१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बरामद सुनको कमिसनबारे प्रहरीभित्र विवाद

२१ भाद्र २०७४, बुधबार ०२:१७

भदौ २१, काठमाडौं । बरामद सुनको कमिसनको विषयलाई लिएर प्रहरीबीच विवाद सुरु भएको छ । 

वरिष्ठ प्रहरी अधिकारीले प्रतिवेदकमा थोरै व्यक्तिको मात्र नाम राखेपछि अपराध महाशाखाका प्रहरीबीच विवाद देखिएको हो । महाशाखाका एसपी नरेन्द्र उप्रेतीले थोरै व्यक्तिको मात्र नाम प्रतिवेदकमा राखेपछि विवाद भएको स्रोत बताउँछ । पछि एसएसपी दिवेश लोहनीले महाशाखामा कार्यरत अन्य प्रहरीको पनि नाम थपेर पठाएका थिए । प्रहरी र सुराकी दिनेले १० लाख रुपैयाँसम्म कमिसन पाउँछन् ।

यसैबीच ८८ केजी सुन तस्करीमा संलग्न भएको आरोपमा प्रहरीले मंगलबार थप तीन व्यक्तिलाई पक्राउ गरेको छ । रसुवाबाट दाम्पा तामाङ र दिलीप खड्का पक्राउ परेका हुन् । त्यस्तै, महानगरीय अपराध महाशाखाले शेर्पा थरका एक व्यक्तिलाई पक्राउ गरेको छ । 

उनी फरार रहेका चिनियाँ नागरिक जिया क्विङका साथी हुन् । क्विङको ठमेलमा दुईवटा होटेल छ । रसुवामा पक्राउ परेका दुवै गाडीचालक हुन् । उनीहरूलाई पक्राउ गरी काठमाडौं पठाइएको रसुवाका डिएसपी शरद थापाले बताए ।

लामो समयदेखि नेपालमा बिजनेस भिसामा बस्दै आएका चिनियाँ नागरिक भने परिवारसहित नै फरार भएका छन् । तस्करीको व्यवस्थापन उनले गरे पनि सो सुनमा धेरै व्यक्तिको लगानी रहेको स्रोत बताउँछ । 

काठमाडौंका केही सुनपसलेदेखि भारतीय व्यापारीहरूको समेत संलग्नता रहेको अनुसन्धानमा आबद्ध प्रहरी अधिकारीहरू बताउँछन् । -नयाँ पत्रिका दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह