६ पुष २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यस्तो छ टिकट वितरणमा वाम गठबन्धनको रणनीति

२० आश्विन २०७४, शुक्रबार ०४:१३

असोज २०, काठमाडौं । वाम गठबन्धनले वर्चस्वका आधारमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा निर्वाचन क्षेत्र बाँडफाँट गर्ने भएको छ । 

निर्वाचन क्षेत्र निर्धारण गर्न गठित कार्यदलको बिहीबारको बैठकमा निर्वाचन क्षेत्र बाँडफाँटबारे छलफल भएको छ । ‘निर्वाचन क्षेत्र बाँडफाँट गर्दा कहाँ कसले निर्वाचन जित्न सक्छ, त्यसैलाई मुख्य आधार बनाएर जसरी पनि जित्ने गरी क्षेत्र निर्धारण गर्र्ने तयारी छ’, कार्यदल सदस्य तथा एमाले नेता सुरेन्द्र पाण्डेले भने ।

कुन क्षेत्रमा कुन पार्टीका उम्मेदवारले निर्वाचन जित्न सक्छन् भन्ने आधार खोजी गरी यही असोज २२ गतेभित्र निर्वाचन क्षेत्रको टुंगो लगाउने समझदारी कार्यदलमा भएको हो । 

नयाँ शक्तिलाई समझदारीमा आवश्यकताका आधारमा र बाँकी क्षेत्रमा एमालेका ६० र माओवादी केन्द्रका ४० प्रतिशत उम्मेदवार उठाउने सहमति गरेका ती दलले आफ्नो पकड रहेको निर्वाचन क्षेत्रमा पार्टीका उम्मेदवार उठाउनेछन् । त्यसका लागि दोस्रो संविधानसभा र स्थानीय तह निर्वाचनमा पार्टीहरूले प्राप्त गरेको मत र जितेका क्षेत्रलाई आधार बनाएर भागबन्डा गर्ने तयारी छ ।

तीन दलको पार्टी एकता संयोजन समितिको बुधबार बसेको बैठकले गठन गरेको निर्वाचन क्षेत्र निर्धारण समिति र निर्वाचन घोषणापत्र मस्यौदा समितिको बिहीबारको संयुक्त बैठकमा शीर्ष नेताहरूले कार्यदललाई त्यस्तो म्यान्डेट दिएपछि कार्यदलले तयारी गरेको हो ।

‘कार्यदललाई प्राप्त म्यान्डेटका आधारमा हामी कुन पार्टीका उम्मेदवारले कुन जिल्लाको कुन निर्वाचन क्षेत्रमा प्रत्यक्षतर्फ चुनाव लड्ने भन्ने विषयको टुंगो तीन दिनभित्र लगाइसक्छौं’, निर्वाचन क्षेत्र निर्धारणका लागि गठित कार्यदलका संयोजक तथा एमाले महासचिव ईश्वर पोखरेलले भने, ‘हामीले पाएको म्यान्डेटका आधारमै निर्वाचन क्षेत्र निर्धारण टुंग्याउँछौं ।’

उनका अनुसार शीर्ष नेताहरूले २०७० सालको संविधानसभा निर्वाचन र स्थानीय तह निर्वाचनमा प्राप्त गरेको मतका आधारमा निर्वाचन क्षेत्र निर्धारण गर्ने म्यान्डेट कार्यदललाई दिएका हुन् । 

उक्त म्यान्डेटअनुरूप मापदण्ड बनाएर निर्वाचन क्षेत्र निर्धारणको काम थालेको संयोजक पोखरेलले जानकारी दिए ।

कार्यगत एकतामा रहेका तीनै दलका शीर्ष नेताहरू लड्ने निर्वाचन क्षेत्र, पकडको निर्वाचन क्षेत्र, स्थानीय निर्वाचन र दोस्रो संविधानसभा निर्वाचनमा प्राप्त गरेको मतलगायत आधारमा वर्गीकरण गरी उम्मेदवार चयन गर्ने कार्यदलको तयारी छ ।

एमालेले जिल्लागत रूपमा पार्टीले प्राप्त गरेको मत र एकल रूपमा जितेका स्थानीय तहमा सोहीअनुसार पार्टीका उम्मेदवार उठाउन प्रस्ताव गरेको छ । त्यसो गर्दा निर्वाचन जित्न सजिलो हुने एमालेको प्रस्ताव छ । माओवादीले भने जिल्लागत रूपमै प्रतिनिधित्व हुने गरी निर्वाचन क्षेत्र बाँडफाँट गरेर जाँदा उपयुक्त हुने बताएको छ ।

प्रतिनिधिसभाका लागि प्रत्यक्षतर्फ १६५ र प्रदेशसभाका लागि ३३० निर्वाचन क्षेत्र छन् ।निर्वाचनकै लागि साझा घोषणापत्र तयार पार्न गठित घोषणापत्र मस्यौदा समितिले पनि सात दिनभित्र काम सक्ने जनाएको छ । समितिले बुधबार दिनभर एमाले नेता वामदेव गौतमको निवासमा मस्यौदामाथि छलफल गरेको थियो । घोषणापत्र मस्यौदाको नेतृत्व गौतमले गरिरहेका छन् ।

एमाले प्रस्ताव

जिल्लामा पार्टीले प्राप्त गरेको मत र स्थानीय तहमा जितेको आधारमा उम्मेदवार उठाउनुपर्ने ।

माओवादी प्रस्ताव

जिल्लागत रूपमै प्रतिनिधित्व हुने गरी निर्वाचन क्षेत्र बाँडफाँट गरेर जाँदा उपयुक्त ।

सात दिनभित्र साझा घोषणापत्र तयार गर्ने योजनामा घोषणापत्र मस्यौदा समिति । -अन्नपुर्ण पोष्ट दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
‘ग्रे लिस्ट’बाट बाहिर निस्किन भएका प्रगतिबारे प्रधानमन्त्रीको चासो नेपाललाई डिजिटल मार्गमा अगाडि बढाउने गरी काम गरिरहेका छौँ: मन्त्री खरेल सिंहदरबार धाइरहेका सहिदका बुबा भन्नुहुन्छः छोराको बलिदान खेर नजाओस् नेकपालाई बहुमत दिनुस्, जनअपेक्षा पूरा गर्छौँ ः सहसंयोजक नेपाल युद्धविराम सम्झौताको बावजुद गाजामा इजरायली आक्रमण जारी निर्वाचनमा होमिने जनता र राजनीतिक दलको चाहना छः संयोजक दाहाल मुलुकलाई राजनीतिक निकास दिन एमाले अझ क्रियाशील हुने अपेक्षा रास्वपाद्वारा सातै प्रदेशका उम्मेदवारसँग छलफल भारतमा रेल दुर्घटनामा परी सात वटा हात्तीको मृत्यु रवि लामिछानेले देश निर्माणका लागि जुनसुकै त्याग गर्न तयार रहेको बताए मुलुकको आर्थिक विकासका लागि सबै उद्यमी–व्यवसायी लाग्नुपर्ने सप्तगण्डकी बहुउद्देश्यीय आयोजना अगाडि बढाउनुपर्ने महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान समयमा काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता तोडिन्छः मन्त्री घिसिङ पर्यटन व्यवसायीलाई चिनियाँ भाषा तालिम बालश्रम अन्त्यका लागि सरकार र नागरिक समाजले हातेमालो गर्न आग्रह गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य सङ्कटको जोखिममा पूर्वराष्ट्रपति भण्डारीद्वारा एमाले नेतृत्वलाई बधाइ जेनजी सुशासन सहिदकी आमाको सन्देश : कान्छो छोरोको निधनपछि मन आतिएको छ, सरकारले जनाताको भलो गरोस् राहुघाट जलविद्युत् आयोजना : ९० प्रतिशत बढी भौतिक प्रगति