२०८२, १८ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

हवाई भाडा ह्वातै घट्यो (भाडादरसहित)

२०७४, २५ भाद्र आईतवार ०२:०१

भदौ २५, विराटनगर । दसैं नजिकिएसगै विराटनगरबाट काठमाडौंको हवाई भाडा निकै सस्तिएकोछ । बस भाडा र हवाई भाडा झन्डै बराबरी छ । 

यहाँबाट चल्ने माइक्रोबसले१५ सय भाडा लिन्छन् भने हवाई भाडा १७ सय कायम गरिएको छ । शुक्रबारबाट एक साताका लागि विराटनगर–काठमाडौंको हवाई भाडा सस्तो भएकोहो । ‘आजबाटै हामीले १७ सयमा टिकट काट्न थाल्यौं,’ जागृति ट्राभल्सका सञ्चालक गणेश लामालेभने, ‘हाललाई एक साता भनिएको छ तर यो भाडा दसैंको टीकाका दिनसम्म रहने स्थिति छ ।’ 

हवाई मार्गबाट काठमाडौं जाने यात्रुहरू कम भएका कारण भाडा यति सस्तो भएको हो । चाडपर्व लाग्न थालेकाले हाल काठमाडौंबाट विराटनगर आउने यात्रुको चाप भने बढेको छ । दैनिक ६ सयभन्दा बढी यात्रु विराटनगर विमानस्थलबाट काठमाडौं जाउजाउ गर्छन् । केही दिनयता डेढ सय पनि नभएपछि एयरलाइन्सले भाडा घटाएका हुन् । 

‘दसैं लागेजस्तो छ, विराटनगर आउने यात्रु छन् तर यताबाट जाने ह्वात्तै घटे,’ यती एयरलाइन्सका स्टेसन मेनेजर प्रेम कुवरले भने, ‘त्यसैले भाडा घटाउनुपरेको हो ।’ यात्रुको चाप हेरेर भाडा बढाइने कुवरले बताए ।  -कान्तिपुर दैनिक  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी प्रतिनिधि सभाको सभामुख निर्वाचन चैत २२ गते हुने एसइईको रिजल्ट एक महिनाभित्रै निकाल्ने दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालकको मृत्यु सिंहदरबारमा सर्वदलीय बैठक जारी कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सुरु गृहमन्त्री गुरुङले गरे प्रहरी परिसर काठमाडौँको अवलोकन महाकालीमा नुहाउने क्रममा बगेर एकजना बेपत्ता यातायात कार्यालयबाट १६ बिचौलिया पक्राउ तोलामा ७४ सयले बढ्यो सुनको मूल्य, कतिमा भइरहेछ कारोवार ? विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल