२०८२, १८ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दोब्बर मूल्‍य असुल्‍ने दरबारमार्गका थप चार स्टोरमा सिलबन्दी

२०७४, २२ भाद्र बिहीबार ०२:२५

भदौ २२, काठमाडौं । खरिद मूल्यमा उच्च मुनाफा जोडेर उपभोक्ताबाट झन्डै दोब्बर मूल्य असुल गरेको अभियोगमा आपूर्ति विभागले बुधबार दरबारमार्गस्थित अन्तर्राष्ट्रिय स्तरको प्रख्यात ब्राण्डका चारवटा सोरुममा सिलबन्दी गरेको छ । 

यसअघि गत सोमबार दरबारमार्गकै अन्तर्राष्ट्रिय ब्राण्डका आठवटा शोरुममा छापा मारी शोरुममा शिलवन्दी गरिएको थियो। आपूर्ति विभागमा महानिर्देशक कुमारप्रसाद दाहालकाअनुसार रिवुक ब्राण्डको जुत्ता, टिसर्ट र लिवाइज ब्राण्डको जिन्सको पाइन्ट बिक्री गर्ने दरबारमार्गको लेबल्स स्टोर प्रालि, बोसनी ब्राण्डको टिसर्ट बिक्री गर्ने लाइन्स स्टाइल इन्टरप्राइजेज प्रालि, राडो ब्राण्डको घडी बिक्री गर्ने सुलक्स सेन्टर तथा अर्को घडी स्टोर वाच एण्ड सि भन्ने शोरुममा अनुगमन टोलीले शिलवन्दी गरेको हो।

‘खरिद मूल्यभन्दा दुई दोब्बरभन्दा बढी मुनाफा राखेर लत्ताकपडा, जुत्ता र घडी बिक्री गरेकाले शिलवन्दी गरेका छौं,’ दाहालले भने, ‘सरकारले खरिद मूल्यमा २० प्रतिशत रकम थप गरेर मात्रै मुनाफा लिने व्यवस्था गरेको छ।तर व्यापारीले अन्तर्राष्ट्रिय ब्राण्डको नाममा अढाई दोब्बर मूल्य असुल गरेको पाइयो।’

विभागकाअनुसार भ्याटसहित पाँच हजार २५ रुपैयाँ खरिद मूल्य रहेको लिवाइज ब्राण्डको पाइन्टलाई लेबल्सले नौं हजार सात सय ९० रुपैयाँमा उपभोक्तालाई बिक्री गरेको अनुगमनको क्रममा भेटिएको हो। सोही शोरुमले बिक्री गर्ने भ्याटसहितको तीन हजार पाँच सय ७० रुपैयाँ खरिद मूल्य भएको लिवाइज पाइन्टलाई सात हजार ६ सय ९९ मा बिक्री गर्ने गरेको फेला पारिएको छ।

रिबुक ब्राण्डको जुत्ता र टिर्सटको कारोबार गर्ने लेबल्सले नै दसैं तिहारको अवसर ३० प्रतिशत छुटको नाममा एक हजार सात सय ५४ रुपैयाँ बिक्री मूल्य भएको रिबुक ब्राण्डको टिसर्टलाई ३० प्रतिशत छुट दिएर दुई हजार ६ सय ५० रुपैयाँमा बिक्री गरेको भेटिएको थियो। -अन्नपूर्ण पोष्ट दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी प्रतिनिधि सभाको सभामुख निर्वाचन चैत २२ गते हुने एसइईको रिजल्ट एक महिनाभित्रै निकाल्ने दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालकको मृत्यु सिंहदरबारमा सर्वदलीय बैठक जारी कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सुरु गृहमन्त्री गुरुङले गरे प्रहरी परिसर काठमाडौँको अवलोकन महाकालीमा नुहाउने क्रममा बगेर एकजना बेपत्ता यातायात कार्यालयबाट १६ बिचौलिया पक्राउ तोलामा ७४ सयले बढ्यो सुनको मूल्य, कतिमा भइरहेछ कारोवार ? विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल