भदौ १५, काठमाडौं | बुधबार मध्यराति काठमाडौं उपत्यका सहित देशका धेरै ठाउँमा निकै ठूलो चट्याङ परेको छ । सुतिरहेको बेला ठूलो आवाजसहित चट्याङ पर्दा धेरैजना आत्तिएर उठेका थि"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ १५, काठमाडौं | बुधबार मध्यराति काठमाडौं उपत्यका सहित देशका धेरै ठाउँमा निकै ठूलो चट्याङ परेको छ । सुतिरहेको बेला ठूलो आवाजसहित चट्याङ पर्दा धेरैजना आत्तिएर उठेका थि"/>
११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आज मध्यराती सबैलाई तर्साउनेगरी चट्याङ पर्नुको कारण के ?

१५ भाद्र २०७४, बिहीबार ०६:१२

भदौ १५, काठमाडौं | बुधबार मध्यराति काठमाडौं उपत्यका सहित देशका धेरै ठाउँमा निकै ठूलो चट्याङ परेको छ । सुतिरहेको बेला ठूलो आवाजसहित चट्याङ पर्दा धेरैजना आत्तिएर उठेका थिए ।  

मनसुनको बेला यसरी ठूलो चट्याङ पर्ने घटना कम मात्रै हुने गर्छ । कसैकसैले त बुधबार रातिको चट्याङ निकै डरलाग्दो भएको बताएका छन् । मौसमविदका अनुसार कमजोर देखिएको मनसुन सक्रिय भएकाले चट्याङ परेको हो । 

मनसुन कमजोर हुँदा पानी कम परेपछि जमिन तात्ने र फेरि सक्रिय हुँदा तातेको जमिनबाट निस्किएको जलवाष्पयुक्त हावा प्रशस्त मात्रामा शक्ति लिएर वायुमण्डलमा धेरै माथि पुग्ने र त्यसलाई सहयोग गर्ने अरु जलवाष्पयुक्त हावा एक आपसमा ठोक्किँदा चट्याङ पर्ने मौसमविद् सुवास रिमालले बताउनुभयो । 

उहाँका अनुसार मनसुन सकिन लाग्दा यस्तो हुनु स्वभाविक हो । मध्य मनसुनमा स्थानीय स्तरमा बादल बन्ने क्रम कम हुने भएपनि मनसुनको अन्त्यतिर स्थानीय स्तरमा बनेको बादलको प्रभावले पनि चट्याङ पर्ने उहाँले जानकारी दिनुभयो । 

उहाँका अनुसार अबको केही दिन बुधबार रातिको जस्तो ठूलो गर्जन नभएपनि मेघगर्जन सहित पानी पर्नेछ । सामान्यतया नेपालमा जुन १० देखि सेप्टेम्बर २३ तारिखसम्म मनसुन सक्रिय रहन्छ । अब झण्डै एक महिना मात्र मनसुनी समय रहेकाले मनसुन सक्रिय हुँदै कमजोर हुने मौसमविद्ले अनुमान गरेका छन् । मनसुन कमजोर हुँदै सक्रिय हुँदा मेघगर्जन सहित पानी पर्ने मौसमविद् सुवास रिमालले बताउनुभयो । 

- उज्यालो अनलाइनबाट 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह