२०८२, १८ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘उत्तर कोरियालाई ध्वस्त बनाउनुको विकल्प छैन’ : अमेरिकी राष्ट्रपति ट्रम्प

२०७४, ४ आश्विन बुधबार ०२:५९

असोज ४, काठमाडौँ | अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रंपले 'उत्तर कोरियालाई ध्वस्त बनाउनुको विकल्प छैन' भन्दै आफ्नो सम्बोधन दिएका छन् ।

ट्रंपको यो अभीव्यक्तिलाई लिएर विश्वभर नयाँ चर्चा सुरु भएको छ । जे-जति गर्दा पनि उत्तरकोरियाले आफ्नो हठ नछाडेपछी अमेरिकाले उत्तर कोरियालाई नै ध्वस्त बनाउने बिषय उठाएका हुन् । 

यस्तो छ ट्रम्पको सम्बोधन 

संयुक्त राष्ट्रसंघका महासचिव, विश्वका नेतागण तथा यस महासभामा सम्मानित प्रतिनिधिहरूलाई न्युयोर्कमा स्वागत छ । मेरो गृह नगरमा अमेरिकी नागरिकहरूको प्रतिनिधिका रूपमा विश्वका मानिसहरूलाई सम्बोधन गर्न पाउँदा मलाई निकै गौरव महसुस भइरहेको छ । हाम्रो देशका लाखौँ मानिसहरू हार्बे र इर्माजस्ता समुद्री आँधीबाट प्रभावित भइरहेका वेला आँधीपीडितलाई सहयोग प्रदान गर्ने विश्व समुदायप्रति आभार व्यक्त गर्न चाहन्छु । अमेरिकी नागरिकहरू दृढ र लचकदार छन् । उनीहरू यसअघिभन्दा अझै बढी दृढ भएर आँधीपछिको पीडाबाट अगाडि बढ्ने मेरो विश्वास छ।

सौभाग्यवश, गत नोेभेम्बर ८ मा सम्पन्न राष्ट्रपति निर्वाचनपछि अमेरिकाले धेरै राम्रो काम गरेको छ । हाम्रा नियामक निकाय र अन्य सुधारका कारण बेरोजगारदर १६ वर्षयताकै सबैभन्दा तल्लो बिन्दुमा झरेको छ । यसअघिको तुलनामा अमेरिकामा धेरैभन्दा धेरै मानिसहरूले रोजगारी पाएका छन् । पुनस्र्थापना भएका कम्पनीहरूले रोजगारी वृद्धि गरेका छन् । हामीले सैन्य र रोजगारीका क्षेत्रमा सात सय अर्ब डलर खर्च गर्दै छौँ । हाम्रो सेना इतिहासमै अहिलेसम्मकै सबैभन्दा शक्तिशाली हुँदै छ ।

हाम्राअगाडि देखिएका निकै गम्भीर खतराहरू र त्यसलाई समाधान गर्ने उपायबारे सम्बोधन गर्दै छु । हामी असामान्य अवसरको घडीमा बाँचिरहेका छौँ । विज्ञान, प्रविधि र औषधिमा भएका ब्रेकथ्रुले विभिन्न रोग निको पार्नुका साथै हामीभन्दा पहिलेका पुस्ताले असम्भव सोचेको समस्या समाधान गरिरहेका छौँ । तर, हरेक दिन निम्तिने खतराले हाम्रा मूल्य र मान्यतालाई जोखिममा पारेको छ । अतिवादी र विखण्डनकारीले शक्ति जुटाएका छन् र सबै क्षेत्रमा विस्तार भएका छन् । संयुक्त राष्ट्रसंघमा प्रतिनिधित्व गर्ने भ्रष्ट शासकहरूले अतिवादलाई समर्थन मात्र गरेका छैनन् मानवजातिका लागि नै सबैभन्दा विनाशकारी हतियारले अन्य राष्ट्र र ती देशका मुलुकहरूलाई जोखिममा पारेका छन् ।

आफ्ना कर्तव्य पूरा गर्ने, भाइचारा खोज्ने, अन्य मुलुकहरूलाई सम्मान गर्ने र यस अनौठो ग्रहका मानिसहरूको शान्तिको भविष्य अंगीकार गर्ने गौरवान्वित स्वतन्त्र राष्ट्रहरूको परिकल्पना नै हाम्रो आशा हो । शान्ति, स्वतन्त्रता, न्याय र मानवीय परिवारका लागि हामीहरू सँगसँगै संघर्ष गर्नेछौं, सँगै बलिदान दिनेछौँ र एउटै मञ्चको छातामुनि उभिनेछौँ । यो नै संयुक्त राष्ट्रसंघको सच्चा दृष्टिकोण र विश्वको सन्देश हो ।

भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोले आफ्ना देशका असल नागरिकहरूमाथि असह्य पीडा र दुःख लादेका छन् । मदुरो भेनेजुएलाका पछिल्ला तानाशाह हुन् । हालै भेनेजुएलामा सम्पन्न संविधानसभाको निर्वाचन कुनै हालतमा पनि विश्व समुदायलाई स्वीकार्य छैन । निर्वाचनले त्यहाँका नागरिकको स्वतन्त्रता हरण गरेको छ । भेनेजुएला सरकारका क्रियाकलापप्रति हाम्रो पूर्ण रूपमा असहमति छ । त्यहाँका नागरिकहरूमा पुनः स्वतन्त्रता स्थापित गर्न र प्रजातन्त्र पुनस्र्थापना गर्ने विश्व समुदायको साझा लक्ष्य छ । भेनेजुएलामा विश्वासिलो ढंगले समाजवाद पालना गरिएको छ, तर त्यसले समाज र देशमा सकरात्मक प्रतिक्रिया ल्याउन सकेको छैन, जसका कारण त्यहाँ समस्या मात्र सिर्जना भएको छ ।

उत्तर कोरियाको आणविक हतियार र ब्यालिस्टिक मिसाइलको अविवेकी खोजीले सम्पूर्ण विश्वलाई नै चुनौती दिएको छ । त्यो आणविक कार्यक्रमले सम्पूर्ण मानवजातिकै अकल्पनीय क्षति हुने खतरा झन् बढेको छ । उत्तर कोरियाले आगामी दिनमा पनि निरन्तर रूपमा उत्तेजक कार्य गरेमा प्योङयाङलाई पूर्ण रूपमा ध्वस्त गर्नुको विकल्प छैन ।

राष्ट्र संघको नेतृत्वमा यस सम्मेलनमा सहभागी विश्वका शक्तिशाली मानिसहरू विश्वका खराब र जटिल समस्याको समाधान गर्न सक्षम छन् । विश्वमा भएका जल्दाबल्दा समस्याबारे राष्ट्रसंघ सबैभन्दा बढी जिम्मेवार छ । विश्वभरका मानिसको आत्मसम्मान र स्वतन्त्रताको प्रभावकारी वकालतका लागि राष्ट्रसंघ सबैभन्दा बढी जिम्मेवार छ ।

अमेरिकाको इरानसँगको आणविक सम्झौताले तेहरानलाई सम्भावित आणविक कार्यक्रम सञ्चालन गर्न एउटा बाहिरी आवरण प्रदान गरेको छ । इरानले निरन्तर रूपमा अस्थिरता निम्त्याउने कार्य गरेमा र आणविक गतिविधिलाई निरन्तरता दिएमा अमेरिका ऊसँग भएको सम्झौता पालना गर्न बाध्य हुनेछैन । अमेरिकाले इरानसँग इतिहासमै सबैभन्दा खराब र एकपक्षीय (इरान पक्षीय) कारोवार गरेको छ । इरानी नेताहरूले अमेरिकाले दिएको अन्तिम चेतावनीलाई सुनेका छैनन् । इरानी नेताहरूले अब ममाथि विश्वास गर्नुहोस् ।

विश्वमा लाखौँ मानिसहरूको मृत्यु, दशौँ हजारको यातना र अन्य दशौँ हजारको दमनको मुख्य कारण उत्तर कोरियाली नै भ्रष्ट मुलुक हो । उत्तर कोरियाली शासकको प्रत्यक्ष निर्देशनमा कोरिया पुगेका अमेरिकी छात्र ओटो वार्मवियरलाई चरम यातना दिएर हत्या गरिएको छ । उत्तर कोरियाको आणविक हतियार र ब्यालिस्टिक मिसाइलको अविवेकी खोजीले सम्पूर्ण विश्वलाई नै चुनौती दिएको छ । उत्तर कोरियाको आणविक कार्यक्रमले सम्पूर्ण मानवजातिकै अकल्पनीय क्षति हुने खतरा झन् बढेको छ । आणविक द्वन्द्वले विश्वलाई जोखिममा पारेको मुलुकसँग केही मुलुकहरूले आर्थिक र वित्तीय कारोवार गर्दै उसलाई समर्थन गर्नु लाजमर्दो कार्य हो । उत्तर कोरियाले आगामी दिनमा पनि निरन्तर रूपमा उत्तेजक कार्य गरेमा प्योङयाङलाई पूर्ण रूपमा ध्वस्त गर्नुको विकल्प छैन । अमेरिकाले उत्तरकोरियाका उत्तेजक कार्यप्रति अहिलेसम्म ठूलो संयमता देखाइरहेको छ । रकेट म्यान किम जोङ उन अहिले आत्महत्याको अभियानमा छन् ।

शान्ति, स्वतन्त्रता, न्याय र मानवीय परिवारका लागि हामीहरू सँगसँगै संघर्ष गर्नेछौँ, सँगै बलिदान दिनेछौं र एउटै मञ्चको छातामुनि उभिनेछौँ । यो नै संयुक्त राष्ट्रसंघको सच्चा दृष्टिकोण र विश्वको सन्देश हो । विश्वमा भएका जल्दाबल्दा समस्याबारे राष्ट्रसंघ सबैभन्दा बढी जिम्मेवार छ ।

हामीले हाम्रा देशहरू, यहाँका नागरिक र उनीहरूको भविष्यको रक्षा गर्नुपर्छ । युक्रेनदेखि दक्षिण चाइना सागरमा हाम्रो सार्वभौमसत्तामाथि भएका खतरा स्वीकार्य छैन । अमेरिकाले स्वदेश र विश्वका विभिन्न ठाउँबाट चुनौती सामना गरिरहेको छ । कानुन, सीमा, संस्कृतिको सम्मानलाई कायम राख्दै हामीबीच सहकार्य हुनु आवश्यक छ । हाम्रो सम्बन्धमा उथलपुथल ल्याउने र आतंक सिर्जना गर्नेविरुद्ध एकजुट भएर मुकाबिला गर्नुपर्छ ।

म राष्ट्रपतिको पदमा रहुन्जेल अमेरिकी चासोको रक्षा गर्नेछु । तर, हाम्रो मुलुकमा कर्तव्य पूरा गर्ने सवालमा भविष्यको खोजीका लागि सबैको चासोलाई पनि महसुस गर्नुपर्छ, जहाँ सबै मुलुक सार्वभौम रूपमा समुन्नत र सुरक्षित हुनेछन् । संयुक्त राष्ट्रसंघको चार्टरमा उल्लेख भएका मूल्य र मान्यताको रक्षा र त्यसको पूर्णपालनाका लागि अमेरिका भाषणभन्दा पनि व्यवहारमा उतार्न चाहन्छ । हाम्रो स्वतन्त्रताको रक्षा र अन्य मुलुकहरूको स्वतन्त्रताका लागि अमेरिकाले अन्तिम मूल्य चुकाएको छ ।

अमेरिकामा मानिसहरूले अन्य मानिसको नियममाथि शासन गर्छन् र जनताहरू सार्वभौम हुन्छन् । मेरा देशका नागरिकहरूको सेवा गर्नका लागि म राष्ट्रपतिमा निर्वाचित भएको हुँ । म जहिले पनि पहिलो नीतिको पक्षमा छु । जसरी तपाईंले आफ्नो देशलाई पहिलो प्राथमिकतामा राख्नुहुन्छ त्यसैगरी, मैले पनि अमेरिकालाई पहिलो प्राथमिकतामा राखेको छु ।

विभिन्न मुलुकहरूको समान संस्कृति वा सरकारको एउटै प्रणाली होस् भन्ने त हामी चाहन्नौँ । तर, सबै मुलुकहरूले सार्वभौसत्ताका कर्तव्यलाई पालना गर्नुपर्छ । सबै मुलुकहरूले आफ्ना देशका नागरिकको चासोप्रति सम्मान गर्नुपर्छ र अन्य सार्वभौम मुलुकको अधिकार पनि सम्मान गर्नुपर्छ । भगवान्ले सोचेजस्तो जीवनलाई भरिपूर्ण बनाउन र यस धर्तीका सबै मानिसहरूलाई समुन्नत बनाउन विभिन्न मुलुकहरूबीच ‘पारस्परिक सम्मान’को विचार अंगीकार गर्नुपर्छ ।

अधिनायकवादी सत्ताले मूल्य, प्रणाली र गठबन्धनलाई भत्काउन खोज्छन् । वास्तवमा मूल्य र प्रणालीले विश्वलाई द्वन्द्वबाट जोगाएको छ र द्वितीय विश्वयुद्धपछि विश्व स्वतन्त्रताप्रति ढल्किएको छ । गरिबी निवारण गर्दै विश्वलाई हिंसा र त्रासबाट जोगाउनुपर्छ । मेरो प्रशासनले रोजगारी र सैन्य रक्षाको खर्चमा वृद्धि गरेको छ । विभिन्न उद्योगधन्दा स्थापित भएका छन् । 

(अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त राष्ट्रसंघको ७२औँ महासभालाई गरेको सम्बोधनको सम्पादित अंश) / नयाँपत्रिकाको सहयोगमा  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी प्रतिनिधि सभाको सभामुख निर्वाचन चैत २२ गते हुने एसइईको रिजल्ट एक महिनाभित्रै निकाल्ने दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालकको मृत्यु सिंहदरबारमा सर्वदलीय बैठक जारी कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सुरु गृहमन्त्री गुरुङले गरे प्रहरी परिसर काठमाडौँको अवलोकन महाकालीमा नुहाउने क्रममा बगेर एकजना बेपत्ता यातायात कार्यालयबाट १६ बिचौलिया पक्राउ तोलामा ७४ सयले बढ्यो सुनको मूल्य, कतिमा भइरहेछ कारोवार ? विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल