१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राप्रपालाई यसरी फकाउँदै देउवा

२३ आश्विन २०७४, सोमबार ०१:५७

असोज २३, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले लोकतान्त्रिक गठबन्धनलाई मजबुत गराउने उद्देश्यका साथ राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापालाई सरकारमा आउन आग्रह गरेका छन् । थापासँग आइतबार अपराह्न भएको भेटमा देउवाले यस्तो गरेका हुन् ।

प्रधानमन्त्रीले सरकारमा सहभागी हुन गरेको आग्रहलाई सकारात्मक रूपमा लिँदै थापाले सोमबार बिहान पार्टी कार्यसम्पादन समितिको बैठक बोलाएका छन् । उक्त बैठकले सरकारमा जाने निर्णय गरेमा थापालाई महत्वपूर्ण मन्त्रालय दिएर सरकार पुनर्गठन हुने स्रोतको दाबी छ ।

राप्रपा उच्च स्रोतका अनुसार माओवादी मन्त्रीलाई हटाउन देउवाले सरकार विस्तार नभएर पुनर्गठन गर्ने भएका छन् । पुनर्गठित सरकारका थापालाई उपप्रधान एवं गृहमन्त्री बनाउने प्रवल सम्भावना छ । थापाले देउवासँग गृहसहित पाँचवटा मन्त्रालयको जिम्मेवारी मागेका छन् । राप्रपाका नेता एवं सामाजिक न्याय तथा मानव अधिकार समितिका सभापति सुशीलकुमार श्रेष्ठले सोमबार बिहान बस्ने पार्टी कार्यसम्पादन समितिको बैठकले प्रधानमन्त्रीबाट सरकारमा सहभागी हुन गरेको आग्रहसहितको प्रस्तावमा निर्णय हुन सक्ने बताए । ‘प्रधानमन्त्रीले सरकारमा सहभागी माओवादीलाई फिर्ता गराउँदै सरकार पुनर्गठन गर्दै छन् । आफूहरूले पाएको सूचनाअनुसार सरकार विस्तार होइन, पुनर्गठन हुन सक्छ’, उनले भने ।

प्रधानमन्त्री देउवा र अध्यक्ष थापाबीच सरकारमा रहेको दोस्रो घटकले निर्वाचन तालमेल र त्यसपछि पार्टी एकताभन्दै प्रमुख प्रतिपक्षी दलसँग गइसकेको अवस्थामा सरकार पुनर्गठन गर्नु उपयुक्त हुने परामर्श गरेको दाबी स्रोतले गरेको छ । एमाले र माओवादीले निर्वाचनका समयमा सरकार गठन, पुनर्गठन, विस्तारलगायत कार्य गर्न पाइँदैन भन्दै चलाएको चर्चाप्रति देउवा र थापाबीच लामो परामर्श भएको बताइएको छ ।

संविधानविद्हरूसँग विभिन्न समयमा अनौपचारिक परामर्श गरेका देउवा र थापा अन्ततः निर्वाचनका समयमा पनि सरकार विस्तार, पुनर्गठन गर्न मिल्नेमा एकमत भएका थिए । प्रधानमन्त्रीसँगको भेटमा थापासँगै सहभागी लोकतान्त्रिक गठबन्धन कार्यदलका सदस्य बुद्धिमान तामाङले देउवा र थापाबीच प्रतिनिधिसभा र प्रदेशसभाको सिट तालमेलका सम्बन्धमा मात्र वार्ता भएको बताए ।

‘हिन्दुका मागमा सकारात्मक’

राप्रपाका अध्यक्ष थापाले संविधानमा धर्मनिरपेक्षताको ठाउँमा हिन्दु धर्म र गणतन्त्रको ठाउँमा संवैधानिक राजतन्त्रका विषयमा वामपन्थी र लोकतान्त्रिक जुन गठबन्धनले स्विकार्छ, त्यसैको पक्षमा लाग्ने प्रस्ताव पटक-पटक लगेका थिए । थापाको प्रस्तावलाई प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीले अस्वीकार गरेको राप्रपा उच्च स्रोत बताउँछ ।

यद्यपि, राप्रपाले आफ्नो चुनावी मुद्दा भने ‘हिन्दु धर्म र राजतन्त्र’ कै विषयमा केन्द्रित गर्ने भएको छ । सोही चुनावी मुद्दाको कारण राप्रपाले संविधानसभाको दोस्रो निर्वाचनमा २५ सिट पाउन सफल भएको हो । प्रधानमन्त्री देउवाले अध्यक्ष थापालाई सरकारमा सहभागी हुन आग्रह गर्दा पनि थापाले हिन्दु र राजतन्त्रमा सकारात्मक हुन आग्रह गरेका थिए । देउवा राजतन्त्रको सवालमा पूरै मौन रहेका थिए । एक प्रश्नको उत्तरमा स्रोतले भन्यो, ‘राजतन्त्रमा मौन रहे पनि हिन्दु धर्ममा देउवाको पोजेटिभ बडी ल्यांग्वेज पाइयो ।’

थापाले देउवालाई कांग्रेस बीपीको कांग्रेस नबन्दा र भारतले नेपालको ‘टु पिलर सिस्टम’ नमानेको परिणाम मुलुकमा प्राप्त गणतन्त्रले स्थायित्व लिन नसकेको धारणा व्यक्त गरेका थिए । दुई खम्बे नीतिमा भारत गएको भए अहिले एमाले र माओवादी गठबन्धन हुने थिएन भन्ने कुरामा कांग्रेसलाई सोच्न आग्रह गरेका थिए । राप्रपाका नेता दिलनाथ गिरीले आफ्नो पार्टीले कांग्रेसको नेतृत्वमा रहेको लोकतान्त्रिक गठबन्धनलाई मजबुत गराउने बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन