भदौ १७, काठमाडौं । दार्जिलिङसहित क्षेत्रमा बेग्लै गोर्खाल्यान्ड राज्य माग गर्दै जारी आन्दोलन क्रममा प्रहरीको गोलीबाट थप दुई जनाको मृत्यु भएको छ ।

"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

भदौ १७, काठमाडौं । दार्जिलिङसहित क्षेत्रमा बेग्लै गोर्खाल्यान्ड राज्य माग गर्दै जारी आन्दोलन क्रममा प्रहरीको गोलीबाट थप दुई जनाको मृत्यु भएको छ ।

"/>

११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दार्जिलिङमा फेरि हिंशा भड्कियो, थप दुईको मृत्यु

१७ भाद्र २०७४, शनिबार ०१:४६


भदौ १७, काठमाडौं । दार्जिलिङसहित क्षेत्रमा बेग्लै गोर्खाल्यान्ड राज्य माग गर्दै जारी आन्दोलन क्रममा प्रहरीको गोलीबाट थप दुई जनाको मृत्यु भएको छ ।

गोर्खा जनमुक्ति मोर्चाको केन्द्रीय कार्यसमिति बैठकबाट फर्कंदै गरेका मोर्चाका नेता दावा भुटियाको शुक्रबार तकबरको सिंग्ला प्रहरीको गोलीबाट मृत्यु भएको हो । 

प्रहरीले तीन केन्द्रीय सदस्यसहित १२ जनालाई पक्राउ गरेको मोर्चाले जनाएको छ । प्रहरीले केन्द्रीय सदस्य सिलगुडीका शंकर अधिकारी, दार्जिलिङकी सावित्री राईसहित नेतालाई पक्राउ गरेको हो ।

यता, बिहीबार राति प्रहरीको कुटाइबाट गोर्खा जनमुक्ति मोर्चाकी कार्यकर्ता रोमाना राईको दार्जिलिङमा मृत्यु भएको छ । मोर्चाका सहसचिव विनय तामाङले शुक्रबारबाट बन्द खुल्ने घोषणा गरेपछि बिहीबार साँझ निस्केको जुलुसमा प्रहरीले लाठीचार्ज गर्ने क्रममा राईको मृत्यु भएको मोर्चा नेत्री निरा शर्माले जानकारी दिइन् । आन्दोलनकारीमाथि बंगाल प्रहरीले अन्धाधुन्ध लाठी प्रहार गरेको मोर्चाले आरोप लगाएको छ ।

प्रहरीको कुटाइले टाउकोमा गम्भीर चोट लागेकी राईको राति ११ बजे मृत्यु भएको थियो । गोर्खाल्यान्ड प्राप्तिका लागि जारी ७९ दिन लामो आमहडताल क्रममा १२ जनाको मृत्यु भइसकेको छ । -अन्नपूर्ण पोस्ट दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह