१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रदेश २ को प्रारम्भिक मतपरिणामः के भन्छन् प्रतिष्पर्धी दलका नेता ?

४ आश्विन २०७४, बुधबार ०१:२६

असोज ४, काठमाडौं । प्रदेश २ मा असोज २ गते भएको स्थानीय तह निर्वाचनको प्रारम्भिक मतपरिणाम सार्वजनिक भइरहेको छ । 

मतपरिणाम सार्वजनिक भइरहँदा निर्वाचनमा सहभागी दलहरुले मिश्रित प्रतिक्रिया दिएका छन् । कसैले सन्तोष व्यक्त गरेका छन् भने कसैले मनी र मसलको बलमा चुनाव भएकाले परिणाम प्रभावित भएको आरोप लगाएका छन् ।

नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले प्रदेश नम्बर २ को आठ जिल्लामा समग्र जनमतका हिसाबले धेरैअघिदेखि एमाले अघि बढेको र घेराबन्दीकै बीच एमाले प्रदेश २ को मुख्य शक्ति बनेको बताए ।

कांग्रेस नेता रामचन्द्र पौडेलले टिकट वितरणमा सही निर्णय गरिएको भए पार्टीले अझै बढी सिट जित्न सक्ने बताए । उनले भने – तराई मधेसका जनता अल्मल्याउने कुरासँग सहमत छैनन्, स्थिरिता चाहन्छन् भन्ने विषय सिद्ध भएको छ । हामीले टिकट वितरणलाई राम्रो बनाउन सकेनौं यस्तो हुँदाहुँदै पनि साथीहरुले भोट दिएका छन् ।’

माओवादी नेता मातृका यादवले माओवादीका लागि प्रारम्भिक नतिजा सन्तोषजनक भएको प्रतिक्रिया दिएका छन् । राजपा अध्यक्ष मण्डलका राजेन्द्र महतोले प्रारम्भिक मतपरिणाम बाहिर आएको र अन्तिमसम्म परिणाम उल्टो आउन सक्ने बताए । उनले मनी र मसलको बलमा चुनाव भएकाले मत प्रभावित भएको दाबी गरे । -नयाँ पत्रिका दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह