो रेकर्डनजिक पुगेका छन् । प्रधानमन्त्रीसँग बाँकी भएका चार मन्त्रालयमा मन्त्री र राज्यमन्त्री थपिँदा देउवाले आफ्नै रेकर्ड तोड्नेछन्।

०६२-६३ को दोस्रो जनआन्दोलनपछि र गणतन्त्र आएपछि बनेका सरकारमध्ये अहिलेको ५० सदस्यीय मन्त्रिपरिषद् सबैभन्दा ठूलो आकारको छ । बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा मन्त्रिपरिषद् ४९ सदस्यीय र माधव नेपाल प्रधानमन्त्री हुँदा ४८ सदस्यीय थियो ।

प्रधानमन्त्रीसँग अझै शान्ति तथा पुनर्निर्माण, वन, उद्योग र विज्ञान तथा प्रविधि मन्त्रालय बाँकी छन् । यी मन्त्रालयमा पनि मन्त्री थपिँदा मन्त्रिपरिषद्को आकार ५४ पुग्नेछ । यस्तो अवस्थामा सरकार इतिहासकै ठूलो आकारको हुनेछ ।

यी हुन् मंगलबार थपिएका १५ राज्यमन्त्री

कांग्रेसबाट बनेका राज्यमन्त्री 

१. सीता गुरुङ (भौतिक पूर्वाधार तथा यातायात)

२. सरिता प्रसाईं (कृषि विकास)

३. शेषनाथ अधिकारी (शिक्षा)

४. नरबहादुर चन्द (वाणिज्य)

५. अब्दुल रज्जाक (खानेपानी)

६. तप्तबहादुर विष्ट (सूचना तथा सञ्चार)

७. अमरसिंह पुन (सिँचाइ)

८. दिलमान पाख्रिन (कानुन, न्याय तथा संसदीय मामिला)

९. उदयशमशेर राणा (अर्थ)

१०. डिल्लीबहादुर चौधरी (श्रम तथा रोजगार)

११. तेजुलाल चौधरी (युवा तथा खेलकुद)

१२. चम्पादेवी खड्का (सहकारी तथा गरिबी निवारण)

फोरम लोकतान्त्रिकबाट

१३. जनकराज चौधरी (संघीय मामिला तथा स्थानीय विकास),

१४. सुमित्रा थरुनी (संस्कृति, पर्यटन तथा नागरिक उडड्यन)

१५. यशोदाकुमारी लामा (भूमिसुधार तथा व्यवस्था) राज्यमन्त्री बनेका छन् ।

प्रधानमन्त्री देउवाले मंगलबार नै राज्यमन्त्रीहरूलाई प्रधानमन्त्री कार्यालय सिंहदरबारमा पद तथा गोपनीयताको शपथग्रहण गराए । शपथपछि देउवाले मन्त्रीहरूलाई सहयोग पुग्ने गरी काम गर्न राज्यमन्त्रीहरूलाई निर्देशन दिए । -नयाँ पत्रिका दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ?