१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सुरक्षाकर्मीनै ८८ किलो सुन तस्करीका सहयोगी !

२६ भाद्र २०७४, सोमबार ०१:१५

भदौ २५, काठमाडौं । नुवाकोट कटेर केरूङ पुग्न नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीका १२ वटा चेक प्वाइन्ट कट्नुपर्छ । जिल्लाको टिमुरेमा ४, स्याफ्रुमा २, धुन्चेमा ३, कालिकास्थानमा २ र बेत्रावतीमा एक चेक पोष्ट छन् ।

रसुवा कटेर टिमुरे, स्याफ्रु, धुन्चे र कालिकास्थानमा नेपाली सेनाका चार वटा चेक पोष्ट छन् । लाङटाङ राष्ट्रिय निकुञ्जम रहेको सेनाले पनि चेक पोष्ट राखेको छ । 

सीमा र धुन्चेमा सशस्त्र प्रहरीको दुई चेकपोष्ट छन् । प्रहरीको सीमाको दुईसहित स्याफ्रु, धुन्चे, कालिकास्थान र बेत्रावतीमा ६ वटा चेक पोष्ट छन् । हरेक चेकपोष्टले सामान बोक्ने सवारीसाधनको विवरण रेकर्डमा राख्ने गरेको भए पनि ८८ किलो सुन फेला परेको गाडीको रेकर्ड टिमुरेस्थित सशस्त्र प्रहरीको चेक पोष्टमा मात्र दर्ता छ । 

सुरक्षा स्रोतका अनुसार नेपालतिरको अन्तिम नाका टिमुरेमा भदौ १५ गते गाडी पार भएर तिब्बत गएको देखिन्छ । सुन तस्करीको अनुसन्धान गरिरहेको प्रहरी अपराध महाशाखाका अनुसार सो गाडी १८ गते केरूङहुँदै काठमाडौं भित्रिएको थियो । रसुवाको कुनै पनि चेकपोष्टमा सो गाडी आएको तथ्याङ्क नहुँदा  सुन तस्करीमा सुरक्षा संगठनको व्यवहार शंकास्पद देखिएको छ । -नागरिक दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह