१५ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दोस्रो चरणको निर्वाचनमा कस्तो छ दलको तयारी ?

११ मंसिर २०७४, सोमबार ०२:३९

मंसिर ११, काठमाडौं । कांग्रेसले पहिलो चरणमा उम्मेदवार बनेका नेतालाई आवश्यकताअनुसार दोस्रो चरण निर्वाचनका लागि खटाउने भएको छ । 

पहिलो चरणमा ३२ जिल्लाका ३७ प्रतिनिधिसभा र प्रदेश सभाका ७४ क्षेत्रमा आइतबार निर्वाचन सकिएपछि कांग्रेसले उनीहरूलाई दोस्रो चरणमा खटाउने नीति लिएको हो। 

निर्वाचन परिचालन समितिका संयोजक बालकृष्ण खाणले आवश्यकताअनुसार प्रतिनिधिसभाका ३५ सहित प्रदेश सभाका उम्मेदवारलाई बाँकी ४५ जिल्लामा खटाउने जानकारी दिए। यो खबर रमेश सापकोटा, वीरेन्द्र ओलीले आजको नयाँ पत्रिकामा लेखेका छन्।

‘निर्वाचन सकिए पनि केही उम्मेदवार प्राविधिक काममा जिल्लामै व्यस्त हुन सक्छन् तर अन्य ठाउँमा प्रचारमा जान तयार हुनेलाई हामी तत्काल खटाउँछौँ,’ खाणले भने, ‘४५ जिल्लामा केन्द्रीय प्रतिनिधि खटाए पनि उम्मेदवार भइसकेकालाई विशेष प्रतिनिधिका रूपमा खटाउने तयारीमा छौँ।’ पहिलो चरणको निर्वाचन भए पनि मतगणना दोस्रो चरणको निर्वाचनपछि मात्र हुने भएकाले उम्मेदवार भइसकेका नेतालाई पनि प्रचारमा खटाएर पार्टीका पक्षमा थप माहोल बनाउने नीति कांग्रेसले लिएको हो। 

वाम गठबन्धन बन्दा धेरै सिट जित्न दबाबमा परेको कांग्रेसले प्रचारलाई थप प्रभावकारी बनाउन नेताहरूलाई जिल्लाको तल्लो तहसम्मै परिचालनको नीति लिएको छ। ‘हामी पहिलो चरणमा उम्मेदवारलाई पनि सोध्छौँ, जानुपर्ने ठाउँमा पठाउँछौँ। उहाँहरूको प्रभावकारिताअनुसार पठाउने तयारी छ,’ खाणले भने।

पहिलो चरणका शीर्ष नेता दोस्रो चरणको निर्वाचनमा केन्द्रित गर्दै एमाले

पहिलो चरणको प्रतिनिधि र प्रदेश सभा निर्वाचनमा उम्मेदवार भएका एमाले शीर्ष नेता दोस्रो चरणको निर्वाचनमा केन्द्रित हुने भएका छन्। पहिलो चरणमा उम्मेदवार भएका योगेश भट्टराई, शेरधन राई, पृथ्वी सुब्बा गुरुङ, अरुण नेपाल, राजेन्द्र पाण्डेलगायत नेता चुनावी प्रचारप्रसारमा खटिनेछन्। एमालेबाट पहिलो चरणभन्दा दोस्रो चरणको निर्वाचनमा धेरै शीर्ष नेता छन्।

एमाले सचिवसमेत रहेका भट्टराईले पहिलो चरणमा निर्वाचन भइसकेका क्षेत्रका नेतालाई चुनावी गतिविधिमा खटाइने बताए। ‘पहिलो चरणको निर्वाचन भर्खर सकिएको छ,’ उनले भने, ‘पहिलो चरणको निर्वाचनमा उम्मेदवार भएका शीर्ष नेतालाई कार्यतालिका बनाई खटाउँछौँ।’ निर्वाचन प्रचारप्रसारलाई आक्रामक बनाउन नेताहरूलाई व्यवस्थित रूपमा परिचालन गर्ने उनको भनाइ छ।

दोस्रो चरणको निर्वाचन प्रचारप्रसारमा जुट्दै माओवादी नेता

पहिलो चरणको निर्वाचन सम्पन्न भएलगत्तै माओवादी केन्द्रका सबै शीर्ष नेता दोस्रो चरणको निर्वाचन प्रचारप्रसारमा केन्द्रित हुने भएका छन्। दोस्रो चरणको निर्वाचन २१ मंसिरमा हुँदै छ। 

माओवादीले पहिलो चरणमा निर्वाचन भएका जिल्लाका उम्मेदवार कहाँ–कहाँ खटिने भन्ने विषयमा निर्णय नगरेको नेता शक्तिबहादुर बस्नेतले बताए। पहिलो चरणमा उम्मेदवार भएका नेता बस्नेत, वर्षमान पुन, जनार्दन शर्मा, अग्नि सापकोटा, कृष्णबहादुर महरालगायत नेता दोस्रो चरणको निर्वाचनको प्रचारप्रसारमा खटिने भएका छन्। 

जाजरकोटबाट प्रतिनिधिसभा उम्मेदवार रहेका बस्नेतले प्रदेश नम्बर ५ र ६ मा पर्ने जिल्लाका चुनावी कार्यक्रममा आफू केन्द्रित हुने बताए। ‘मेरो निर्वाचन क्षेत्रमा निर्वाचन सम्पन्न भइसकेको छ,’ उनले भने, ‘आगामी दिनमा निर्वाचन प्रचारप्रसारमा स्थानीय पार्टी नेता कार्यकर्तासँग सल्लाह गरेर कार्यतालिका बनाई खटिन्छु।’

दुवै राप्रपाले सम्पूर्ण पंक्ति परिचालन गर्ने

राप्रपा र राप्रपा प्रजातान्त्रिकले पहिलो चरणमा निर्वाचन सकिएका जिल्लाका नेता–कार्यकर्तालाई दोस्रो चरणमा निर्वाचन हुने क्षेत्रमा खटाउने भएका छन्। कांग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धनबाट निर्वाचन लडेका दुवै दलले दोस्रो चरणको निर्वाचनका लागि पार्टीको सम्पूर्ण पंक्ति परिचालन गर्ने भएका हुन्। 

कुन नेतालाई कहाँ खटाउने भन्ने विषयमा भने दुवै पार्टीले बैठक बसेर निर्णय गर्ने बताएका छन्। राप्रपा र राप्रपा प्रजातान्त्रिकले प्रतिनिधिसभामा कांग्रेससँगको तालमेलमा चार–चार स्थानमा उम्मेदवारी दिएका छन्। राप्रपाले त्यसबाहेक झापा ३ मा वाम गठबन्धनसँगको तालमेलमा महामन्त्री राजेन्द्र लिङ्देनलाई उम्मेदवार बनाएको छ।

राप्रपा प्रजातान्त्रिकले पनि पहिलो चरणमा निर्वाचन सम्पन्न भएका जिल्लाका नेता–कार्यकर्तालाई दोस्रो चरणको निर्वाचनमा खटाउने प्रवक्ता राजेन्द्र गुरुङले जानकारी दिए। 

‘जसरी भए पनि पार्टीलाई जिताउनु छ, लोकतान्त्रिक गठबन्धनलाई जिताउनु छ, त्यसैले अब पार्टीको सबै पंक्ति दोस्रो चरणमा निर्वाचन हुने स्थानमा खटिन्छन्,’ गुरुङले भने।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण