६ पुष २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यस कारण माओवादी तालमेलमा नअलमलिने

१० आश्विन २०७४, मंगलवार ०१:४०

असोज १०, काठमाडौं । माओवादी केन्द्रले आसन्न संघीय संसद् र प्रदेशसभा निर्वाचनका लागि तत्कालै चुनावी तालमेलको बहसमा नअल्झिने रणनीति बनाएको छ । 

कांग्रेस-एमाले दुवैबाट चुनाव तालमेलका लागि आउने प्रस्ताव आफ्नो पार्टीलाई अल्झाउने र कोही-कसैसँग पनि तालमेल गर्न नदिई आफैं पहिलो दल बन्ने रणनीतिअनुसार आएको बुझाइ माओवादीको छ ।

‘हामी जता मिल्छौं, उत्तै बहुमत पुग्ने देखिएपछि हामीसँग तालमेल गर्न सकिने प्रस्ताव आएका हुन्’, माओवादी केन्द्रका सचिवालय सदस्य चक्रपाणि खनाल (बलदेव) ले अन्नपूर्णसँग भने, ‘तर यस्तो प्रस्ताव माओवादीलाई अलमल्याउने र कसैसँग पनि तालमेल हुन नदिई आफैं पहिलो दल बन्ने रणनीतिसाथ आएको हुन सक्छ । हामी अहिल्यै तालमेलका रणनीतिमा नफसी आफ्नै तयारीमा लाग्दै छौं ।’

माओवादीभित्र चुनावी तालमेलदेखि गठबन्धन निर्माणसम्म दुई थरी धारणा छन् । एकथरी नेता अहिलेकै गठबन्धनअनुसार कांग्रेससँगै तालमेलको योजना बनाउनुपर्नेमा छन् । अर्काथरी वामगठबन्धन बनाएर जानुपर्नेमा देखिएका छन् । एमालेको पछिल्लो केन्द्रीय समितिमा कांग्रेस-माओवादी गठबन्धन तोडेर वामगठबन्धनको प्रयास एमालेले गर्नुपर्ने मत बलियो रूपमा उठेपछि त्यस्तो गठबन्धन प्रयासका विषयमा एमाले-माओवादी दुवै पार्टीभित्र बहस सुरु भएको छ ।

तर, माओवादीका केही नेता एमाले अध्यक्ष ओलीको माओवादीलाई गर्ने व्यवहार र कार्यशैलीका कारण एमालेसँग भन्दा कांग्रेससँगकै गठबन्धन निरन्तरताको पक्षमा देखिएका छन् ।‘एमालेसँग गठबन्धन हुँदै नभएको होइन, हामीले गरेकै हौं तर गठबन्धन तोड्ने काम माओवादीले गरेको होइन, एमालेले भएका सहमति कार्यान्वयन नगरी माओवादीलाई प्रयोग मात्र गर्न खोज्दा भत्किएको हो’, खनालले भने ।

आसन्न संघीय संसद् र प्रदेशसभा निर्वाचनमा पनि के कांग्रेससँगकै गठबन्धनमा माओवादी टिकिरहन्छ त ? खनाल त्यस्तो सम्भावना पनि लामो समय नरहने बताउँछन् ।‘कांग्रेसमा केन्द्रबाट भएको निर्णय तल्ला कमिटीमा लागू नै नहुने समस्या छ, कांग्रेसका तल्ला तहका कार्यकर्ता अलि बढी स्वच्छन्दजस्तो र क्याडर बेस भन्दा पनि मास बेसमा रहेका कारण गठबन्धन टिकाउन समस्या देखिन्छ’, खनालले चुनावी गठबन्धनमा कांग्रेस-एमालेसँगको माओवादी सम्बन्ध विश्लेषण गर्दै भने, ‘कांग्रेससँगको गठबन्धनभन्दा एमालेसँगको गठबन्धन कार्यान्वयनमा लैजान सजिलो देखिन्छ ।

एमालेसँगको गठबन्धन सापेक्षित रूपमा कांग्रेससँग भन्दा सजिलो, कार्यकर्तालाई भोट हाल्न पनि खुसीसाथ जान सक्ने वातावरण निर्माण गर्न सक्छ । तर, अहिले माओवादी तालमेलका विषयमा खुलिसकेको छैन ।’

स्थानीय तह निर्वाचनमा माओवादीले धेरै स्थानमा कांग्रेससँग तालमेल गरेको पनि थियो । तर, केही मात्रामा तालमेल सफल देखिए पनि पूर्णरूपमा सफल भने हुन नसकेको निष्कर्षमा माओवादी छ । दुई नम्बर प्रदेशमा केन्द्रले तालमेल गर्न गरेको प्रयास तल्ला कमिटीले नमानेका कारण सम्भव हुन सकेन । यसले पनि दुई पार्टीको गठबन्धन टिकिरहने अवस्था देखिँदैन ।तर, एमालेसँगको गठबन्धनमा भने दुवैका क्याडर बेस पार्टी भएका कारण टिक्न सक्ने विश्वासमा माओवादी छ ।

एमाले नेता वामदेव गौतमले यो बीचमा एमाले-माओवादीबीच एउटै चुनाव चिह्न लिएर निर्वाचनमा जानेसम्मका प्रस्ताव सार्वजनिक रूपमै राखेका थिए । तर, त्यस्तो प्रस्ताव तत्काल सम्भव नभएको खनालले बताए ।

उनले चुनावी तालमेल कार्यनीतिक प्रश्न मात्र भएकाले दुवै पक्षले सहमति कार्यान्वयन गर्ने सर्तमा आवश्यकताका आधारमा जुनकुनै (कांग्रेस-एमाले) दलसँग हुन सक्ने भए पनि तत्काल भने माओवादी आफ्नै तयारीमा लाग्ने प्रस्ट्याए । अन्नपूर्ण पोष्ट दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
‘ग्रे लिस्ट’बाट बाहिर निस्किन भएका प्रगतिबारे प्रधानमन्त्रीको चासो नेपाललाई डिजिटल मार्गमा अगाडि बढाउने गरी काम गरिरहेका छौँ: मन्त्री खरेल सिंहदरबार धाइरहेका सहिदका बुबा भन्नुहुन्छः छोराको बलिदान खेर नजाओस् नेकपालाई बहुमत दिनुस्, जनअपेक्षा पूरा गर्छौँ ः सहसंयोजक नेपाल युद्धविराम सम्झौताको बावजुद गाजामा इजरायली आक्रमण जारी निर्वाचनमा होमिने जनता र राजनीतिक दलको चाहना छः संयोजक दाहाल मुलुकलाई राजनीतिक निकास दिन एमाले अझ क्रियाशील हुने अपेक्षा रास्वपाद्वारा सातै प्रदेशका उम्मेदवारसँग छलफल भारतमा रेल दुर्घटनामा परी सात वटा हात्तीको मृत्यु रवि लामिछानेले देश निर्माणका लागि जुनसुकै त्याग गर्न तयार रहेको बताए मुलुकको आर्थिक विकासका लागि सबै उद्यमी–व्यवसायी लाग्नुपर्ने सप्तगण्डकी बहुउद्देश्यीय आयोजना अगाडि बढाउनुपर्ने महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान समयमा काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता तोडिन्छः मन्त्री घिसिङ पर्यटन व्यवसायीलाई चिनियाँ भाषा तालिम बालश्रम अन्त्यका लागि सरकार र नागरिक समाजले हातेमालो गर्न आग्रह गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य सङ्कटको जोखिममा पूर्वराष्ट्रपति भण्डारीद्वारा एमाले नेतृत्वलाई बधाइ जेनजी सुशासन सहिदकी आमाको सन्देश : कान्छो छोरोको निधनपछि मन आतिएको छ, सरकारले जनाताको भलो गरोस् राहुघाट जलविद्युत् आयोजना : ९० प्रतिशत बढी भौतिक प्रगति