१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आयल निगम प्रमुख खड्काको अर्को झुट खुलासा

२ आश्विन २०७४, सोमबार ०१:३३

असोज २, काठमाडौं । नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्काले संसदीय समितिलाई समेत गुमराहमा राखेर झूटो बयान दिएको तथ्य फेला परेको छ । 

व्यवस्थापिका–संसदको उद्योग बाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिले नेपाल आयल निगमको जग्गा खरिदसम्बन्धी उपसमितिको प्रतिवेदनमा नागरिक दैनिकका प्रकाशक विनोदराज ज्ञवालीका पिताको भैरहवास्थित जग्गा नकिनेका कारण समाचार लेखेको झूठा बयान दिएर संसदलाई समेत गुमराहमा राख्ने काम गरेका छन् ।

निगम कार्यकारी निर्देशकले संसदलाई समेत गुमराहमा राख्ने गरी वयान दिएको देखियो,’ नेपाल रिपब्लिक मिडियाका कार्यकारी निर्देशक विनोदराज ज्ञवालीले आइतबार नागरिक्युजसँग भने, ‘भैरहवा जग्गा पास गरेको भोलिपल्टदेखि न्यूजले फलोअप गरेको देखियो । कारण के रहेछ भने त्यो १९ लाख वाला नागरिकका ज्ञवालीको बाउको रहेछ’ भन्नेजस्तो भ्रामक, अतिशयोक्तिपूर्ण, कपोलकल्पित र अपहेलनापूर्ण अभिव्यक्तिप्रति मेरो आपत्ति छ ।’

प्रतिशोध साँध्न खड्काले संसदलााई समेत ढाँटेको देखिएपछि सोबारे नेपाल रिपब्लिक मिडियाका प्रबन्ध निर्देशक ज्ञवालीले स्पष्ट पारेका हुन् ।

‘नागरिक दैनिकको प्रकाशक म विनोदराज ज्ञवाली, मेरा पिता हेमराज ज्ञवाली र मेरो परिवारको नाममा भैरहवामा जग्गाजमिन छैन,’ उनले भने, ‘नभएको जग्गा बेच्न खोजेको भनेर भ्रम पार्न खोज्नेमाथि थप छानबिन हुनुपर्छ ।’

सार्वजनिक निकायमा बस्ने पदाधिकारीले संसदमा आएर दिएको झूठो बयानका आधारमा अपहेलनाको कारवाही हुनुपर्ने माग समेत ज्ञवालीको छ । ‘म, मेरो परिवार र मेरो प्रकाशनको विश्वसनियतामा आँच आउने गरी संसदको समितिमा दिएको झूठो बयानका निम्ति कानुनी उपचारसमेत खोज्ने छु ।’

आयल निगमका कार्यकारी निर्देशक खड्का जग्गा खरिदमा भएको करिब १ अर्ब ६७ करोड रुपैयाँ अनियमिततामा मुछिएको प्रकरणबारे नागरिक दैनिकले खोजी सामग्री प्रकाशित गर्दै आएको छ । -नागरिक दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह