२०८२, १८ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राजधानीमा अचाक्ली धुलोधुँवा, थलिँदै बालबालिका

२०७४, २८ भाद्र बुधबार ०१:२५

भदौ २८, काठमाडौं । अक्सिजन लिन सुरु गरेपछि कपनका रिदम सिटौला बर्रर रुन थाले । रुवाइ नथामिएपछि आमा मन्दिरा आत्तिदै उनलाई सम्हाल्न तल्लीन थिइन्।

उपत्याकाको धुवाँधुलोका कारण दुई वर्षमै रिदमको छाती खराब भएको छ। खानापान, सुताइ र बसाइमा ध्यान दिइरहे पनि छोरा पटक-पटक बिरामी पर्दा मन्दिरालाई पर्नु चोट परेको छ। यो खबर दीपा दाहालले आजको अन्नपूर्णमा लेखेकी छन्।

चार दिनअघि बल्झिएको छाती घ्यारघ्यार गर्ने, स्याँस्याँ हुने र लगातार खोकी लाग्ने समस्या निको नभएपछि मन्दिराले मंगलबार बिहान उनलाई कान्ति बाल अस्पतालको ओपीडीमा पुर्‍याएकी थिइन्। चिकित्सकले जाँचेलगत्तै रिदमलाई अक्सिजन दिन थालिएको थियोे। रिदमपछि अक्सिजन लिन १९ जना बच्चा लामबद्ध थिए। रुँदा, चिच्चाउँदा र झिँझो मान्दा शिशु सम्हाल्न आमाहरू सकसमा देखिन्थे।

ओपीडीको अर्को कोठामा अस्पतालका निर्देशक डा.गणेशकुमार राई थानकोटकी सात वर्षीया अनुसा न्यौपानेलाई धुवाँधुलोबाट बच्न सल्लाह दिँदै थिए। आमा शिलाले चिकित्सकको सल्लाह ध्यानपूर्वक सुन्दै थिइन्। तर, उनीहरूलाई कुर्ने धैर्यता छेउतिर ठेलमठेल गर्दै उभिएका अन्य बच्चाका अभिभावकमा थिएन। डा. राई नजिकै बसेका अर्का चिकित्सकलाई कुपण्डोलका रोशन घिमिरेले आफूलाई घाँटी दुख्ने र सुख्खा खोकी लाग्ने गुनासो गर्दै थिए। रोशनकी फुपू निसाले भनिन्, ‘अचेल उसलाई थकाइ धेरै लाग्छ, झिँझो मान्छ। तनाव लिएजस्तो देखिन्छ।’

धापासीकी निर्मला सुवेदी भीडमा छोरा सच्चन रुन थालेपछि कोठाबाट बाहिरिइन्। सच्चनलाई अचानक लगातार सुख्खा खोकी लागेपछि उनको पनि होसहवास उडेको थियो। मन्दिरा, शिला, निसा, निर्मलाजस्ता सयौं आमा अस्पतालको ओपीडीमा आफ्ना नानीलाई जँचाउन पालो कुर्दै थिए। कोठाको उकुसमुकुस भीडमा बिरामी बच्चाले असहज मानिरहेको प्रस्ट देखिन्थ्यो। यस्ता दृश्य अहिले हरेक सरकारी अस्पतालमा देखिन थालेको छ।

‘बिरामीको संख्या ह्वात्तै बढ्यो। जाँच गर्न हामीलाई हम्मेहम्मे परेको छ’, भीडबाट फुत्किएपछि डा.राईले अन्नपूर्णसँग भने, ‘यसको मुख्य कारण धुवाँधुलो नै हो। यसले बच्चामा भयानक रोग देखिन थालेको छ।’ विश्वकै प्रदूषितमध्येको सहर मानिने काठमाडौंमा धुवाँधुलोले कलिला बच्चालाई रोग बोकाउन थालेको छ।

श्वासप्रश्वास प्रणालीमा गम्भीर क्षति

बालबालिकाको उपचार गरिने मुलुककै एक मात्र सरकारी बाल अस्पताल कान्तिको तथ्यांक डरलाग्दो छ। डा.राईका अनुसार गत वर्ष हरेक दिन सरदर पाँच सय बच्चा ओपीडीमा आउने गर्थे। यो वर्ष त्यो संख्या हजारसम्म पुगेको छ। तीमध्ये अधिकांश धुवाँधुलोका कारण श्वासप्रश्वास प्रणालीमा गम्भीर क्षति पुगेका बच्चा छन्।

अस्पतालका मेडिकल विभागका प्रमुख डा.कृष्ण पौडेलका अनुसार बच्चाहरूमा श्वासनली सुन्निने (ब्रोङकाइटिस), बाल दम (आस्तामा) र नाक सुन्निने (राइनाइटिस­) समस्या सबैभन्दा धेरै देखिएको छ।

धुवाँधुलोका कारण श्वासप्रश्वासमा गम्भीर असर

श्वासप्रश्वासका बिरामी बढेपछि कान्तिमा छुट्टै ओपीडी

सातामा दुईपटक चल्ने ओपीडी चार दिनसम्म पनि जारी

परीक्षण गरिएका धेरैमा दमको लक्षण

धेरैमा ब्रोङकाइटिस, आस्तामा र राइनाइटिस­ समस्या

शल्यक्रियाबाट जन्मिएका बच्चामा धुवाँधुलोको असर ज्यादै

प्रदूषित धुवाँधुलोले छाला, आँखा र नाकमा एलर्जी

मास्क, चस्मा र छाताको प्रयोग गर्न सुझाव

छाती घ्यारघ्यार हुने, स्याँस्याँ हुने तथा लगातार खोकी लाग्ने

गत वर्ष प्रतिदिन पाँच सय बच्चा ओपीडीमा आउने

यो वर्ष हजार जनासम्म पुग्यो

‘श्वासप्रश्वासको समस्या बच्चामा दोहोरिएको छ। त्यसले गर्दा उनीहरूको फोक्सो तथा श्वासनलीको विकासमा अवरोध पुगेको छ’, डा.कृष्ण भन्छन्, ‘ ठूलो भएपछि सीओपीडी र दीर्घकालीन दमको समस्या भोग्न बाध्य हुन्छन्।’ उनीहरूमा छिटोछोटो रुघा लाग्ने, नाक बन्द हुने, श्वास लिन गाह्रो हुने, घ्यारघ्यार हुने, सुख्खा खोकी लाग्नेजस्ता लक्षण देखिन्छ। अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोलको पछिल्लो अध्ययनअनुसार धुवाँधुलोको सम्पर्कमा आउने बच्चामा दमजन्य र त्यसबाहेक श्वासप्रश्वासको समस्या सबैभन्दा धेरै देखिन्छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी प्रतिनिधि सभाको सभामुख निर्वाचन चैत २२ गते हुने एसइईको रिजल्ट एक महिनाभित्रै निकाल्ने दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालकको मृत्यु सिंहदरबारमा सर्वदलीय बैठक जारी कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सुरु गृहमन्त्री गुरुङले गरे प्रहरी परिसर काठमाडौँको अवलोकन महाकालीमा नुहाउने क्रममा बगेर एकजना बेपत्ता यातायात कार्यालयबाट १६ बिचौलिया पक्राउ तोलामा ७४ सयले बढ्यो सुनको मूल्य, कतिमा भइरहेछ कारोवार ? विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल