२०८२, १९ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पूर्वमन्त्री यादव वडा सदस्यमा निर्वाचित

२०७४, ९ आश्विन सोमबार ०२:१४

असोज ९, काठमाडौँ । पूर्वविना विभागीय मन्त्री राजलाल यादव सिरहाको भगवानपुर गाउँपालिकाको वडा सदस्यमा निर्वाचित भएका छन् । 


भगवानपुर गाउँपालिकाको वडा नम्बर ३ को सदस्यमा उनी निर्वाचत भएका हुन् । उनले सदस्य पदमा ८ सय ७८ मत पाएका छन् । उक्त वडामा खसेको २ हजार ७ सय २१ सदर मत मध्ये उनले ८ सय ७८ मत मात्रै पाएका छन् । उनकै पार्टीबाट सदस्यमै उम्मेदवारी दिएका अरुण कुमार यादवले ९ सय ८ मत पाएका छन् ।

राजलाल यादव पूर्वविना विभागिय मन्त्री भएपनि उनको आफ्नै वडामा समेत अत्यधिक मत पाउन सकेनन् । संघीय समाजवादी फोरम नेपालबाटै उक्त वडाका लागि सदस्य पदमै उम्मेदवारी दिएका अरुण कुमार यादवले पूर्व विना विभागिय मन्त्री यादव भन्दा बढी मत ल्याएका छन् ।

७२ वर्षीय यादव पूर्वजिल्ला सभापति हुदै संविधानसभाको पहिलो निर्वाचनमा तत्कालिन मधेसी जनअधिकार फोरम नेपालबाट निर्वाचित भएका थिए । त्यसपछि उनी डा.बाबुराम भट्टराई नेतृत्वको मन्त्रीमण्डलमा विना विभागिय मन्त्रीसमेत बनेका थिए ।

यादव अहिले संघीय समाजवादी फोरम नेपालका केन्द्रीय सदस्य हुन् । वडा सदस्यमा निर्वाचित भएर पुनः जिल्ला समन्वय समितिको सभापति बन्ने उनको आकांक्षा रहेको बुझिएको छ । तर, सिरहाको १७ स्थानीय तह मध्ये ४ वटा गाउपालिकामा अध्यक्ष, उपाध्यक्ष र १ वटा नगरपालिकामा मेयरमा मात्र संघीय समाजवादी फोरमले विजयी हात पारेको छ । यसले गर्दा जिल्ला सभापति बन्ने उनको आकांक्षा हुने सम्भावना देखिदैन ।

सिरहामा ६ वटा स्थानीय तहमा नेकपा माओवादी केन्द्र, ४ वटामा नेकपा एमाले र दुई वटामा कांग्रेस जितेको छ । मतपरिणाम सार्वजनिक भएपछि मात्रै उनी वडा सदस्यको उम्मेदवार भई निर्वाचित भएको बारे जिल्लामा चर्चा चलेको छ । सिरहाको राजनीतिमा चासो राख्नेहरु धेरैले उनको यो कदमलाई मन पराएका छैनन् । -नयाँ पत्रिका दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी प्रतिनिधि सभाको सभामुख निर्वाचन चैत २२ गते हुने एसइईको रिजल्ट एक महिनाभित्रै निकाल्ने दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालकको मृत्यु सिंहदरबारमा सर्वदलीय बैठक जारी कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सुरु गृहमन्त्री गुरुङले गरे प्रहरी परिसर काठमाडौँको अवलोकन महाकालीमा नुहाउने क्रममा बगेर एकजना बेपत्ता यातायात कार्यालयबाट १६ बिचौलिया पक्राउ तोलामा ७४ सयले बढ्यो सुनको मूल्य, कतिमा भइरहेछ कारोवार ? विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल