१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अब माओवादीले वैधानिक जनसरकार चलाउँछ: प्रचण्ड

१ आश्विन २०७४, आईतवार ०१:१९

असोज १, काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्धमा स्थानीय जनसरकार चलाएको माओवादीले अब वैधानिक रुपमै जनसरकार चलाउने घोषणा गरेका छन् ।

‘रुकुममा माओवादीले पहिला नै जनसरकार चलाएको हो। अब चिज हात परेको छ, रुकुम फेरि माओवादीको किल्लाको रुपमा स्थापित भएको छ ’, शनिबार पूर्वी रुकुमको रुकुमकोटमा आयोजित माओवादी जनसभालाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘त्यसैले अब माओवादीले रुकुममा वैधानिक रुपमै जनसरकार चलाउँछ।’

रुकुमको पूर्वी क्षेत्र छुट्टै जिल्ला भएकोमा स्थानीयवासीलाई बधाई दिँदै प्रचण्डले रुकुमका सबै तहमा माओवादीले विजय भएको भन्दै खुशी व्यक्त गरे। ‘रुकुम जिल्लाका सबै तहमा माओवादीले विजयी हासिल गर्यो । यसमा तपाईहरुलाई बधाई छ’, प्रचण्डले भने, ‘यसको उन्माद चढ्यो भने चिप्लिन सकिन्छ, नचिप्लिइकन काम गर्न सबैलाई अनुरोध गर्दछौँ ।’

प्रचण्डले पहिलो संविधानसभाको निर्वाचनमा माओवादी पहिलो पार्टी भएको तर उन्मादका कारण दोस्रो संविधानसभाको चुनावमा तेस्रो पार्टी हुनुपरेको स्वीकार गरे। ‘हामी ०६४ सालको संविधान सभाको पहिलो चुनावमा पहिलो पाटी भयौँ अनि हामीमा उन्माद चढ्यो र दोस्रो चुनावमा चिप्लिएर तेस्रो पार्टी हुन पुग्यौँ’, प्रचण्डले भने ।

शनिबार मात्र महोत्तरीबाट रुकुम पुगेका प्रचण्डले मधेस पूरै माओवादीमय भएको र अबका सबै चुनावमा माओवादी पहिलो पार्टी हुने दाबी समेत गरे । ‘मधेस पूरै माओवादीमय छ । म आजमात्र महोत्तरीबाट आएँ’, प्रचण्डले भने, ‘अब आउने सबै निर्वाचनमा माओवादी पहिलो पार्टी हुन्छ ।’ -अन्नपूर्ण पोष्ट दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह