भदौ १७, काठमाडौं । दार्जिलिङसहित क्षेत्रमा बेग्लै गोर्खाल्यान्ड राज्य माग गर्दै जारी आन्दोलन क्रममा प्रहरीको गोलीबाट थप दुई जनाको मृत्यु भएको छ ।

"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

भदौ १७, काठमाडौं । दार्जिलिङसहित क्षेत्रमा बेग्लै गोर्खाल्यान्ड राज्य माग गर्दै जारी आन्दोलन क्रममा प्रहरीको गोलीबाट थप दुई जनाको मृत्यु भएको छ ।

"/>

२०८२, १८ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दार्जिलिङमा फेरि हिंशा भड्कियो, थप दुईको मृत्यु

२०७४, १७ भाद्र शनिबार ०१:४६


भदौ १७, काठमाडौं । दार्जिलिङसहित क्षेत्रमा बेग्लै गोर्खाल्यान्ड राज्य माग गर्दै जारी आन्दोलन क्रममा प्रहरीको गोलीबाट थप दुई जनाको मृत्यु भएको छ ।

गोर्खा जनमुक्ति मोर्चाको केन्द्रीय कार्यसमिति बैठकबाट फर्कंदै गरेका मोर्चाका नेता दावा भुटियाको शुक्रबार तकबरको सिंग्ला प्रहरीको गोलीबाट मृत्यु भएको हो । 

प्रहरीले तीन केन्द्रीय सदस्यसहित १२ जनालाई पक्राउ गरेको मोर्चाले जनाएको छ । प्रहरीले केन्द्रीय सदस्य सिलगुडीका शंकर अधिकारी, दार्जिलिङकी सावित्री राईसहित नेतालाई पक्राउ गरेको हो ।

यता, बिहीबार राति प्रहरीको कुटाइबाट गोर्खा जनमुक्ति मोर्चाकी कार्यकर्ता रोमाना राईको दार्जिलिङमा मृत्यु भएको छ । मोर्चाका सहसचिव विनय तामाङले शुक्रबारबाट बन्द खुल्ने घोषणा गरेपछि बिहीबार साँझ निस्केको जुलुसमा प्रहरीले लाठीचार्ज गर्ने क्रममा राईको मृत्यु भएको मोर्चा नेत्री निरा शर्माले जानकारी दिइन् । आन्दोलनकारीमाथि बंगाल प्रहरीले अन्धाधुन्ध लाठी प्रहार गरेको मोर्चाले आरोप लगाएको छ ।

प्रहरीको कुटाइले टाउकोमा गम्भीर चोट लागेकी राईको राति ११ बजे मृत्यु भएको थियो । गोर्खाल्यान्ड प्राप्तिका लागि जारी ७९ दिन लामो आमहडताल क्रममा १२ जनाको मृत्यु भइसकेको छ । -अन्नपूर्ण पोस्ट दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रतिनिधि सभाको सभामुख निर्वाचन चैत २२ गते हुने एसइईको रिजल्ट एक महिनाभित्रै निकाल्ने दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालकको मृत्यु सिंहदरबारमा सर्वदलीय बैठक जारी कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सुरु गृहमन्त्री गुरुङले गरे प्रहरी परिसर काठमाडौँको अवलोकन महाकालीमा नुहाउने क्रममा बगेर एकजना बेपत्ता यातायात कार्यालयबाट १६ बिचौलिया पक्राउ तोलामा ७४ सयले बढ्यो सुनको मूल्य, कतिमा भइरहेछ कारोवार ? विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी