१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कांग्रेस र एमालेबीच झडप: एमाले उम्मेदवारको टाउको फूट्यो

४ आश्विन २०७४, बुधबार ०१:४५

असोज ४, काठमाडौँ । रौतहटको बृन्दावन नगरपालिकाको मत गणना स्थलमा झडप भएको छ । 

स्थिति अहिले पनि तनावग्रस्त छ र मत गणना स्थगित भएको सो नगरपालिकाका कार्यकारी अधिकृत उदय देवकोटाले बताए । एमाले सांसद रामकुमार भट्टराई मत गणना स्थलमा पुगेपछि अन्य दलले विरोध गरेका थिए । धाँधली गर्न आएको भन्दै अन्य दलले नाराबाजी गरेपछि झडप भएको थियो । झडपमा परी एक जना गम्भीर घाइते भएका छन् ।

मतगणनास्थलको अवस्था तनावग्रस्त र मतगणना स्थगित गरिएको निर्वाचन अधिकृत लक्ष्मण उपाध्याय घिमिरेले जानकारी दिए । झडप एमाले र नेपाली कांग्रेसका कार्यकर्ताबीच भएको स्थानीयले बताएका छन् ।

विवादपछि झडप हुँदा काँग्रेस कार्यकर्ताको कुटाईबाट एमाले वृन्दावन नगरपालिका वडा नं. ६ का उम्मेवदार धर्मेन्द्र पटेल र एमाले कार्यकर्ता सुनिल पटेलको टाउको फुटेको छ । उनीहरुको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ । -नयाँ पत्रिका दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह