२०८२, १८ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आयल निगम प्रमुख खड्काको अर्को झुट खुलासा

२०७४, २ आश्विन सोमबार ०१:३३

असोज २, काठमाडौं । नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्काले संसदीय समितिलाई समेत गुमराहमा राखेर झूटो बयान दिएको तथ्य फेला परेको छ । 

व्यवस्थापिका–संसदको उद्योग बाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिले नेपाल आयल निगमको जग्गा खरिदसम्बन्धी उपसमितिको प्रतिवेदनमा नागरिक दैनिकका प्रकाशक विनोदराज ज्ञवालीका पिताको भैरहवास्थित जग्गा नकिनेका कारण समाचार लेखेको झूठा बयान दिएर संसदलाई समेत गुमराहमा राख्ने काम गरेका छन् ।

निगम कार्यकारी निर्देशकले संसदलाई समेत गुमराहमा राख्ने गरी वयान दिएको देखियो,’ नेपाल रिपब्लिक मिडियाका कार्यकारी निर्देशक विनोदराज ज्ञवालीले आइतबार नागरिक्युजसँग भने, ‘भैरहवा जग्गा पास गरेको भोलिपल्टदेखि न्यूजले फलोअप गरेको देखियो । कारण के रहेछ भने त्यो १९ लाख वाला नागरिकका ज्ञवालीको बाउको रहेछ’ भन्नेजस्तो भ्रामक, अतिशयोक्तिपूर्ण, कपोलकल्पित र अपहेलनापूर्ण अभिव्यक्तिप्रति मेरो आपत्ति छ ।’

प्रतिशोध साँध्न खड्काले संसदलााई समेत ढाँटेको देखिएपछि सोबारे नेपाल रिपब्लिक मिडियाका प्रबन्ध निर्देशक ज्ञवालीले स्पष्ट पारेका हुन् ।

‘नागरिक दैनिकको प्रकाशक म विनोदराज ज्ञवाली, मेरा पिता हेमराज ज्ञवाली र मेरो परिवारको नाममा भैरहवामा जग्गाजमिन छैन,’ उनले भने, ‘नभएको जग्गा बेच्न खोजेको भनेर भ्रम पार्न खोज्नेमाथि थप छानबिन हुनुपर्छ ।’

सार्वजनिक निकायमा बस्ने पदाधिकारीले संसदमा आएर दिएको झूठो बयानका आधारमा अपहेलनाको कारवाही हुनुपर्ने माग समेत ज्ञवालीको छ । ‘म, मेरो परिवार र मेरो प्रकाशनको विश्वसनियतामा आँच आउने गरी संसदको समितिमा दिएको झूठो बयानका निम्ति कानुनी उपचारसमेत खोज्ने छु ।’

आयल निगमका कार्यकारी निर्देशक खड्का जग्गा खरिदमा भएको करिब १ अर्ब ६७ करोड रुपैयाँ अनियमिततामा मुछिएको प्रकरणबारे नागरिक दैनिकले खोजी सामग्री प्रकाशित गर्दै आएको छ । -नागरिक दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी प्रतिनिधि सभाको सभामुख निर्वाचन चैत २२ गते हुने एसइईको रिजल्ट एक महिनाभित्रै निकाल्ने दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालकको मृत्यु सिंहदरबारमा सर्वदलीय बैठक जारी कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सुरु गृहमन्त्री गुरुङले गरे प्रहरी परिसर काठमाडौँको अवलोकन महाकालीमा नुहाउने क्रममा बगेर एकजना बेपत्ता यातायात कार्यालयबाट १६ बिचौलिया पक्राउ तोलामा ७४ सयले बढ्यो सुनको मूल्य, कतिमा भइरहेछ कारोवार ? विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल