२०८२, २६ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एमालेको नजरमा कांग्रेस, माओवादी र मधेसकेन्द्रित दल

२०७४, ७ आश्विन शनिबार ०३:३२

असोज ७, काठमाडौँ ।

कांग्रेस 

संविधान निर्माण र संशोधन, संघीयता, सीमा निर्धारणजस्ता विषयलाई अरू देशसँगको छलफलको एजेन्डा बनाउँछ ।

दुईवटा छिमेकी देशमध्ये एकसँग विशेष सम्बन्ध राख्दै एकातिर ढल्किन चाहन्छ । जातीय क्षेत्रीय अतिवादलाई आफ्ना क्षणिक स्वार्थका लागि बढावा दिन चाहन्छ । इतिहासका खासखास कालखण्डको लोकतान्त्रिक आन्दोलनमा सकारात्मक भूमिका खेले पनि कांग्रेस एमालेप्रतिको प्रतिशोधी भावना, सत्तास्वार्थ, भ्रष्टता र राष्ट्रियताका प्रश्नमा अविश्वसनीय शक्तिका रूपमा देखिएको छ । 

देशको पहिलो राजनीतिक शक्तिको दाबी गर्दै आए पनि पहिलोचोटि एमालेसँग एक्लै प्रतिस्पर्धा गर्ने सामथ्र्य गुमाएको छ । माओवादीलगायतसँग वैशाखी टेक्ने स्थितिमा पुग्नु शक्ति क्षयीकरण र कमजोर आत्मविश्वासको उपज हो ।

माओवादी केन्द्र 

नीतिगत विचलन र परिणाम निरन्तर ओरालो लाग्दै जाने स्थिति यस निर्वाचनको अर्को चारित्रिक विशेषता हो । 

राजनीतिक अवसरवाद, एमालेविरुद्धको प्रतिशोध र कुण्ठा एवं विगतको गल्तीहरूको सम्भावित परिणतिबाट जोगिने मनोवैज्ञानिक दबाबका कारण आज नेपालको कम्युनिस्ट आन्दोलन र राष्ट्रिय हितकाविरुद्ध विभिन्न शक्तिहरूबाट उपयोग हुने बिन्दुमा पुगेको छ । 

एमालेको विकासमा आफ्नो आधार संकुचन हुने र एमालेको विनाशबाट मात्र आफ्नो आधार फैलिने निष्कर्षमा पुगेको छ । यसले उसलाई आगामी दिनमा झनै दिशाविहीन र कमजोर बनाउँदै लैजानेछ ।

मधेसकेन्द्रित दल 

लामो समय संविधानको विरोध र जातीयता–क्षेत्रीयतामाथि आधारित भएर राजनीति गर्दै आएका छन् । बाह्य शक्तिको आडभरोसामा जातीय–क्षेत्रीय अतिवादी नारा तथा सामाजिक विद्वेष र घृणामाथि आधारित भएर सञ्चालन भएका उनीहरूको राजनीति जनतामा आएको जागरणसँगै क्रमशः कमजोर बन्दै गएको छ । -नयाँ पत्रिका दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अबको प्रधानमन्त्री बालेन शाह हो, दायाँबायाँ कुरा गर्ने कसैलाई छुट छैन: राजुनाथ पाण्डे गृहमन्त्री र चिनियाँ राजदूतबीच भेटवार्ता पूर्वप्रधानमन्त्री भट्टराई भोलि भारत जाने एमालेका नेता विष्णु पौडेलको चुनाव खर्च २८ लाख उपभोक्ता ठग्ने ग्यास उद्योगी र विक्रेतालाई कारबाही गर्न महासंघको माग नेप्से परिसूचक ३२ अङ्कले घट्यो १६ वर्षीया किशोरीको बलात्कारपछि हत्या, ४ जना पक्राउ देशले दृष्टिकोण, योजना र काम गर्नसक्ने नेतृत्व खोजेको छ: कुलमान घिसिङ आमनिर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा पाकिस्तानद्वारा बधाई विवाहमा गएका दुई किशोरीको शव फेला अर्थमन्त्री खनालले फिर्ता गरे कूटनीतिक पासपोर्ट मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु वायु प्रदूषण बढ्यो, आम नागरिकलाई विशेष सतर्कता अपनाउन आग्रह सुनचाँदीको मूल्य बढ्यो समानुपातिकतर्फको मत गणनामा रास्वपाले कटायो ५० लाख मत सर्वोच्चले धनुषा–१ को निर्वाचन विवादमा आयोगलाई छलफलमा झिकायो निर्वाचन प्रहरीको बिहीबार बिदाइ गरिने गोरखा-१ मा रास्वपाका सुधन गुरुङ विजयी श्रीमती हत्याको आरोपमा श्रीमान् पक्राउ इलाम १ मा कांग्रेसका निश्कल राई विजयी