१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

करोडौंको सुन समातिँदा पनि किन टाट पल्टिँदैनन् तस्कर ?

२२ भाद्र २०७४, बिहीबार ०१:३७

भदौ २२, काठमाडौं । महानगरीय प्रहरी अपराध महाशाखाले बरामद गरेको ८८ किलो सुनको मूल्य बुधबार अन्तर्राष्ट्रिय बजारमा ४४ करोड रुपैयाँ छ । नेपालको भन्सार दर १० ग्रामबराबर ४ हजार २ सय रुपैयाँ हो । यसका आधारमा भन्सार छलेर सुन नेपाल भित्र्याउँदा किलोमा करिब ४ लाख रुपैयाँ फाइदा हुन्छ। 

८८ किलो बजारमा फैलाउँदा करिब ४ करोड रुपैयाँ फाइदा निकाल्छन् तस्करले। यही सुन भारत पुग्दा दोब्बर फाइदा हुन्छ। प्रहरीले ८८ किलो बरामद गर्दा तस्करीमा लगानी गर्नेको ४४ करोड रुपैयाँ डुबेको छ। मुद्दा प्रक्रिया टुंगिएपछि यो सुन राज्यकोषमा दाखिला हुनेछ। तर, रोचक पक्ष के हो भने प्रहरीले पटकपटक करोडौं मूल्यबराबरको सुन बरामद गर्दै आए पनि सुनका मुख्य लगानीकर्ता कहिल्यै खुल्दैनन्। व्यापारी वृत्तमै तस्करीको सुन बरामद हुँदा लगानीकर्ता टाट पल्टेको चर्चा हुँदैन। आखिर किन?

सुन तस्करीबारे जानकार स्रोतका अनुसार एकै व्यक्तिले लगानी गर्दा उच्च जोखिम हुने भएकाले तस्करीको सुनमा सामूहिक लगानी हुने गरेको छ। जसका कारण प्रहरीले ठूलो परिमाणको सुन बरामद गर्दासमेत तस्करीमा लगानी गर्नेले ठूलो क्षति बेहोर्दैनन्।

नेपालमा भइरहेको सुन तस्करीबारे अध्ययन गरिरहेको स्रोतका अनुसार तस्करीको सुनका लागि न्यूनतम ५ समूहको लगानी हुन्छ। जसले गर्दा सुरक्षा निकायले सुन बरामद गर्दासमेत उनीहरुलाई ठूलो आर्थिक भार बेहोर्न नपरेको हो। -नागरिक दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह