१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बैतडीमा मदिरा बेच्न नदिएको भन्दै जनप्रतिनिधिविरुद्ध मुद्दा

२१ आश्विन २०७४, शनिबार ०३:२१

असोज २१, काठमाडौं । मदिरा बेच्न रोक लगाएको भन्दै बैतडी जिल्लाको शिवनाथ गाउँपालिकाका मदिरा व्यवसायीले जनप्रतिनिधिविरुद्ध उच्च अदालत महेन्द्रनगरमा रिट (मुद्दा) दायर गरेका छन् । 

गाउँसभाले गाउँपालिकामा मदिरा नियन्त्रण अभियान सञ्चालन गरेपछि स्थानीय व्यवसायीले मदिरा निषेध गर्ने गाउँपालिकाको निर्णयविरुद्ध मुद्दा दायर गरेका हुन् ।

जनप्रतिनिधिविरुद्ध व्यवसायीहरूले मुद्दा दर्ता गरेको गाउँपालिका उपाध्यक्ष कुस्मा चन्दले बताइन् । ‘हामीले मदिरा व्यवसायीसँगको छलफलपछि पहिलो बैठकबाटै गाउँपालिकाभित्र मदिरा बेचबिखन रोक्ने निर्णय गरेका थियौं, तर उहाँहरूले यो निर्णयविरुद्ध मुद्दा दायर गर्नुभएछ,’ उनले भनिन् ।

जिल्ला अदालतबाट फोनमार्फत मदिरा व्यवसायीले मुद्दा दायर गरेको जानकारी पाएको उनको भनाइ छ ।

गाउँपालिकाभित्रका ८६ जना मदिरा व्यापारीको आन्तरिक बैठकले जनप्रतिनिधिविरुद्ध मुद्दा दायर गरेको हो । उनीहरूले उच्च अदालत महेन्द्रनगरमा गाउँपालिकाको निर्णयले व्यवसायमा असर परेको भन्दै मुद्दा दायर गरेको गाउँपालिकाका अध्यक्ष कर्णसिंह साउदले बताए ।

‘एउटै लाइसेन्स लिएर चार वटासम्म मदिरा पसल खोलेका छन्, बालबालिकाहरूलाई मदिरा नबेच्नुस् भन्दा पनि बेच्ने गर्छन्,’ उनले भने, ‘महिला हिंसा बढेको, विद्यार्थीको अध्ययनमा असर परेकोलगायतका कारण हामीले अभियान चाल्दा उल्टै मुद्दा हालेछन् ।’ -राजधानी दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन