१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एमालेका वडा अध्यक्ष उम्मेदवारको नागरिकता खारेज !

१ आश्विन २०७४, आईतवार ०१:४६

असोज १, काठमाडौँ । दोहोरो नागरिकता लिएका एमालेका तर्फबाट वडा अध्यक्षका उमेदवार जयराम कुनवरको नागरिकता खारेज गरिएको छ । जिल्ला प्रशासन कार्यालय बाराले कुनवरले लिएको पछिल्लो पटकको नागरिकता खारेज गरेको हो ।


कुनवरले दुईवटा नागरिकता लिएको तथ्य फेला परेपछि पछिल्लो पटक लिएको नागरिकता खारेज गरिएको बाराका प्रमुख जिल्ला अधिकारी विजयनारायण मानन्धरले जानकारी दिए । ‘दुईवटा नागरिता लिएको उजुरी परेपछि हामीले बोलाएर बयान लियौं । उनले पनि गल्ती स्वीकारे ।’

मानन्धरले भने,‘पछिल्लो पटक लिएको नागरिकता हामीले भदौ २८ गते नै खारेज गरिदिएका छौं ।’ कुनवरले पछिल्लो पटक लिएको नागरिकताकै आधारमा उम्मेदवारी दिएकोले नागरिकता खारेजीपछि उनको उम्मेदवारीको बारेमा मुख्य निर्वाचन अधिकृतको कार्यालय र निर्वाचन अयोगले निर्णय लिने प्रमुख जिल्ला अधिकारी मानन्धरको भनाई छ ।

कुनवरले एमालेको तर्फबाट निजगढ नगरपालिकाको वडा नम्बर ४ मा अध्यक्ष पदका लागी उम्मेदवारी दिएका थिए । दावी बिरोधको दिन कुनवरले दोहोर नागरीकता लिएको उजुरी, काग्रेसको तर्फबाट वडा अध्यक्षका उमेदवार सुनिल चौधरीले गरेका थिए । चौधरी र कुनवर मिल्ने साथी भएको बताइन्छ । -नयाँ पत्रिका दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह