१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

तीनजनाको लोभलाग्दो मित्रता: यो पो हो त आत्मीयता !

१० आश्विन २०७४, मंगलवार ०२:०४

असोज १०, काठमाडौं । कुनै पनि प्रतिस्पर्धामा प्रायः वैमनश्य हुन्छ । ईर्ष्या अनि डाह हुन्छ । 

तर, नेपाल आइडलको फाइनलमा पुगेका बुद्ध लामा, निशान भट्टराई र प्रताप दास एकअर्कामा दुःखसुख साटासाट गर्छन् । सँगै हाँस्न अनि रमाउन चाहन्छन् । कतारबाट नेपाल फर्केका उनीहरू अहिले पनि एकअर्कासँग छुट्टिन चाहिरहेका छैनन् ।


उनीहरूको आत्मीयता देख्दा लाग्छ, प्रतियोगिताको जितहार हुन बाँकी नै छ । अर्थात्, विजेता, फस्ट रनरअप र सेकेन्ड रनरअप भएको अनुभूति उनीहरूमा खासै देखिँदैन ।नेपाल आइडलको फाइनलपछि पहिलोपटक अन्नपूर्ण पोस्ट्सँग कुराकानी गर्दै तीनैजनाले आआफ्नो अनुभूति साटेका छन् । ‘लगभग चार महिना सँगै बस्यौं । हामीबीच हरेक कुरा सेयर हुन्थ्यो’, नेपाल आइडल विजेता बुद्ध लामा भन्छन्, ‘अहिले पनि हाम्रो आत्मीयता उस्तै छ । हामी प्रतिस्पर्धी हौं भन्ने कहिल्यै लागेन ।’

लगभग पाँच महिनाअघि नेपाल आइडलको अडिसन हुँदा तीनैजना सामान्य व्यक्ति थिए । परिवार, आफन्त अनि छरछिमेकमा सीमित उनीहरूको परिचय अहिले सात समुद्र पारिसम्म फैलिएको छ । नेपाल आइडलको फाइनलमा पुगेपछि उनीहरूको शान र मानको आकलन नौ करोड ३१ लाख ८३ हजार तीन सय ३५ भोट, फाइनलका लागि कतारमा ओइरिएका हजारौं दर्शक अनि उनीहरूलाई स्वागत गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेका हजारौंको भीडबाट सजिलै गर्न सकिन्छ ।

नेपालमा पहिलोपटक भित्र्याइएको अन्तर्राष्ट्रिय फ्रेन्चचाइज सेरिज आइडलको नेपाली संस्करणले नेपाली टेलिभिजनमा क्रान्ति ल्याएको बताउनेहरूको कमी छैन । यति भव्य प्रतियोगिताको फाइनलमा पुगेका तीन युवाबीचको प्रतिस्पर्धा निकै रोमाञ्चक रह्यो । प्रतियोगिताका फस्ट रनरअप निशान भट्टराईको अनुभूति पनि त्यस्तै छ ।

‘प्रतिस्पर्धा भनेपछि हामीमात्रै होइन, अडिसनमा सहभागी हुनेहरूको समेत चाहना जित नै हुन्छ’, निशानले भने, ‘तर हामी कसरी राम्रो प्रस्तुति दिने भनेर एकअर्कामा सल्लाह गथ्र्यौं । कोही बाहिरिँदा नमीठो लाग्थ्यो । फाइनलपछि पनि हामीबीचको आत्मीयता उस्तै छ ।’ नेपाल आइडलजस्तो प्रतिष्ठित प्रतियोगितामा फस्ट रनरअप हुनु गौरवको विषय भएको निशानको भनाइ छ । ‘मैले जुन पोजिसन हासिल गरेँ, त्यसमा खुसी र सन्तुष्ट छु ।’

नेपाल आइडल विजेता बुद्धलाई भाइ भनेर सम्बोधन गर्छन् सेकेन्ड रनरअप प्रताप दास । 

बुद्ध पनि मायाले प्रताप दाइ भन्छन् । बुद्ध र निशानबीचको मित्रता देख्दा लाग्छ, उनीहरू प्रतिस्पर्धी नभई सहोदर दाजुभाइ हुन् । ‘प्रतियोगिता सकियो तर हाम्रो यात्रा जारी छ’, प्रतापले भने, ‘यतिका समय सँगै बसेर बिताएका क्षणहरू स्मरणीय छन् । हामी अब अलग हुनु परे पनि एकअर्कालाई जरुर मिस गर्छौं ।’ अन्नपूर्ण पोष्ट दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह