६ पुष २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

हिउँदमा लोडसेडिङ हुनसक्ने सङ्केत

२० आश्विन २०७४, शुक्रबार ०३:०२

असोज २०, काठमाडौं । धनुषास्थित ढल्केवरमा निर्माणाधीन अवस्थामा रहेको नेपाल विद्युत् प्राधिकरणको सव स्टेसन निर्धारित समयमा सम्पन्न नहुने भएपछि आउँदो हिउँदमा लोडसेडिङको तालिका आउने सङ्केत देखा परेको छ । 

ढल्केवर सव स्टेसन निर्माण सम्पन्न नभएपछि आगामी हिउँदको लोडसेडिङलाई दृष्टिगत गरी भारतबाट ल्याउने भनिएको थप ५५ मेगावाट बिजुली नेपाल भित्रिन नसक्ने अबस्थाले यस्तो सङ्केत देखा परेको हो । मुजफफपुर–ढल्केवर प्रशारण लाइनबाट नेपालले २०० मेगावाट बिजुली आयात गर्ने योजना बनाएको थियो ।

गतवर्षको हिउँदमा हाल यो प्रशारण लाइनबाट करिब १४५ मेगावाट बिजुली आयात गरिएको थियो । बिभिन्न नाका भएर गत वर्ष भारतबाट ३८५ मेगावाट जति आयात गरेको नेपालले ढल्केवरसहित यस वर्षको हिउँदमा यो वर्ष ४८० मेगावाट ल्याउने तयारी गरिरहेको थियो ।

नेपाल विद्युत् प्राधिकरणका अनुसार २२० केभी क्षमताको सव स्टेसन निर्माणका लागि ठेक्का सम्झौता भएको चिनियाँ कम्पनी सेन्ट्रल चाइना पावर ग्रीड (सीपीपीजी) ले सन्तोषजनक काम नगरेपछि उससँगको ठेक्का सम्झौता तोडिएको छ । अर्को ठेक्का प्रक्रिया गर्न लामो समय लाग्ने भएकाले प्राधिकरणलाई आगामी हिउँदको समयमा यस्तो चुनौती थपिएको हो ।

देशभरि नै विद्युत् माग बढिरहेका बेला भारतबाट बिजुली आयात गर्ने योजना सफल नहुँदा आउँदो हिउँदमा उपत्यकालगायतका लोडसेडिङमुक्त गरिएको स्थानमा विद्युत् आपूर्तिमा केही समस्या आउन सक्ने प्राधिकरणका अधिकारीले बताएका छन् ।

‘सो प्रशारण लाइनबाट यो वर्ष कम्तीमा २०० मेगावाट ल्याउने योजना हामीले बनाएका थियौँ तर ढल्केवर सवस्टेसे ठेक्का तोडिएपछि हाललाई यो सम्भव नहुने भयो’ उनले भने।

ढल्केवर सवस्टेसनमा ठेकेदार कम्पनीले प्रभावकारीरूपमा काम गरेको खण्डमा दुई महिनाभित्र सम्पन्न हुने थियो । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सो चिनियाँ कम्पनीसँगका ढल्केवर, इनरुवा र हेटौँडा गरी तीनवटा सव स्टेसनको ठेक्का तोडिएको जानकारी दिए। ठेक्का तोडिएपछि तीनवटा सव स्टेसनको काम अवरुद्ध भएको छ ।

ढल्केवर सव स्टेसन बन्न नसके पनि भारतबाट आयात गरिने भनिएको ५५ मेगावाट बिजुली टनकपुर प्रशारण लाइन मार्फत ल्याउने प्रयास गरिने प्राधिकरणले जनाएको छ तर टनकपुर नाकाबाट भित्रिएको बिजुली प्रशारण लाइनको अभावमा बुटवलदेखि पूर्वतर्फ ल्याउन नसकिने प्राविधिक समस्या पनि रहेको प्राधिकरणका अधिकारीले बताएका छन् । -गोरखापत्र दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
‘ग्रे लिस्ट’बाट बाहिर निस्किन भएका प्रगतिबारे प्रधानमन्त्रीको चासो नेपाललाई डिजिटल मार्गमा अगाडि बढाउने गरी काम गरिरहेका छौँ: मन्त्री खरेल सिंहदरबार धाइरहेका सहिदका बुबा भन्नुहुन्छः छोराको बलिदान खेर नजाओस् नेकपालाई बहुमत दिनुस्, जनअपेक्षा पूरा गर्छौँ ः सहसंयोजक नेपाल युद्धविराम सम्झौताको बावजुद गाजामा इजरायली आक्रमण जारी निर्वाचनमा होमिने जनता र राजनीतिक दलको चाहना छः संयोजक दाहाल मुलुकलाई राजनीतिक निकास दिन एमाले अझ क्रियाशील हुने अपेक्षा रास्वपाद्वारा सातै प्रदेशका उम्मेदवारसँग छलफल भारतमा रेल दुर्घटनामा परी सात वटा हात्तीको मृत्यु रवि लामिछानेले देश निर्माणका लागि जुनसुकै त्याग गर्न तयार रहेको बताए मुलुकको आर्थिक विकासका लागि सबै उद्यमी–व्यवसायी लाग्नुपर्ने सप्तगण्डकी बहुउद्देश्यीय आयोजना अगाडि बढाउनुपर्ने महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान समयमा काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता तोडिन्छः मन्त्री घिसिङ पर्यटन व्यवसायीलाई चिनियाँ भाषा तालिम बालश्रम अन्त्यका लागि सरकार र नागरिक समाजले हातेमालो गर्न आग्रह गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य सङ्कटको जोखिममा पूर्वराष्ट्रपति भण्डारीद्वारा एमाले नेतृत्वलाई बधाइ जेनजी सुशासन सहिदकी आमाको सन्देश : कान्छो छोरोको निधनपछि मन आतिएको छ, सरकारले जनाताको भलो गरोस् राहुघाट जलविद्युत् आयोजना : ९० प्रतिशत बढी भौतिक प्रगति