६ पुष २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कांग्रेसका अन्तर्घाती त्रिविका उपकुलपति, अरू को-को हुन् ?

२८ भाद्र २०७४, बुधबार ०१:३६

भदौ २८, काठमाडौँ । स्थानीय तह निर्वाचनमा आफ्नै उम्मेदवारविरुद्ध घात गर्ने कांग्रेसी कार्यकर्ताको सूचीमा त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. तीर्थ खनियाँ पनि परेका छन्। 

कांग्रेस महासमिति सदस्यसमेत रहेका खनियाँले चितवनमा पार्टीका उम्मेदवारविरुद्ध अन्तर्घात गरेको उजुरी परेको थियो। कांग्रेसको अनुशासन समितिले प्रारम्भिक अनुसन्धानपछि डा. खनियाँसँग स्पष्टीकरण सोध्ने निर्णय गरेको छ। 


रमेश रिजाल नेतृत्वको अनुशासन समितिले प्राप्त उजुरीमाथि छानबिन गर्दै अन्तर्घात आरोपीलाई स्पष्टीकरण सोध्ने प्रक्रिया अघि बढाएको हो। प्रदेश नम्बर १, ३, ४, ५, ६ र ७ का स्थानीय निर्वाचनमा आफ्ना आधिकारिक उम्मेदवारलाई हराउन भूमिका खेलेका दुई सय ५० जनामाथि समितिले छानबिन प्रक्रिया अघि बढाएको छ। अरू धेरैजसो नेता तथा कार्यकर्ता पेसेवर राजनीतिकर्मी भए पनि खनियाँ देशको सबैभन्दा ठूलो विश्वविद्यालयका नेतृत्वदायी प्राज्ञ हुन्। तर, उनीसमेत राजनीतिक कार्यकर्ता बनेका छन् र अझ पार्टीको अनुशासन नमानेको भनेर कठघरामा परेका छन्।

स्पष्टीकरण प्राप्त भएपछि अनुशासन समितिले थप अनुसन्धान गरेर दोषी रहेको भए कारबाहीको प्रक्रिया अघि बढाउनेछ। ‘पार्टीका उम्मेदवारहरूलाई हराउन सक्रिय रहेको भनी परेका उजुरीहरूमाथि छानबिन अघि बढाएका हौँ, आधिकारिक उम्मेदवारलाई हराउन सप्रमाण भेटिएपछि अनुशासन कारबाही हुन्छ,’ समिति सदस्य सुरेन्द्र पाण्डेले नयाँ पत्रिकासँग भने, ‘प्रमाण पुगेमा निलम्बन र निष्कासनसम्मका कारबाहीको प्रक्रिया अघि बढाउँछौँ।’ समिति बैठकले समितिको सचिव पदमा कांग्रेस केन्द्रीय कार्यालयका सचिव केशव रिजाललाई नियुक्त गरेको छ।

‘पार्टीका आधिकारिक उम्मेदवारलाई हराउन केन्द्रीय कार्यालयमा दुई सय ५० जनामाथि उजुरी परेको थियो,’ समितिका एक सदस्यले भने, ‘जिल्ला सभापति, सांसद, विश्वविद्यालयका उपकुलपतिमाथि परेका अन्तर्घात आरोपका उजुरीपछि छानबिनको प्रक्रिया अघि बढाएका हौँ।’

स्पष्टीकरण सोध्न सात दिन लाग्ने

जसका विरुद्ध उजुरी परेको हो, उनीहरूलाई स्पष्टीकरण सोध्न सात दिने लाग्ने भएको छ। उजुरी हेरेर पहिले जिल्ला सभापति, सांसदसहितका उच्च नेतालाई स्पष्टीकरण सोध्ने तयारी समितिले गरेको छ। ‘फाइल हेरेर स्पष्टीकरण सोध्न अझै एक साता लाग्छ,’ समिति सचिव केशव रिजालले भने, ‘पहिले जिल्ला सभापति, सांसद, पूर्वकेन्द्रीय सदस्यसहितका उच्च नेतालाई सोध्छौँ। उहाँहरूले पत्र प्राप्त गरेपछि सात दिनभित्र लिखित स्पष्टीकरण पठाइसक्नुपर्ने छ।’

कांग्रेसले २ असोजमा प्रदेश नम्बर २ मा हुने तेस्रो चरणको निर्वाचनअघि अनुशासनको कारबाही अघि बढाएको सन्देश दिन खोजे पनि स्पष्टीकरण सोध्ने वेलासम्म निर्वाचन भइसक्ने देखिएको छ। कारबाही हुन सक्ने सन्देश दिन निर्वाचनको मुखमा प्रक्रिया अघि बढाए पनि प्रक्रियामा जानै ढिलाइ हुने देखिएको हो।

को–को हुन् अन्तर्घाती ?

-कांग्रेसमा अन्तर्घात गर्नेको सूचीमा बहालवाला जिल्ला सभापति, सांसद, पूर्वकेन्द्रीय सदस्यसम्म छन्। अनुशासन समितिको पहिलो बैठकले उनीहरूसहित सबैलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ। त्यस्तै, उम्मेदवारलाई असहयोग गर्नेमाथि उजुरी दिन १० असोजसम्मको समय पनि दिएको छ।

-अहिलेसम्म छानबिन अघि बढाइएकोमा डडेल्धुरा जिल्ला सभापति कर्ण मल्ल, नुवाकोट जिल्ला सभापति एवं सांसद जगदीश्वरनरसिंह केसी, दैलेख जिल्ला सभापति कृष्ण बिसी, जुम्लाका सांसद ललितजंग शाही, जुम्लाका सभापति जितबहादुर शाही, रुकुमकी सांसद मिठु मल्ल छन्। उनीहरूमाथि जिल्लाभित्रका स्थानीय तहका कांग्रेसका उम्मेदवारलाई हराउन सक्रिय भएर लागेको उजुरी परेको हो।

-सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरा सभापति कर्णविरुद्ध अमरगढी नगरपालिकामा कांग्रेसलाई हराउन लागेको आरोप लागेको छ। त्यस्तै, नुवाकोटका सभापति केसीविरुद्ध विदुर नगरपालिकामा कांग्रेसलाई हराउन सक्रिय रहेको भन्दै उजुरी परेको हो।

-पूर्वकेन्द्रीय सदस्य जुम्लाका दीनबन्धु श्रेष्ठ, त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. तीर्थ खनियाँसम्म छन्। पूर्वसांसद तीर्थ भुसाललाई पनि स्पष्टीकरण सोधिएको छ। भुसाललाई चितवनको माडी नगरपालिकामा कांग्रेस उम्मेदवारलाई हराउन सक्रियता देखाएको आरोप छ। कांग्रेस महासमिति सदस्य खनियाँलाई चितवनको एक नगरपालिकामा अन्तर्घात गरी कांग्रेस उम्मेदवारलाई हराउन लागेको आरोप छ। कैलालीका महासमिति सदस्य पदमराज भट्ट र लक्ष्मीराज पाठकविरुद्ध पनि उजुरी परेको छ। दैलेख जिल्ला अनुशासन समितिले जिल्ला सभापति र सचिवलाई कारबाही गरिसकेको भन्दै अनुमोदन गर्न केन्द्रमा पठाएको छ।

-गत संविधानसभा निर्वाचनमा पार्टीका उम्मेदवारलाई हराउन भूमिका खेलेको भन्दै कांग्रेस अनुशासन समितिले नेतृ सुजाता कोइरालालाई कारबाही गरेको थियो। तीन महिना निलम्बन गरेको केही समय भुक्तान भए पनि पछि पार्टीले बाँकी समय मिनाहा गरिएको थियो। -नयाँ पत्रिका दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
‘ग्रे लिस्ट’बाट बाहिर निस्किन भएका प्रगतिबारे प्रधानमन्त्रीको चासो नेपाललाई डिजिटल मार्गमा अगाडि बढाउने गरी काम गरिरहेका छौँ: मन्त्री खरेल सिंहदरबार धाइरहेका सहिदका बुबा भन्नुहुन्छः छोराको बलिदान खेर नजाओस् नेकपालाई बहुमत दिनुस्, जनअपेक्षा पूरा गर्छौँ ः सहसंयोजक नेपाल युद्धविराम सम्झौताको बावजुद गाजामा इजरायली आक्रमण जारी निर्वाचनमा होमिने जनता र राजनीतिक दलको चाहना छः संयोजक दाहाल मुलुकलाई राजनीतिक निकास दिन एमाले अझ क्रियाशील हुने अपेक्षा रास्वपाद्वारा सातै प्रदेशका उम्मेदवारसँग छलफल भारतमा रेल दुर्घटनामा परी सात वटा हात्तीको मृत्यु रवि लामिछानेले देश निर्माणका लागि जुनसुकै त्याग गर्न तयार रहेको बताए मुलुकको आर्थिक विकासका लागि सबै उद्यमी–व्यवसायी लाग्नुपर्ने सप्तगण्डकी बहुउद्देश्यीय आयोजना अगाडि बढाउनुपर्ने महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान समयमा काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता तोडिन्छः मन्त्री घिसिङ पर्यटन व्यवसायीलाई चिनियाँ भाषा तालिम बालश्रम अन्त्यका लागि सरकार र नागरिक समाजले हातेमालो गर्न आग्रह गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य सङ्कटको जोखिममा पूर्वराष्ट्रपति भण्डारीद्वारा एमाले नेतृत्वलाई बधाइ जेनजी सुशासन सहिदकी आमाको सन्देश : कान्छो छोरोको निधनपछि मन आतिएको छ, सरकारले जनाताको भलो गरोस् राहुघाट जलविद्युत् आयोजना : ९० प्रतिशत बढी भौतिक प्रगति