६ पुष २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

माओवादी र एमालेका उम्मेद्वारलार्इ आयोगले सोध्यो स्पष्टीकरण

३१ भाद्र २०७४, शनिबार ०१:३६

भदौ ३१, काठमाडौँ । निर्वाचन आयोगले बारा जिल्लाका विभिन्न तहका उम्मेदवारलाई उम्मेदवारी किन रद्द नगर्ने भन्दै २४ घन्टे स्पष्टीकरण सोधेको छ । प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवको टोली अनुगमनमा पुग्दा उम्मेदवारले आचारसंहिता उल्लंघन गरेको भेटेपछि स्पष्टीकरण सोधेको हो ।

आयोगले बाराको कलैया उपमहानगरपालिका– ८ का वडाध्यक्ष मनोजकुमार चौरसियालाई स्पष्टीकरण सोधेको छ । आचारसंहिता उल्लंघन गरेको भन्दै चौरसियालाई ४८ घन्टे स्पष्टीकरणमा सोध्ने क्रममा आयोगले तोकेभन्दा ठूलो आकारको माइकिङ र ब्यानर प्रयोग गरेकाले उम्मेदवारी किन रद्द नगर्ने भनी प्रश्न गरेको छ ।

त्यसैगरी, आयोगले बाराकै पर्सौनी गाउँपालिकामा माओवादी केन्द्रतर्फका अध्यक्षका उम्मेदवार विनोदप्रसाद जैसवाललाई उम्मेदवारी रद्द किन नगर्ने भन्दै स्पष्टीकरण सोधेको छ । प्रमुख निर्वाचन आयुक्त यादवको नेतृत्वमा रहेको अनुगमन टोलीले निर्वाचन चिह्न अंकित टि–सर्ट, भेस्ट, टोपी, गम्छालगाई मोटरसाइकलसहित ¥याली देखेपछि जैसवाललाई स्पष्टीकरण सोधेको हो ।

बाराकै सिमरा उपमहानगरपालिकामा एमालेतर्फबाट मेयरका उम्मेदवार कृष्ण पौडेललाई पनि २४ घन्टे स्पष्टीकरण सोधेको छ । सिमरा विमानस्थलमा सयौँको संख्यामा नेता कार्यकर्ताले एमालेको निर्वाचन चिह्न अंकित टि–सर्ट, भेस्ट, टोपी र गम्छा प्रयोग गरेकोे भन्दै उम्मेदवारी किन रद्द नगर्ने भन्दै स्पष्टीकरण सोधेको हो ।

आयोगको निर्देशन

प्रमुख आयुक्त यावदले पर्सा र बारा जिल्लाका मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत, प्रमुख जिल्ला अधिकारी र जिल्लाका सुरक्षा निकायका प्रमुखलाई निर्वाचन शान्तिपूर्ण र सीमावर्ती क्षेत्रमा शान्तिसुरक्षा भरपर्दो बनाउन निर्देशन दिएका छन् ।

आयुक्तहरू नरेन्द्र दाहाल र सुधीरकुमार शाहले रौतहटको गौर र सर्लाहीको मंलगवा क्षेत्रको स्थलगत अनुगमन गरेका थिए । उनीहरूले मतदान केन्द्रमा खटिने कर्मचारी र सुरक्षा निकायबीच समन्वयकारी भूमिका देखाउन निर्देशन दिएका थिए । -नयाँ पत्रिका दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
‘ग्रे लिस्ट’बाट बाहिर निस्किन भएका प्रगतिबारे प्रधानमन्त्रीको चासो नेपाललाई डिजिटल मार्गमा अगाडि बढाउने गरी काम गरिरहेका छौँ: मन्त्री खरेल सिंहदरबार धाइरहेका सहिदका बुबा भन्नुहुन्छः छोराको बलिदान खेर नजाओस् नेकपालाई बहुमत दिनुस्, जनअपेक्षा पूरा गर्छौँ ः सहसंयोजक नेपाल युद्धविराम सम्झौताको बावजुद गाजामा इजरायली आक्रमण जारी निर्वाचनमा होमिने जनता र राजनीतिक दलको चाहना छः संयोजक दाहाल मुलुकलाई राजनीतिक निकास दिन एमाले अझ क्रियाशील हुने अपेक्षा रास्वपाद्वारा सातै प्रदेशका उम्मेदवारसँग छलफल भारतमा रेल दुर्घटनामा परी सात वटा हात्तीको मृत्यु रवि लामिछानेले देश निर्माणका लागि जुनसुकै त्याग गर्न तयार रहेको बताए मुलुकको आर्थिक विकासका लागि सबै उद्यमी–व्यवसायी लाग्नुपर्ने सप्तगण्डकी बहुउद्देश्यीय आयोजना अगाडि बढाउनुपर्ने महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान समयमा काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता तोडिन्छः मन्त्री घिसिङ पर्यटन व्यवसायीलाई चिनियाँ भाषा तालिम बालश्रम अन्त्यका लागि सरकार र नागरिक समाजले हातेमालो गर्न आग्रह गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य सङ्कटको जोखिममा पूर्वराष्ट्रपति भण्डारीद्वारा एमाले नेतृत्वलाई बधाइ जेनजी सुशासन सहिदकी आमाको सन्देश : कान्छो छोरोको निधनपछि मन आतिएको छ, सरकारले जनाताको भलो गरोस् राहुघाट जलविद्युत् आयोजना : ९० प्रतिशत बढी भौतिक प्रगति