२०८२, १९ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दुई पूर्वसांसदलाई हराउँदै २८ बर्षीय युवा बने मेयर

२०७४, ८ आश्विन आईतवार ०२:३८

असोज ८, काठमाडौँ । दुई जना पूर्वसभासदलाई चुनावी भीडन्तमा पछार्दै २८ वर्षीय युवा दिपनारायण रौनीयार मन्टुले पर्सा जिल्लाको दोश्रो सदरमुकामका रुपमा परिचित पोखरीया नगरपालिकाको मेयरमा कब्जा जमाउन सफल भएका छन्।


पोखरीया नगरपालिकाको चुनावी मैदनमा उत्रिएका पूर्वसभासद एंव संघीय समाजवादी फोरम नेपालका उम्मेदवार प्रधुमन चौहान र पूर्वसभासद एंव नेपाली काँग्रेसका उम्मेदवार रामेश्वर रौनीयारलाइ पाखा लगाउदै नेपाल संघिय समाजवादी पार्टीका उम्मेदवार मन्टु मेयरमा विजयी भएका हुन्।

फोरम नेपालका उम्मेदवार चौहान २०६४ सालको पहिलो संविधानसभाको निर्वाचनमा पर्साको क्षेत्र नम्बर ४ बाट एमालेका तर्फबाट निर्वाचित भएका थिए। चौहान गत जेठमा मात्रै मधेस आन्दोलनको माग पूरा गर्न एमाले बाधक देखिएको भन्दै पार्टी परित्याग गरेर फोरम नेपालमा प्रवेश गरेका थिए।

यस्तै काँग्रेसका उम्मेदवार रौनीयार पनि २०६४ सालको पहिलो संविधानसभाको निर्वाचनमा समानुपातिकबाट काँग्रेसको सभासद बनेका थिए।रौनीयार २०५४ सालको स्थानीय निकायको निर्वाचनमा साविकको पोखरीया गाँविसको अध्यक्षमा पनि निर्वाचित भएका थिए।

उनका निकटतम प्रतिद्धन्द्धी फोरम नेपालका उम्मेदवार चौहानले भने २७६७ मत मात्रै पाए। यस्तै मेयरका अर्का प्रत्याशी रौनीयार भने १६६४ मात्रै मत प्राप्त गरि चौथो स्थानमा सिमित भए।

पहिलो मधेश आन्दोलन ताका तत्कालीन मधेसी जनअधिकार फोरमको विधार्थी संगठनबाट राजनीति यात्रा शुरु गरेका मन्टुले पोखरीयामा आन्दोलन अवधीभर पार्टीको मोर्चा सम्हालेका थिए।तर पछि पार्टी नेतृत्वले आफनो कामको सही मुल्यांकन नगरेको भन्दै रुष्ट बनेका मन्टु फोरम छाडेर केहि समय राजनीतीमा निस्कृय पनि बसे।

पुर्व गृहराज्यमन्त्री रिजवान अन्सारीले नेपाल संघीय समाजवादी पार्टी गठन गरे लगत्तै मन्टु पनि त्यही पार्टीमा समावेश भएर फेरि आफनो राजनीतिक यात्रालाइ सकृय बनाए।

भ्रष्टचार विरोधी युवा नेताका रुपमा जनताका बिच लोकप्रिय बनेका मन्टु स्थानीय तहको निर्वाचनमा दलगत भन्दा पनि आफनो व्याक्तिगत छविका कारण दुइ दुइ जना पुर्वसभभासदहरुलाइ चुनावी मैदानमा पछार्दै मेयरमा निर्वाचित भएको स्थानीय धर्मेन्द्र चौरसीया बताउछन्।

उपमेयरमा ३० वर्षीय मुस्लिम महिला निर्वाचित

पोखरीया नगरपालिकाको उपमेयरमा भने पत्रकारीता पेशा छाडेर भर्खरै राजनीतीमा प्रवेश गरेकी मुस्लिम समुदायकी ३० वर्षिया महिला सलमा खातुन विजयी भएकी छन्।

वीरगन्जको सामुदायिक रेडियो नारायणी एफएमका कार्यरत रहेकी खातुन मनोनयन दर्ताको एक साता पहिले मात्रै पत्रकारीता छाडेर संघीय समाजवादी फोरम नेपालमा प्रवेश गरेकी थिइन्।

फोरम नेपालकी उम्मेदवार खातुन २७०४ मतका साथ पोखरीया नगरपालिकाको उपमेयरमा विजयी भएकी हुन्।उनकी निटकतम प्रतिद्धन्द्धी नेपाल संघिय समाजवादी पार्टीकी उम्मेदवार विणा देवीले भने २४९५ मत मात्रै पाइन्।

कुल १० वटा वडा रहेको पोखरीया नगरपालिकाको पाच वटा वडाको वडा अध्यक्षमा भने काँग्रेस विजयी भएको छ।तीन वटा वडामा फोरम नेपाल र दुइ वटा वडामा नेपाल संघिय समाजवादी पार्टीले जित हात पारेको छ।

वडा नम्बर १ को वडा अध्यक्षमा फोरम नेपालका बंका राउत कुर्मी , वडा नम्बर २ मा नेपाल संघिय समाजवादी पार्टीका सुरेन्द्र यादव , वडा नम्बर ३ मा काँग्रेसका अजय गुप्ता , वडा नम्बर ४ मा काँग्रेसका लक्ष्मण साह कानु , वडा नम्बर ५ मा नेपाल संघिय समाजवादी पार्टीका उमा साह कानु , वडा नम्बर ६ मा फोरम नेपालका सियानन्द चौहान, वडा नम्बर ७ मा फोरम नेपालकै नन्दलाल पटेल , वडा नम्बर ८ मा काँग्रेसका किशोरी साह तेली , वडा नम्बर ९ मा पनि काँग्रेसकै रामबाबु चौहान र वडा नम्बर १० मा पनि काँग्रेसकै सोनालाल गोढ विजयी भएका हुन्। -अन्नपूर्ण पोस्ट दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी प्रतिनिधि सभाको सभामुख निर्वाचन चैत २२ गते हुने एसइईको रिजल्ट एक महिनाभित्रै निकाल्ने दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालकको मृत्यु सिंहदरबारमा सर्वदलीय बैठक जारी कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सुरु गृहमन्त्री गुरुङले गरे प्रहरी परिसर काठमाडौँको अवलोकन महाकालीमा नुहाउने क्रममा बगेर एकजना बेपत्ता यातायात कार्यालयबाट १६ बिचौलिया पक्राउ तोलामा ७४ सयले बढ्यो सुनको मूल्य, कतिमा भइरहेछ कारोवार ? विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल