१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मृत्यु भएका व्यक्तिको पासपोर्टमा १५ वर्ष अमेरिका

२५ भाद्र २०७४, आईतवार ०१:२४

भदौ २५, काठमाडौं । मृत्यु भएका व्यक्तिको पासपोर्टमा एक नेपाली दम्पती १५ वर्ष अमेरिका बस्न सफल भए । तर, सक्कली पासपोर्ट प्रयोग गर्नेक्रममा उनीहरु प्रहरी फन्दामा परेका छन्। 

सोलुखुम्बुका लाक्पा शेर्पा र उनकी श्रीमती थाक्पाको कथा हो, यो। १५ वर्ष अमेरिका बसेर लाक्पा र थोक्पा दुई महिनाअघि नेपाल फर्किए। यस अवधिमा उनीहरुलाई अमेरिकामा धेरैले पेम्बा र याङजी भनेर चिन्थे। दुवैले आफ्नो नाम पनि पेम्बा र याङजी भएको बताउने गरेका थिए। पासपोर्ट पनि त्यही नाममा थियो।

पासपोर्टको अवधि सकिएपछि पनि सोही नाममा नयाँ पासपोर्ट बनाए। तर, एउटा औंठाछापले १५ वर्षअघिको उनीहरुको अपराध अहिले आएर बाहिर आएको छ। हाल दुवै हिरासतमा छन्। तीन साताअघि उनीहरु पक्राउ परेका हुन्।

मानव तस्करीमा संलग्न एक समूहबाट लाक्पा र थोक्पाले अमेरिकाको भिसा लागेका दुईओटा पासपोर्ट १५ लाख रुपैयाँमा किनेका थिए। सोही समूहले पासपोर्टमा उनीहरुको फोटो परिवर्तन गरिदिएको थियो।

त्यही पासपोर्टबाट उनीहरु सन् २००२ मा अमेरिका पुगेका थिए। दुई महिनाअघि सोही पासपोर्टमा नेपाल फर्किए। कसैले थाहा पाएन। यो १५ वर्षमा उनीहरु अमेरिकामा स्थापित भइसकेका थिए। 

छोरी अमेरिकी सेनामा भर्ना भइसकेकी थिइन्। अब अमेरिका जान दुवैलाई गाह्रो थिएन। त्यसकारण आफ्नै नाममा पासपोर्ट बनाएर भिसाका लागि सबै कागजपत्र काठमाडौंस्थित अमेरिकी दूतावासमा बुझाए। दूतावासमा दुवैले आफूहरु यसअघि कहिल्यै अमेरिका नगएको बताएका थिए।

तर, औंठाछापबाट उनीहरुको अपराध पत्ता लाग्यो। औंठाछाप सामान्यतः कसैसँग मिल्दैन। तर, लाक्पा र थोक्पासँगै मिल्ने औंठाछापको व्यक्ति अमेरिका गएर आइसकेका थिए। 

थप छानबिन गर्नेक्रममा उनीहरुले आफ्नो विगत लुकाउन सकेनन्। त्यसपछि दूतावासले प्रहरीको विशेष ब्युरोलाई खबर गरी बुझायो। ब्युरोले सामान्य सोधपुछपछि उनीहरुमाथि कारबाहीका लागि महानगरीय प्रहरी वृत्त महाराजगन्जमा पठाएको हो। प्रहरीले उनीहरुलाई राहदानी एनेअनुसार अनुसन्धान अघि बढाएको थियो। तर, जिल्ला सरकारी वकिल कार्यालयले राहदानी ऐनभन्दा अध्यागमन ऐन आकर्षित हुने भन्दै गत बुधबार अध्यागमन विभागमा बुझाएको महानगरीय प्रहरी वृत्त महाराजगन्जका डीएसपी योगेन्द्रसिंह थापाले बताए।

अध्यागमन ऐनअनुसार म्याद थप गरी उनीहरुमाथि अनुसन्धान भइरहेको विभागका निर्देशक शम्भु मरासिनीले जानकारी दिए। -नयाँ पत्रिका दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह