१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दोब्बर मूल्‍य असुल्‍ने दरबारमार्गका थप चार स्टोरमा सिलबन्दी

२२ भाद्र २०७४, बिहीबार ०२:२५

भदौ २२, काठमाडौं । खरिद मूल्यमा उच्च मुनाफा जोडेर उपभोक्ताबाट झन्डै दोब्बर मूल्य असुल गरेको अभियोगमा आपूर्ति विभागले बुधबार दरबारमार्गस्थित अन्तर्राष्ट्रिय स्तरको प्रख्यात ब्राण्डका चारवटा सोरुममा सिलबन्दी गरेको छ । 

यसअघि गत सोमबार दरबारमार्गकै अन्तर्राष्ट्रिय ब्राण्डका आठवटा शोरुममा छापा मारी शोरुममा शिलवन्दी गरिएको थियो। आपूर्ति विभागमा महानिर्देशक कुमारप्रसाद दाहालकाअनुसार रिवुक ब्राण्डको जुत्ता, टिसर्ट र लिवाइज ब्राण्डको जिन्सको पाइन्ट बिक्री गर्ने दरबारमार्गको लेबल्स स्टोर प्रालि, बोसनी ब्राण्डको टिसर्ट बिक्री गर्ने लाइन्स स्टाइल इन्टरप्राइजेज प्रालि, राडो ब्राण्डको घडी बिक्री गर्ने सुलक्स सेन्टर तथा अर्को घडी स्टोर वाच एण्ड सि भन्ने शोरुममा अनुगमन टोलीले शिलवन्दी गरेको हो।

‘खरिद मूल्यभन्दा दुई दोब्बरभन्दा बढी मुनाफा राखेर लत्ताकपडा, जुत्ता र घडी बिक्री गरेकाले शिलवन्दी गरेका छौं,’ दाहालले भने, ‘सरकारले खरिद मूल्यमा २० प्रतिशत रकम थप गरेर मात्रै मुनाफा लिने व्यवस्था गरेको छ।तर व्यापारीले अन्तर्राष्ट्रिय ब्राण्डको नाममा अढाई दोब्बर मूल्य असुल गरेको पाइयो।’

विभागकाअनुसार भ्याटसहित पाँच हजार २५ रुपैयाँ खरिद मूल्य रहेको लिवाइज ब्राण्डको पाइन्टलाई लेबल्सले नौं हजार सात सय ९० रुपैयाँमा उपभोक्तालाई बिक्री गरेको अनुगमनको क्रममा भेटिएको हो। सोही शोरुमले बिक्री गर्ने भ्याटसहितको तीन हजार पाँच सय ७० रुपैयाँ खरिद मूल्य भएको लिवाइज पाइन्टलाई सात हजार ६ सय ९९ मा बिक्री गर्ने गरेको फेला पारिएको छ।

रिबुक ब्राण्डको जुत्ता र टिर्सटको कारोबार गर्ने लेबल्सले नै दसैं तिहारको अवसर ३० प्रतिशत छुटको नाममा एक हजार सात सय ५४ रुपैयाँ बिक्री मूल्य भएको रिबुक ब्राण्डको टिसर्टलाई ३० प्रतिशत छुट दिएर दुई हजार ६ सय ५० रुपैयाँमा बिक्री गरेको भेटिएको थियो। -अन्नपूर्ण पोष्ट दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह